×

NMB BANK
NIC ASIA

१७ कारण खुलाउँदै डा. पाण्डेले लेखे– कोरोनाबाट नेपाली ९८% सुरक्षित छौं !

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर ६४ हजारको मृत्यु भएको छ । १२ लाख संक्रमित छन् । 

Muktinath Bank

कोरोनाका कारण अहिलेसम्म नेपालमा कसैको मृत्यु भएको छैन । १ हजार ५ सय २१ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण भेटिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकाशं संक्रमित भारत या तेस्रो मुलुकबाट फर्किएका भएपनि शनिवार कैलालीमा एकजना विदेश नगई स्वदेशमै रहेकी महिलामा संक्रमण फेला परेको छ । 


Advertisment
Nabil box
Kumari

कोरोनाको बारेमा जनचेतना जगाउँदै आएका डा. रवीन्द्र पाण्डे भने कोरोना संक्रमणबाट हामी ९८ प्रतिशत सुरक्षित रहेको बताएका छन् । कोरोना संक्रमण ३ हप्तापछि द्रूत गतिमा ओर्लिने उनले दावी गरेका छन् । 

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जाल फेसबूकमा आइतवार सन्देश लेख्दै डा. पाण्डेले कोरोना संक्रमणबाट नेपाली सुरक्षित रहनुका १७ कारण खुलाएका छन् ।

हेर्नुहोस् डा. पाण्डेले दर्शाएका १७ कारण : 

१. चीनले हिजो सय जनाभन्दा बढी व्यक्तिहरूमा कोरोना संक्रमण विरुद्धको खोप लगाएको छ । उनीहरूको परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।

२. अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ । 

३. सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरूले खोपको सफलता पाउँदैछन् ।

४. कोरोना संक्रमण निको गर्ने एन्टीभाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।

५. यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरूले कोरोना संक्रमणमा उत्साहप्रद रूपमा काम गरिरहेका छन्, यी औषधिबाट लाखौं व्यक्तिले जीवन पाइरहेका छन्  ।

६. मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा व्यापक प्रयोग गरिएको छ, यी औषधिको सफलता सोचेभन्दा राम्रो आएको छ ।

७. सेकेण्डरी इन्फेक्सन रोक्नका लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् ।

८. बेलायती राजकुमार चार्ल्स ७१ वर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ, यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन साथै आयुर्वेद होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।

९. बीबीसीकाअनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन्  ।

१०. भारतले कोरोना संक्रमण २ घण्टामा पत्ता लगाउने किटको आविष्कार गरेर व्यापक जाँच गर्दैछ, त्यो किट सस्तो एवं भरपर्दो मानिएको छ, यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।

११. नेपालमा विभिन्न अस्पतालमा आईसीयू, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ, साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ, कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरू सहयोग गर्न तम्तयार भएका छन्  ।

१२. कोरोना संक्रमणबाट बालबालिका तथा युवा वर्ग सुरक्षित भएको हुँदा बच्चाका लागि आमाबुवाहरूले डर मान्नुपर्दैन  ।

१३. नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ, त्यो मृत्यु पनि अन्य विभिन्न रोगका कारण मृत्युउन्मुख व्यक्तिको मात्र हुनेछ, स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन  ।

१४. नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन, विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ, मृत्युदर अत्यन्तै न्यून छ  ।

१५. आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।

१६. इटली लगायतका देशको जुन भयाjह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृत्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।

१७. हल्लाको पछि लागेर आत्तिने नगरौं, आत्तिएर निको हुने होइन, सतर्कताले रोकथाम गर्छ, तसर्थ सतर्क बनौं, अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशावादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x