माघ २४, २०८०
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ । सामाजिक दूरी कायम राख्नका लागि आममानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । योसँगै भाइरस सर्ने माध्यम पूर्णरूपमा यकिन नहुँदा मानिसलाई सावधानी अपनाउन र सरसफाइमा ध्यान दिन चिकित्सकहरूले आग्रह गरिहरहेका छन् ।
हावाको माध्यमबाट पनि कोरोना सर्न सक्ने भएकाले हामीवरपर रहेको जुनसुकै वस्तुमा भाइरस जीवित रहन सक्छ । जस्तै, हामीले नियमित प्रयोग गर्ने ढोका, स्विच, धारा, मोबाइल, किबोर्ड, ल्यापटप, एटिएम आदि जस्ता वस्तु नियमित सफा गर्नु आवश्यक हुन्छ । त्यस्तै सार्वजनिक रूपमा प्रयोग हुने वस्तुलाई छुँदा पन्जाको प्रयोग गर्न सकिन्छ ।
मानिसको शरीरबाहिर कोरोना भाइरस कति समय जीवित रहन्छ भन्ने पुष्टि भइसकेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कपडा, प्लास्टिक, काठ र धातुमा भाइरस केही समय जीवित रहने भए पनि निश्चित समय भने पुष्टि भएको छैन ।
कोभिड–१९ सँगै अन्य फ्लुका भाइरस संक्रमितले हाच्छ्युँ गर्दा वा खोक्दा मुख र नाकको माध्यमबाट निस्कने थुक तथा सिँगानबाट अन्य व्यक्तिमा संक्रमण फैलिन्छ । योसँगै भाइरसहरू हावामा पनि प्रवेश गर्ने हुँदा अन्य व्यक्तिमा छिटो संक्रमण फैलिने सम्भावना रहन्छ ।
शरीरबाहिर कति समय जीवित ?
मानिसको शरीरबाहिर कोरोना भाइरस कति समय जीवित रहन्छ भन्ने पुष्टि भइसकेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, कपडा, प्लास्टिक, काठ, धातुमा पनि भाइरस केही समय जीवित रहने भए पनि निश्चित समय भने पुष्टि भएको छैन । रोग नियन्त्रण केन्द्र (सिडिसी) र डब्लुएचओका अनुसार, अन्य भाइरसजस्तै कोभिड–१९ पनि बाह्य वस्तुमा रहन सक्ने भएकाले छोइरहने स्थानमा नियमित सफा गर्नु नै संक्रमणबाट बच्ने प्रमुख विकल्प हो ।
हावामा तीन र कागजमा २४ घन्टा
नेसनल इन्स्टिच्युट अफ हेल्थ, युएसले सार्स कोभिडमा गरेको अध्ययनअनुसार कोरोना भाइरस हावामा करिब ३ घन्टासम्म जीवित रहन सक्छ । संक्रमित व्यक्तिले हाच्छ्युँ गर्दा वा थुक्दा हावामा भाइरस रहन सक्छ ।
त्यस्तै कोरोना भाइरसका लागि कागज सबैभन्दा अनुकूल हुने पाइएको छ । कागजमा भाइरस करिब २४ घन्टासम्म जीवित रहन्छ ।
तामामा ४ घन्टासम्म बाँँच्ने
अध्ययनअनुसार तामाजस्ता धातुको सतहमा भाइरस करिब ४ घन्टासम्म बाँच्न सक्छ । तर, डिसइन्फेक्टरको प्रयोगबाट भाइरसलाई सजिलै मार्न सकिन्छ ।
प्लास्टिक र स्टिलमा २ देखि ३ दिनसम्म जीवित
सार्स कोभिड प्लास्टिक र स्टिलमा २ देखि ३ दिनसम्म जीवित रहन सक्ने अध्ययनले देखाएको छ । यसको अर्थ भाइरस हामीले नियमित छोइरहने वस्तु, जस्तै ढोकाको चुकुल, ह्यान्डर, प्लास्टिकजन्य वस्तु, स्टिलका भाँडाकुडा वा अन्य वस्तुमा भाइरस लामो समय बाँच्न सक्छ ।
तसर्थ, आफूवरिपरि रहेका र नियमित प्रयोगमा आइरहने वस्तुलाई डिसइन्फेक्टरको प्रयोग गरेर नियमित सफा गर्न आवश्यक छ । सामान्यतया प्रयोगमा आइरहने यस्ता वस्तुलाई स्यानिटाइजर, सामान्य प्रयोगमा ल्याउन मिल्ने कीटनाशक औषधि, करिब ७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन पेरोअक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाइ उत्पादन प्रयोग गर्न सकिन्छ । नयाँ पत्रिकामा खबर छ ।
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...