×

NMB BANK
NIC ASIA

कोरोना सल्किन्छ भन्दै डायलाइसिस गराइरहेका मिर्गौला रोगीलाई घरबेटीले निकाले

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् । 

Muktinath Bank

अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए । ‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्‍यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए । तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढुले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए । 


Advertisment
Nabil box
Kumari

‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउनअघि श्रीमती पनि आएकी थिइन् । दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्‍यो । तर, लगत्तै मैमाथि यत्रो आपत् आइलाग्यो ।’

Vianet communication
Laxmi Bank

देशभर साढे चार हजार मिर्गौला बिरामी डायलाइसिस गराउँछन्

देशभर चार हजार ६ सय मिर्गौला बिरामी डायलाइसिस गराउँछन् । अधिकांश गरिब र विपन्न छन् । धेरैजसोलाई सहरमा डेरामा बसेर नियमित डायलाइसिस गराउनुपर्ने बाध्यता छ । तर, कोरोनाका कारण जोखिम बढेको भन्दै घरबेटीले छिछि र दूरदूर गर्न थालेका छन् । यस्तो  पीडा लिएर धेरै बिरामी आउने गरेको चिकित्सकहरू बताउँछन् । 

भाडामा बसेका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीसमेत पीडित बनेको डा. ऋषिकुमार काफ्ले बताउँछन् । आफ्नै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत घरधनीले डेरा छाड्न भनेको उनले बताए । ‘भर्खर यस्तो समस्या देखिन थालेको छ, कोरोनाका केस बढ्दै जाँदा अझ ठूलो रूप लिने देखिन्छ,’ डा. काफ्लेले भने, ‘राज्यले समयमै चासो देखाउनुपर्छ ।’ 

उपत्यकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरू धेरैजसो भाडा लिएर बस्दै आएका छन् । उनीहरूलाई घरमा पस्नै प्रतिबन्ध लगाउने हो भने यसले भोलि अर्कै रूप लिनेछ । काफ्लेले धेरै पीडितहरू खुल्न नसकेको बताए । 

कोठाभन्दा डायलाइसिस ठूलो ठानेर निस्किएँ : बुद्धिराज गुरुङ, पीडित बिरामी

मिर्गौलाले काम गर्न छाडेपछि एक वर्षदेखि नियमित डायलाइसिसमा छु । तनहुँमा बसेर डायलाइसिस गराउने इच्छा थियो । तर, गरिब भएकाले बेड पाउन सकिनँ । बोलिदिने कोही भएन । बाँच्ने आशा बोकेर थानकोटमा सालीको कोठामा शरण लिन आइपुगेँ । त्यहीँबाट धापाखेलको सुमेरु अस्पतालमा नियमित डायलाइसिसमा थिएँ । बन्द हुँदा साढुको स्कुटरमा अस्पताल आउने जाने गर्थेँ, सजिलै भएको थियो । तर, आज घरबेटीका कारण चिसो छिँडीमा आइपुगेको छु । ‘कि अस्पताल नजानू, कि डेरा छाड्नू’ भनेपछि मैले बाँच्नका लागि डेरा छाडेँ । मेरा कारण घरबेटीले साली र साढुको पनि मन दुखाएका छन् । सालीको डेरामा बस्नु मेरो रहर थिएन, बाध्यता थियो । नियमित डायलाइसिसविना बाँच्न सक्दिनँ । एम्बुलेन्समा आउजाउ गर्न पैसा छैन । मैले के गरुँ ? 

घरबेटी शशी भन्छिन्–कोठा छाडेर हिँडेपछि हामीलाई चिन्ता भयो

घरबेटी शशी आफूले घर र अस्पताल गर्दा जोखिम हुन्छ भनेको, तर घर छाडेरै जान नभनेको बताउँछिन् । ‘घर र अस्पताल गर्दा जोखिम हुन्छ, एम्बुलेन्समा आउजाउ गर्नु भनेको हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘कोठा छाडेर हिँडेपछि रातभर हामीलाई पनि चिन्ता भयो ।’ 

तर, गुरुङ एम्बुलेन्समा अस्पताल जाउआउ गर्न सक्ने हैसियतका बिरामी होइनन् भन्ने शशीलाई थाहा थियो । किनभने, सालीको शरणमा बसेर उपचार गराइरहेको उनलाई थाहा थियो । 

गुरुङ अहिले सुमेरु अस्पतालको चिसो छिँडीमा पुगेका छन् । राति वेटिङ रुमको चिसो कुर्सीमा शरीर अड्याउँछन् । कसैले दिए खान पाउँछन्, नत्र भोकै बस्नुपर्छ । ‘म डेराबाट निकालिएर अस्पतालको छिँडीमा आइपुगेको छु । यो बिचल्लीमा पैसा पनि छैन । कसैले दया गरेर दिए खान पाउँछु, नत्र भोकै हुन्छु,’ गुरुङले भने । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x