असार १, २०८०
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
चैत २४, २०७६
हामी पूर्वीय दर्शन र सभ्यताका मानिसले कोरोना संक्रमणले उत्पन्न गरेको समस्या समाधानमा अझ बढी चिन्तन गर्नुपर्ने देखिएको छ । आधुनिकताको नाममा हामीले हाम्रो सभ्यता बिर्सियौं । विज्ञान र भौतिक प्रगति कति अधुरो/अपूरो रहेछ भन्ने कुरा अहिलेको परिस्थिति आफैंले यसको व्याख्या गरिराखेको छ । भनौं न– धन, दौलत, शक्ति विज्ञान प्रविधि, देश, जनता र तिनको स्वास्थ्य उपचारमा अमेरिका, इटली, स्पेनजस्ता देश सक्षम मानिन्थे ।
नयाँ–नयाँ रिसर्च, इन्नोभेसनदेखि लिएर सर्भिसेजमा उनीहरू अग्रणी थिए । तर आज त्यो काम लागेन । आज एउटा नदेखिने सुक्ष्म जीवाणुले पनि यस किसिमको मानव सभ्यतालाई नै असर पार्न सक्दो रहेछ भन्ने अहिलेको परिस्थितिले देखाएको छ । कोरोनाले उत्पन्न गरेको परिस्थितति विश्वयुद्धभन्दा पनि खतरनाक र भयानक बन्यो ।
हाम्रो पूर्वीय दर्शन, सभ्यताले भने यस्तो कल्पना गरेको हुन्छ । त्यसकारण हामी अहिले अत्यन्त संयमित भएर साधना योग, जे जस्तो विचार, धर्म छ, त्यसबाट हामी नैतिक मूल्य मान्यताको प्रकृति अनुकूल सभ्यताले सिकाएको कुरा सिक्न बाध्य पारेको छ ।
ऋषिमुनीहरूले तपाईं हामीले प्रयोग गर्ने जति पनि मर–मसला छन् नि जस्तै ज्वानो, मेथी, बेसार, लसुन, अदुवा टिमुरप्रति पाश्चात्य जगत पनि आकर्षित हुने पुगेका छन् । जीवनको मूल्य मान्यतालाई पद्धतिले नै सन्तुलित राख्दो रहेछ भन्ने कुरामा अहिले विश्व सहमत भएको छ । त्यसकारण हामीलाई ठूलो अवसर पनि हो ।
यो महासंकटले आफ्नो परनिर्भतालाई पनि कसरी कम गर्ने भन्ने पाठ पनि सिकाएको छ । हाम्रो इकोनोमीको बेस भनेको रेमिट्यान्स हो । हामीसँग पठाउने या दिने कुरा केही पनि छैन । खाली हामी बाहिर कमाउने र त्यो पैसाले यहाँ खर्च गर्ने गरिरहेका छौं ।
बलियो सरकार, फितलो कार्यान्वयन
कोरोनाले विश्व आक्रान्त बनेको समयमा सबै देशका सरकार कोरोनाबाट उत्पन्न समस्या समाधानमा जोडतोडले लागिरहेका छन् । अहिले हाम्रोमा बलियो सरकार छ । बलियो सरकार हुन्थेन भने अहिलेसम्म हामी एक अर्कालाई दोषारोपण गर्दै अझ ठूलो दूरावस्थामा पुगिसक्थ्यौं । आज त्यो पनि ठाउँ छैन । तलदेखि माथिसम्म एउटा पार्टीको बलियो सरकार छ । चीनले सरकारको बलियो संकल्पका कारण कोरोनाको कहरलाई रोक्न सक्यो । कार्यकर्ता परिचालनमा उनीहरूले सफलता हासिल गरे । नेपालमा भने त्यो हुन सकिरहेको छैन । यो गम्भीर चिन्ताको विषय छ ।
सरकारले यो संकटको समयमा परिपक्क कूटनीतिक चातुर्यता देखाउन सकेको पाइएन । स्वास्थ्य सामग्री खरिद पनि कूटनीतिक कौशलमार्फत जीटूजीमार्फत गर्नुपर्ने विषय थियो । कूटनीति हल्ला गर्ने विषय होइन, सार्थक कूटनीतिबाट पत्ता लगाउनु पर्यो नि ! नेपालको कूटनीति यति पोख्त हुनुपर्यो कि हामीलाई यो समस्या छ भने स्वास्थ्य सामग्री कहाँ पाइन्छ भनेर सार्थक कूटनीतिबाट पत्ता लगाउनु पर्यो । यसो गर्न सकेको भए यस्तो विपत्तिको समयमा भ्रष्टाचारको कुरा उठ्दैनथ्यो ।
सरकारमार्फत सरकारसँग स्वास्थ्य सामग्री खरिद गर्दा (जीटूजी)मा त खेलमेल हुँदैन । यहाँ त प्राथमिकता खेलमेलमा भयो । जीटूजीमा सामानको गुणस्तर लगायतको विषय सरकारको जिम्मामा हुन्छ ।
