शिवम् सिमेन्ट्सले गर्‍यो विपन्न परिवारलाई खाद्यान्न वितरण, आइसोलेसनका लागि आर्थिक सहयोग

कोभिड १९ ले अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाइरहेका बेला महामारीको यस अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइन र आइसोलेसनका लागि आर्थिक सहयोग गरेको छ ।

शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गाउँपालिकामा क्वारेन्टाइनसहितको १० बेडको आइसोलेसन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराइएको छ ।


Advertisement

केही दिनदेखि देशमा जारी लक-डाउनका कारण सबै नेपालीको दैनिक जीवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक-डाउन  मात्र एक उपाय भएकोले यो अझ लम्बिन सक्ने सम्भावना देखिएको छ ।

यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पीडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।


Advertisement

साथै नोबेल कोरोना भाईरस (कोभिड १९) को यो महामारी यसअघि हामीले भोगेका संकटभन्दा भिन्न र विशेष किसिमको महासंकट हो र यसका विरुद्ध सरकारबाट भैरहेको पहलका वावजुद महामारीको रोकथामका लागि सबैको योगदानको खाँचो रहेको चौधरीको भनाइ छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्