×

NMB BANK
NIC ASIA

हिजो दिनभर : नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, कञ्चनपुर, कैलाली र बागलुङमा र्‍यापिड टेष्ट गर्ने मन्त्रिपरिषदको निर्णय

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 

Sagarmatha Cement
Muktinath Bank

लकडाउनमा थप कडाइ: कञ्चनपुर, कैलाली र बागलुङमा र्‍यापिड टेष्ट गर्ने मन्त्रिपरिषदको निर्णय

मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या ९ पुगेसँगै तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय सरकारले गरेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले कञ्चनपुर, कैलाली र बागलुङ  जिल्लामा र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो। सम्भाव्य संक्रमितको पीसीआरबाट रिकन्फर्म गरिनेछ। 


Advertisment
Nabil box
Kumari

ती जिल्लामा कोरोना संक्रमित  देखिएसँगै सरकारले ती जिल्लामा ठूलाे मात्रामा छरितो विधिबाट टेस्ट गर्न थालेको हो। 

Vianet communication
Laxmi Bank

 सरकारका प्रवक्ता डा युवराज खतिवडाका अनुसार लकडाउनमा एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला  र एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा हुने आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको छ। ‘अस्वाभाविक रूपमा आवागमन हुन नदिने निर्णय भएको छ,’ उनले भने। त्यसको कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिइएको छ ।

मुलुकमा चैत ११ गतेदेखि लागू भएको लकडाउन २५ गते सकिँदैछ। तर, शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनबारे कुनै निर्णय गरेन।   

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, ‘स्थानीय संक्रमण’ कैलालीमा पहिलो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको जनाएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवार थप ३ जनामा संक्रमण भेटिएको पुष्टि गरे ।

यसअघि नेपालमा ६ जना कोरोना संक्रमित फेला परिसकेका थिए । नयाँ संक्रमित सुदूरपश्चिम प्रदेशमा भेटिएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय प्रयोगशालामा परीक्षणको क्रममा ३ वटाको परीक्षणको नतिजा ‘पोजिटिभ’ देखिएको छ । कैलालीकी ३४ वर्षीया महिला र २१ वर्षीय पुरुष तथा कञ्चनपुरका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए । तीनै जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि कोरोना संक्रमण भेटिएकामध्ये २ जनाको टेकु अस्पताल, २ जनाको बाग्लुङ र १ जनाको सेती अस्पतालमा उपचार भइरहेको छ । १ जना उपचारपछि निको भइसकेका छन् ।

शनिवारको परीक्षणबाट कैलालीमा ‘स्थानीय संक्रमण’ देखिएको मन्त्रालयले जनाएको छ । ‘कोरोना संक्रमण देखिएको महिला १ जना संक्रमितको परिवारको सदस्य हुनुहुन्छ । हामीलाई प्राप्त जानकारी अनुसार ट्राभल डिस्ट्री छैन उहाँको,’ प्रवक्ता देवकोटाले भने, ‘बाहिरबाट आएका व्यक्ति मात्रै संक्रमित देखिएको अवस्थामा परिवारको सदस्यमा संक्रमण गएको छ । लोकल ट्रान्समिसन । संक्रमित व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको पहिलो केस हो । यसले क्वारेन्टाइनमा अनिवार्य र सावधानीपूर्वक बस्नुपर्छ भन्ने देखाउँछ ।’

 

नेपाली श्रमिकबारे बुझ्न ओलीले गरे बहराइनका समकक्षीसँग संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य संख्या रहेका मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिवार बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गरेका छन् ।

कोरोना भाइरस संक्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले शनिवार ट्विट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाएका छन् ।

 

बिरामी फर्काउने निजी अस्पताल बन्दसम्म गर्ने गण्डकी मन्त्रिपरिषद्काे निर्णय 

गण्डकी प्रदेश सरकारले काेराेनाकाे आशंकामा बिरामीकाे उपचार नगर्ने प्रदेश क्षेत्रका निजी तथा सामुदायिक अस्पताललाई बन्दसम्म गर्ने निर्णय गरेकाे छ।

पछिल्लाे पटक केही निजी तथा सामुदायिक अस्पतालले सामान्य ज्वरो, रुघाखोकीका बिरामीको उपचार नगरी फर्काउने गरेको घटना सार्वजनिक भएपछि गण्डकी सरकारले याे कमद चाल्न थालेकाे हाे। 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै पनि बहानामा तत्काल उपचार नगरी बिरामी फर्काउने जस्ता गैरकानूनी काम गर्ने अस्पताललाई बन्द समेत हुने गरी कारबाही गरिने निर्णय भएकाे सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

