भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ ।

पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २०  गाडी, पेट्रोलियम पदार्थ बोकेका ७०  ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३  र मालवाहक ट्रक १७  भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए।


Advertisement

 सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन  कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उहाँले बताए ।

यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्ण रुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।


Advertisement

 

कमेन्ट गर्नुहोस्