कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सरकारले लागु गरेको लकडाउनका कारण दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारण बेरोजगार भएपछि स्थानीय तहले उनीहरुको जीविकोपार्जनका लागि राहत वितरणलाई प्रभावकारी बनाएका छन्। प्रदेश ५ का स्थानीय तहमा रहेका दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदूरका परिवारलाई स्थानीय तहहरुले राहत वितरणलाई प्रभावकारी बनाएका हुन् ।
स्थानीय तहहरुले राहत वितरणका लागि लक डाउनका कारण बेरोजगार भई जीविकोपार्जनमा समस्या भएका परिवारहरुको तथ्याङ्क सङ्कलन गरी राहत वितरणको मापदण्ड निर्धारण गरेर वितरण गर्ने गरेका छन्। प्रदेशका जिल्लामा स्थानीय तहका अधिकांशले पहिलो चरणको राहत वितरण गरेका छन्। राहत वितरणसँगै स्थानीय तहले स्थापना गरेका राहत कोषमा नगद तथा जिन्सी सहयोग सङ्कलनसमेत भइरहेका छन्।
कतिपय स्थानीय तहमा कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि सर्वसाधारणलाई स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको छ। सङ्क्रमण नियन्त्रणका लागि सर्वसाधारणका लागि मास्क, स्यानिटाइजर, साबुन लगायतका सामग्री वितरण गरिएको छ। पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले ज्यालादारी गरी जीवीकोपार्जन गर्ने परिवारका लागि राहत वितरण गरेको छ। गाउँपालिकाले तीन सय घरपरिवारका लागि चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको हो।
कोरोना भाइरस जोखिम सरकारले लक डाउन गर्दा ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवार समस्या परेपछि प्रतिपरिवार २५ किलोग्राम चामल, तीन किलोग्राम दाल, एक किलोग्राम नुन र एक लिटर खाने तेल वितरण गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए। रैनादेवी छहरा गाउँपालिका–५ ले निःशुल्क मास्क वितरण गरेको छ। मुझुङग वडाभित्र ५०० घरपरिवार रहेकामा एक हजार ५०० मास्क वितरण गरिएको वडाध्यक्ष हुमबहादुर कार्कीले जानकारी दिए।
कोरोना भाइरसको खतराबाट बच्नका लागि वडावासीलाई मास्क वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए। गाउँमा मास्क प्रयोग गर्ने चलन नभएको र मास्क प्रयोग गरी दैनिक काम गर्न अनुरोध वडाको छ। गाउँघरमा भारतीयलगायतका देशबाट स्वदेश फर्केका प्रशस्त रहेका छन्। स्थानीय सरकारद्वारा सञ्चालित क्वारेन्टाइन फर्केका व्यक्तिहरु गएका छैनन्।
बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित मदनचोक बजार व्यवस्थापन समितिले शनिबारदेखि कोहलपुर–३ र ४ का करीब एक सय विपन्न घरपरिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गर्न गरेको छ। विपन्न तथा मजदूरी गरेर खाने वर्गका परिवारलाई राहत वितरण गरिएको मदनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारीले बताए।
कोहलपुर नगरपालिका–३ र ४ भित्र रहेका विभिन्न टोलका करीब १०० घरधुरीमा रहेका विपन्न परिवारलाई राहतस्वरुप प्रतिघरधुरी २५ किलो चामल, दुई किलो दाल, एक लिटर तेल र एकवटा हात धुने साबुन वितरण गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए।
यस्तै लक डाउनका कारण बेरोजगार बनेका अतिविपन्न तथा मजदूर वर्गका लागि नेपाली काँग्रेस र नेपाल तरुण दल पश्चिम नवलपरासीले स्थानीय तहमार्फत राहत हस्तान्तरण गरेको छ। जिल्लाका सातै स्थानीय तहमा स्थापना गरिएको राहत कोषमा जम्मा हुने गरी प्रतिस्थानीय तह २५ क्विन्टलको दरले राहतस्वरुप चामल हस्तान्तरण गरिएको पार्टीका कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलले जानकारी दिए।
अहिले लकडाउन भएपछिको अवस्थामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने परिवारलाई अत्यन्त कठिनाइ भइरहेको परिस्थितिलाई दृष्टिगत गरी राहत उपलब्ध गराइएको काँग्रेस नेता विक्रम खनालले बताए। उनले एकातिर रोग भित्रिन नदिन लक डाउन कायमै राख्नुपर्ने र अर्कोतिर विपन्न परिवारलाई पनि राहत उपलब्ध गराउनुपर्ने अवस्थामा आफूहरुले जिल्लाका सातै स्थानीय तहलाई १७५ क्विन्टल चामल उपलब्ध गराएको जानकारी दिए।
कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका छवटा सहकारीद्वारा नगरपालिकाले स्थापना गरेको प्रकोप कोषमा आज रु एक लाखभन्दा बढी रकम प्रदान गरेका छन्। ती सहकारीहरुले संयुक्त रुपमा नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख नेत्रराज अधिकारीलाई एक लाख सात हजार एक सयको चेक हस्तानतरण गरेका हुन्।
चन्द्रौटामा रहेको अरनिको बचत तथा ऋण सहकारीद्वारा ५० हजार, सर्वोदय बचत तथा ऋण सहकारीद्वारा १० हजार, जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारीद्वारा १५ हजार एक सय, उज्यालो बचत तथा ऋण सहकारीद्वारा १५ हजार, बिगुल बचत तथा ऋण सहकारीद्वारा १० हजार र सृजनशील बचत तथा ऋण सहकारीद्वारा सात हजार रकमको चेक प्रदान गरिएको हो।
शिवराज सहकारी सञ्जालका अध्यक्ष नारायण भाटले विपत्को समयमा सहकारीको सानो सहयोगले निम्नवर्गका नागरिकलाई राहतको महसुस हुने अपेक्षासहित सहयोग गरेको बताए।
विपतको समयमा सहकारीले किस्ता र ब्याजमा केही सहुलियत गर्ने तयारीसमेत गरेको बताए। सहकारीको चेक बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले यस समयमा नगरपालिकाले मात्र सहयोग गरेर नपुग्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए। – भरत केसी/रासस
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...