×

NMB BANK
NIC ASIA

पशुपति परिसरमा निःशुल्क भोजन वितरण, दैनिक ४०० व्यक्ति लाभान्वित

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंको पशुपति क्षेत्र परिसरमा लकडाउनका बेला गरीब सर्वसाधारणलाई लक्षित गरी निःशुल्क भोजन वितरण भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारले लकडाउन घोषणा गरेपछि १ हप्ताअघि शनिवारदेखि दिनदिनै निःशुल्क भोजन वितरण भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपति परिसरको सुमार्गी भवनमा हरेक दिन बिहान ११ बजेदेखि २ बजेसम्म भोजन वितरण भइरहेको नेपाल मानव धर्म सेवा समिति युवा संगठन केन्द्रीय संयोजक नविन कोइरालाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, विभिन्न सामाजिक, धार्मिक संघसंस्थाका सदस्यले व्यक्तिगत रुपमा सहयोग गरेर भोजन वितरण भइरहेको छ,’ कोइरालाले भने, ‘भोजन वितरणबाट पशुपति गौशाला क्षेत्र आसपासका सडक मानव, साधुसन्यासी, बेसहारा, असहाय, दैनिक ज्यालादारी काम गर्ने मजदुर र लकडाउनले घर फर्किन नसकेकाहरू लाभान्वित भइरहेका छन् ।’ दैनिक रुपमा लगभग ४०० जनाले भोजन ग्रहण गर्ने गरेको कोइरालाले बताए ।

Vianet communication
Laxmi Bank

भोजन वितरणका लागि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, परिषद् सदस्य सदस्य राजु खत्री, नेपाल मानव धर्म सेवा समिति युवा संगठन केन्द्रीय संयोजक नविन कोइराला र सुमार्गी भवन सञ्चालक सुनिल वैद्यले संयोजन गरिरहेका छन् ।

व्यक्तिगत र जिन्सी सहयोगबाट चामलदाल लगायतको व्यवस्थापन भइरहेको छ भने तरकारीमा कालिमाटी तरकारी बजारका व्यवसायी र पशुपति एग्रोभेटले सहयोग गरिरहेको कोइरालाले बताए । भोजन वितरण व्यवस्थापनमा सिर्जनशील युवा क्लब र विजयचोक युवा क्लबका २०–२२ जना स्वयंसेवक परिचालन भएका छन् ।

‘स्वयंसेवकले लाइन व्यवस्थापन, हातधुने, लाइकमा राख्ने, कुर्सी ३–४ फिटको दूरीमा राख्ने, सरसफाई गर्ने, खाना खाएको थाललाई डेढ–दुई घण्टा घाममा सुकाउने लगायत सेवा गर्छन्,’ कोइरालाले भने, ‘लकडाउन अवधिसम्म भोजन वितरण गर्ने योजना छ । हामीले नगद सहयोग कसैबाट नलिने भनेका छौं । सहयोग गर्न चाहनेले खाद्यवस्तु सहयोग गरिरहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x