लकडाउन उल्लघंन गर्ने १८ सय भन्दा बढी नियन्त्रणमा

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ५२ महिलासहित १८ सय ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार बिहान ६ बजेदेखि दिउसो ४ बजेसम्म नेपाल प्रहरीले उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी २ सय ४ वटा दुई पाङ्ग्रे र ९ वटा चारपाङग्रे गरी २ सय ४९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट १३ सय ८६ जना, ललितपुरबाट २ सय २४ जना र भक्तपुरबाट १सय ७८ जनालाई नियन्त्रणमा लिएको हो ।


Advertisement

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गरे ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्