×

NMB BANK
NIC ASIA

कोरोनाको प्रभाव

लकडाउनले ट्राफिक प्रहरीलाई फुर्सद : मोबाइल हेर्दाहेर्दा वाक्क, दिन कटाउनै मुस्किल !

चैत २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकामा सबैभन्दा बढी व्यस्त रहने प्रहरीमध्ये एक हो, महानगरीय ट्राफिक प्रहरी ।

Muktinath Bank

उपत्यकाको अस्तव्यस्त सवारी साधनले गर्दा सामान्य समयमा ट्राफिक प्रहरीको व्यस्तता यति हुन्छ कि पानी पिउने र पिसाब गर्नेसम्म पनि फुर्सद हुँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकामा हुने ट्राफिक अस्तव्यस्तताले गर्दा बेलुका घर जाँदा धुलाम्मे हुने ट्राफिक प्रहरीलाई कोरोनाभाइरस (कोभिड– १९) को जोखिमका कारण घोषित लकडाउनले केही फुर्सद मिलेको छ ।


Advertisment
Nabil box
Kumari

उपत्यकाका विभिन्न चोकमा ट्राफिकहरू त छन् तर सवारीको चाप नभएका कारण खासै व्यस्तता छैन । दिन कटाउन भने केही गाह्रो भइरहेको ट्राफिक प्रहरीहरू बताउँछन् ।

Vianet communication
Laxmi Bank

‘अन्य समयमा सवारी साधन व्यवस्थापन गर्दा र गाडीको चर्को ध्वनी सुन्दा दिन बित्ने गर्दथ्यो, अहिले विनाअनुमतिका सवारी साधन अनाधिकृतरूपमा चलेका छन् कि भनेर हेर्नुपरिरहेको  छ, खासै व्यस्तता छैन,’ सामाखुशी चोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान यमबहादुर थापाले भने ।

कोटेश्वर चोकमा खटिएका एक ट्राफिक प्रहरी हवल्दार पनि दिन कटाउन निकै गाह्रो भएको र सडक जताततै सुनसान हुँदा मोबाइल हेर्दैमा वाक्क भएको बताउँछन् ।

उनले लोकान्तरसँग भने, ‘अहिले त सडक खाली छ । सवारी साधनहरू पनि चल्दैनन् । मोबाइलमा सामाचार हेर्दाहेर्दा वाक्क लाग्न थाल्यो ।’

‘सवारीसँगै व्यस्त रहने बानी परेकाले सवारी साधन नचल्दा दिन कटाउन मोबाइलको सहारा लिनुपर्ने अवस्था आएको छ, त्यो पनि झ्याउ लाग्न थालेको छ,’ ठट्यौली पारामा उनले थपे ।

यता महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकाल भने लकडाउनको समयमा ट्राफिक प्रहरीको भूमिका अझ धेरै भएको बताउँछन् ।

‘लकडाउनको समयमा ट्राफिक प्रहरीको भूमिका अझ धेरै हुन्छ,’ एसएसपी ढकालले लोकान्तरसँग भने ।

सरकारले अनुमति दिएका अत्यावश्यक सवारीहरू खाद्यन्न, खानेपानी, औषधि र सरसफाइसँग जोडिएका गाडीहरूलाई व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरी खटिराखेको एसएसपी ढकालले जानकारी दिए ।

उनले भने– ‘अत्यावश्यक सवारी साधनको व्यवस्थापनमा अहिले ट्राफिक प्रहरी खटिराखेको अवस्था छ, उनीहरूको पास छ कि छैन भनेर जाँच्ने काम पनि ट्राफिक प्रहरीकै हो ।’

ट्राफिक प्रहरीलाई नदेखेको खण्डमा गाडीहरू सडकमा जथाभावी गुड्ने गरेको ढकालको अनुभव छ ।

उपत्यकामा १ सय ४८ स्थानमा ट्राफिक प्रहरीको ड्युटी

महानगरीय ट्राफिक प्रहरी कार्यलय मातहत काठमाडौं उपत्यकामा रहेका सबै ट्राफिक प्रहरी १ सय ४८ ठाउँमा ड्युटीमा खटिरहेको एसएसपी ढकालले बताए ।

‘अहिले पनि ट्राफिक प्रहरी उपत्यकामा १ सय ४८ ठाउँमा ड्यूटीमा खटिरहनुभएको छ । अरू समयमा पनि खटिने यसैगरी हो,’ ट्राफिक प्रहरी प्रमुख ढकालले लोकान्तरसँग भने ।

रातिको समयमा उपत्यकाका नाकाहरू नागढुंगा, कलंकी, कोटेश्वर, सातदोबाटो, शहरका मुख्य चोकहरू बानेश्वर, कालीमाटी, सिंहदरबार, नारायणगोपाल चोक, दरबारमार्ग, माइतीघर, सामाखुशी, नयाँबसपार्क लगायतका ४५ ठाउँमा ट्राफिक प्रहरी र ३९ ठाउँमा सादा पोशाकमा ट्राफिक प्रहरी ड्यूटीमा खटिएको महाशाखाले जनाएको छ ।

अत्यावश्यक जस्तै अस्पताल जानुपर्ने, मलामी जानुपर्ने, कोहीलाई केही समस्या परेको खण्डमा सहयोग गर्नुपर्ने अवस्था रहेको एसएसपी ढकालले बताए ।

१२ दिनमा ४१ सय गाडी होल्ड

चैत ११ देखि चैत २२ गतेसम्मका १२ दिनमा महानगरीय ट्राफिक प्रहरी कार्यलयले ४ हजार १ सय गाडी होल्ड गरेर छाडेको छ । विनाअनुमति चल्ने सवारी साधनलाई होल्ड गरेर छाड्ने गरिएको छ ।

दैनिक सरदर ४ सय ७ सवारी साधनलाई नियन्त्रणमा लिई होल्ड गरेर छाड्ने गरेको एसएसपी ढकालले लोकान्तरलाई बताए । 

ट्राफिक प्रहरीले अनावश्यक रूपमा बाहिर निस्कने सवारी साधनलाई होल्ड गर्दै आएको छ भने लकडाउनका समयमा बाहिर निस्कने मानिसहरूलाई पनि व्यवस्थापन पनि गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x