सरकारी निकाय वा निजी वा सामुदायिक क्षेत्रका वा विश्‍वविद्यालय वा अन्य शैक्षिक क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरुले आफूकहाँ आएका जुनसुकै बिरामीलाई अनिवार्य रुपमा उपचारको व्यवस्था नमिलाई फर्काउने जस्ता गैरजिम्मेवार कार्यमा रोक लगाउने व्यवस्था गर्न तथा त्यसरी तत्काल उपचारको व्यवस्था नमिलाएमा त्यस्तो अस्पताल वा संस्थाको प्रमुख तथा जिम्मेवार पदाधिकारीलाई संक्रमण रोग ऐन, २०२० लगायत प्रचलित कानूनअन्तर्गत आवश्यक कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको बस्नेतले जनाए।

उक्त बैठकले कोराेना रोकथाम, नियन्त्रण तथा उपचारको सम्बन्धमा कर्मचारीलाई तयारी राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आवद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया बिदा बाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भई सकेका समेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारीमा राख्ने र अर्को आदेश नभएसम्मको लागि स्वास्थ्य सेवासँग आवद्ध कर्मचारीहरुको राजिनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ। 

त्यसैगरी रोगको रोकथाम, नियन्त्रण तथा उपचारको सम्वन्धमा आवश्यक पर्ने सामग्री, औषधी तथा उपकरण प्रतिस्पर्धाको आधारमा तत्काल खरिद गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने र निर्धारीत अवधिभित्र प्रतिस्पर्धाको आधारमा पर्याप्त सामग्री, औषधी तथा उपकरण आपूर्ति हुन नसकेमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा अन्य सम्वद्ध निकाय समेतसँग आवश्यक समन्वय गरी सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

 

लकडाउनको विषयमा मन्त्रिपरिषद्ले छिट्टै निर्णय गर्छ : सरकारका प्रवक्ता

सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार प्रविधि तथा सूचनामन्त्री डा युवराज खतिवडाले लकडाउनको विषयमा सरकारले छिट्टै निर्णय गर्ने बताएका छन्।

११ चैतदेखि लागू भएको लकडाउन थपेर २५ गतेसम्म लम्ब्याइएकोमा शनिबार मात्र थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ। शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउन सक्ने आँकलन पनि गरिएको थियो। तर, सोबारे निर्णय भएन।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा खतिवडाले भने, ‘लकडाउनको विषयमा कुनै निर्णय भएको छैन, मन्त्रिपरिषद्को अर्काे बैठकले छिट्टै निर्णय गर्नेछ।’

 

पीपीईको दुरुपयोग बढेपछि स्वास्थ्य मन्त्रालयको कडा निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीले उपचारको क्रममा प्रयोग गर्ने व्यक्तिगत सुरक्षा कवच (पीपीई) को दुरुपयोग भए कारबाही गर्ने चेतावनी दिएको छ।

कोरोना भाइरसका कारण विश्व नै प्रताडित भएका बेला पीपीईको अभाव चुलिएको छ। यो बेला पीपीईको जथाभावी प्रयोग भइरहेको खबर सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पिपिइ अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरे।

शनिबार नियमित मिडिया ब्रिफिङमा उनले पीपीई धेरैले नभएकाले बिरामीलाई मात्र  समुचित प्रयोग गर्न आग्रह गरेका हुन्।  मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को संक्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिए।

‘कोरोनाको संक्रमण देखिए विशेषज्ञसहितको स्वास्थ्यकर्मी हेलिकप्टरबाट पठाइने’

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोनाको सङ्क्रमण देखिन साथ सोही स्थानमा विशेषज्ञसहितको स्वास्थ्यकर्मी पठाउन हेलिकप्टरको व्यवस्था गरिएको बताएका छन्।
    
सल्यानको सदरमुकाम खलङ्गामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रावलले कोरना भाइरस रोकथामका लागि कर्णाली प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिए। ‘प्रदेश सरकारले जहाँ कोरोनाको सङ्क्रमण देखिन्छ त्यही ठाउँलाई लकडाउन गरेर उपचार गर्नका लागि एम्बुलेन्स जाने स्थानमा एम्बुलेन्स र जान नसक्ने ठाउँमा हेलिकप्टरमार्फत विशेषज्ञसहितको टोली पठाएर उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ मन्त्री रावलले भने।
    
प्रदेश सरकारले १० जिल्लाका अस्पतालको स्तरोन्नतिका लागि ५०÷५० लाख उपलब्ध गराएको जानकारी दिए। ‘हामीले कारोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री सबै अस्पतालमा पठाइसकेका छौँ, अब आवश्यकता र मागका आधारमा सबै पालिकामा उपलब्ध गराउने योजना छ,’ मन्त्री रावलले भने।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x