×

NMB BANK
NIC ASIA

खेलाडी छनोट एक वर्ष पछिसम्म

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

टोकियो:  अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि सारेसँगै ओलम्पिक खेलाडी छनोटको अवधि पनि एक वर्षसम्म गर्न सक्ने जनाएको छ। आईओसीले कोरोना भाइरसका कारण ओलम्पिक सरेपछि छनोट खेल पनि सन् २०२१ को जुन महिनासम्म सारेको हो।

Sagarmatha Cement
Muktinath Bank

आईओसीले प्रत्येक देशका ओलम्पिक कमिटीलाई पत्राचार गर्दै खेलाडी छनोट २०२१ को जुन २९ तारिखसम्म सक्न निर्देशनसमेत दिएको छ। कोरोना भाइरसको संक्रमणका कारण ओलम्पिक छनोट खेलहरू पनि प्रभावित बन्दै आएका थिए। टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ। कोरोनाका कारण टोकियो ओलम्पिकसँगै पारा ओलम्पिक पनि एक वर्ष पछि सरेको छ। पारा ओलम्पिक सन् २०२१ कै अगस्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म हुनेछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि टोकियो ओलम्पिक यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म गरिने तय भएको थियो। आयोजक जापानले ओलम्पिक समयमै आयोजना गर्न तत्परता पनि देखाएको थियो। तर विभिन्न देशले कोरोना भाइरसको संक्रमणमा ओलम्पिक खेल्न नसक्ने भन्दै बहिष्कार गरेपछि आईओसी ओलम्पिक एक वर्ष पछि सार्न बाध्य भएको थियो।


Advertisment
Nabil box
Kumari

यसैगरी जापानले टोकियो ओलम्पिक एक वर्ष पछि सरेका कारण ओलम्पिक गेम्सका लागि बनाइएको ओलम्पिक भिलेजलाई तत्काल अस्पताल बनाउने भएको छ। जापानले ओलम्पिक भिलेजलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि अस्पतालमा परिणत गर्न लागेको हो।

Vianet communication
Laxmi Bank

टोकियोकी गभर्नर युरीको कोइकीले ओलम्पिक भिलेजमा रहेका २४ वटा भवनलाई तत्कालका लागि अस्थायी अस्पतालमा परिणत गर्न लागेको बताएकी छन्। ११ हजार खेलाडी र अफिसियल बसोबासका लागि तयार पारिएको भिलेजको कतिपय निर्माण कार्य अझै जारी छ।

नेपालले नयाँ छनोट नगर्ने

टोकियो ओलम्पिकमा नेपालले यसअघि सिफारिस गरेको खेलाडीलाई नै पठाउने भएको छ। नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यसअघि सर्टलिस्टमा परेका र वाइल्ड कार्डका लागि नाम पठाइएका खेलाडीलाई नै ओलम्पिकमा पठाउने जनाएको छ।

एनओसीले टोकियो ओलम्पिकमा वाइल्ड कार्डका लागि सात खेलका १२ जना खेलाडीको नाम सिफारिस गरेको थियो। ओलम्पिकमा नेपालबाट पौडीमा महिलातर्फ गौरिका सिंह र पुरुषमा एलेक्स शाह तथा एकजना एथलेटिक्स खेलाडीको सहभागिता पक्का भइसकेको छ। एथलेटिक्स खेलाडी भने तय हुन बाँकी छ। नेपालले एथलेटिक्समा म्याराथनतर्फ भाग लिने तयारी गरे पनि एनओसीले खेलाडीको टुंगो लगाइसकेको छैन।

वाइल्ड कार्डका लागि सिफारिस गरिएका अन्य खेलाडीहरूमा कराँतेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सञ्जु चौधरी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङका मीनु गुरुङ रहेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x