लकडाउन सकिए लगत्तै सुजुकीको चेकअप क्याम्प

वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने

सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लकडाउन सकिएपछि  सात दिने चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ। सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ। 

यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ । क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ। 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्