×

NMB BANK
NIC ASIA

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ को जोखिम रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) उपलब्ध गराइएको छ ।

Muktinath Bank

जोखिम मोलेर बिरामी बोक्दै आएका चालकलाई हुनसक्ने सङ्क्रमण रोक्न उक्त सामग्री वितरण गरिएको हो । जिल्लाका २५ एम्बुलेन्स चालकलाई स्थानीयस्तरमै उत्पादन भएको पिपिई वितरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनवल नगरपालिकाले उत्पादन गरेर स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको पिपिई एम्बुलेन्स चालकको सुरक्षालाई ध्यानमा राखी वितरण गरिएको कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

एम्बुलेन्समा बिरामी बोकेपछि सरसफाइमा विशेष ध्यान दिनसमेत उनले आग्रह गरे । बिरामीलाई अस्पताल पु¥याउने अघि आफ्नो स्थानीय तहलाई जानकारी गराएर मात्र जान आग्रह गरे ।

Vianet communication
Laxmi Bank

उनले बिरामीबाट चालकलाई सङ्क्रमण नफैलियोस् भनेर सबै एम्बुलेन्स चालकलाई चालकको सिट पछाडि छेकवार गर्न पनि भनेको बताए । एम्बुलेन्स चालकलाई पिपिई लगाउने तरिका र उपयोगका बारेमा जानकारी पनि गराइएको सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले बताए ।

यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको नभए पनि तत्कालका लागि सुरक्षा गर्न सक्ने अवस्थाको छ, हावा पानी नछिर्ने भएकाले यसलाई पुनः प्रयोग पनि गर्न सकिन्छ । एम्बुलेन्स चालक सङ्घका जिल्ला अध्यक्ष कृष्णबहादुर सहानीले भने सुरक्षात्मक सामग्री पाए पनि शत्प्रतिशत सुरक्षा हुनेमा भने ढुक्क नरहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले प्रदेश सरकारबाट १५ थान पिपिई जिल्लामा आएको बताउँदै ती पिपिई स्थानीय तहलाई हस्तान्तरण गरी एम्बुलेन्स चालकलाई उपलब्ध गराइने जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x