ताली बजाएर अनि दियो बालेर कोरोना हट्दैन, मोदीलाई मतलबै छैन : राहुल गान्धी

कोरोनाभाइरसविरुद्धको लडाइँमा जनतालाई उत्साहित पार्नका लागि भन्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार राति ९ बजे बत्ती निभाएर दियो बाल्ने आह्वान गरेकोमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले त्यसमाथि व्यंग्य गरेका छन् । 

उनले भने, ‘भारतमा कोरोनाको पर्याप्त जाँच गरिएको छैन । मानिसलाई ताली बजाउन र दियो बाल्न लगाएर समस्याको समाधान हुँदैन ।’


Advertisement

राहुल गान्धीले आँकडाहरू प्रस्तुत गर्दै प्रति दश लाख मानिसको स्वास्थ्य जाँचका विषयमा भारत अहिले पाकिस्तानभन्दा पनि पछि रहेको बताए । ‘भारतमा कोरोना जाँच नै कम गरिएको छ किनकि प्रधानमन्त्रीलाई यस्तो वास्तै छैन,’ उनले भने । 

शनिवारसम्म भारतमा ७० हजार स्याम्पलको कोरोना जाँच गरिएको छ । आगामी दिनमा जाँचको गति बढाइने सम्भावना छ । भारतमा कोरोना जाँचको नोडल एजेन्सी आईसीएमआरले देशमा पर्याप्त जाँच गरिएको बताए । 


Advertisement

विदेशबाट फर्केकाहरूलाई स्वास्थ्य जाँचमा प्राथमिकता दिइएको र कोरोनाका लक्षण पाइएकालाई विशेष निगरानीमा राखिएको जानकारी पनि उसले दियो । भारतमा लकडाउन समयमै लगाइएको र संक्रमण प्रभावित देशबाट आउने यात्रीलाई समयमै रोकिएको पनि उसले बतायो । 

कोरोना संक्रमणको हटस्पट इलाकामा गहन स्वास्थ्य परीक्षण प्रक्रिया शुरू गरिएको पनि उसले जानकारी दिएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्