हाम्रो संस्कृति सभ्यताले त्यही भन्छ जीवन नै आरोह अवरोहको पर्याय हो । सयचक्र बलबान छ । त्यसबाट पाठ सिक्छौं कि सिक्दैनौं त्यो महत्त्वपूर्ण कुरा छ । सरकारको हकमा पनि यही सिद्धान्त लागू हुन्छ ।
सरकार र पार्टीको नमिलेको तालमेल
सरकार बलियो छ । एकमना सरकार छ । तरपनि समस्या सरकार सञ्चालन गर्ने पार्टीभित्र देखिन्छ । नैतिक मूल्य मान्यतामा स्खलन छ । त्यसमा अलिकति पनि सुधारको संकेत नदेखिनु अहिलेको दुभाग्यपूर्ण स्थिति छ । सरकारलाई बाध्यता थियो लडकाउन गर्ने, त्यसमा विमति रहनुपर्ने कुरा छैन । तर सरकारसँग ७०/८० दिनको समय थियो । त्यो समयलाई त्यत्तिकै खेर फालेर अहिले बल्ल छलफल भैरहेको छ । । अर्थात् संक्रमण फैलिन शुरू गरेपछि बल्ल स्वास्थ्य सामग्री ल्याउनेबारे निर्णय हुँदैछ ।
कोरोना संक्रमण नियन्त्रण भारतले राम्रोसँग गर्यो भने नेपालमा ठूलो असर नपर्ला । भारतमा फैलियो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ, पर्छ । हामी देख्छौं नि भारतले समयमै लकडाउन गरेर सार्वजनिक यातायातहरू बन्द गर्दापनि यत्रो संख्यामा भारतबाट मानिसहरू कसरी नेपाल आए ?
सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा चुकेको देखिन्छ । प्रधानमन्त्री भर्खरै ठूलो अप्रेसन गरेर आउनुभएको छ । उहाँलाई कति दोष दिने ? कुरा ठोक्किएर फेरि त्यही प्रधानमन्त्रीसमक्ष नै पुग्छ । स्वास्थ्य सामग्री समयमै आपूर्ति हुनुपर्ने थियो, त्यो हुन नसकेको अवस्थामा भ्रष्टाचारको कुरा उठ्नु यो जत्तिको दुभाग्यपूर्ण कुरा अर्को हुनै सक्दैन । सरकारले चेतेको देखिँदैन । जसले गर्दा त्यो पार्टीभित्र निकै ठूलो आकुलव्याकुल भएजस्तो देखिन्छ । हामी प्रतिपक्षमा छौं, संकटको समाधान गर्ने प्रथम दायित्व सरकारको हो, त्यसपछि हाम्रो पनि दायित्व छ ।
सरकार समयै सचेत भएन भने नेपालले हरेक क्षेत्रमा संकटको सामना गर्नुपर्नेछ । समयमै नचेत्दा ठूलो दुर्भाग्य हुनसक्छ, नसोचेको परिस्थित उत्पन्न हुनसक्छ । यसपछि पनि राज्य सञ्चालन गर्ने र समाजलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेछ । त्यसबारेमा हुनुपर्ने छलफलको कमी छ ।
प्रधानमन्त्रीले प्रतिबद्धता गर्नुहुन्छ, त्यो अनुसार केही काम हुँदैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकार प्रमुखसँग गरेको भिडियो कन्फरेन्समा पनि केही कुरा भए तर नेपालमा कार्यान्वयन भएको देखिएन ।
स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता नहुने, कानूनसम्मत नहुने, सरकार एकपछि अर्को गलत काम गर्ने, यत्रो उच्च तहको छलफलपछि भएको निर्णय सरकार आफैंले रद्द गर्नुपर्ने ? रद्द गर्नु भनेको त गल्ती भयो, गल्ती छ भन्ने प्रमाणित भएर नै हो नि ! तरपनि कारवाही त हुँदैन फेरि । त्यसको मतलब संरक्षण त्यतैबाट होला । व्यापक प्रश्न उठेको छ ।
आजसम्म जति ठूला भ्रष्टाचार र अनियमितताका कुरा उठे, ती कुरा टुंगोमा पुग्न नसक्नु या भ्रष्टाचारमा संलग्नलाई कारवाही हुन नसक्नुको कारण के छ ? यसमा हाम्रो पनि दोष होला । सरकार लगातार नराम्रोसँग चुक्दै आइरहेको छ । प्रतिपक्षले सरकारलाई अँठ्याएर जनताले बुझ्ने भाषामा कमीकमजोरी पत्ता लगाउनेतर्फ लाग्नुपर्थ्यो । त्यो पनि हुन सकेको छैन । सरकार यस किसिमको अग्नि परीक्षामा एकपछि अर्को असफल र कमजोर हुँदै गएको छ, नराम्ररी फस्दै गएको छ । अहिले त छताछुल्ल नै भएको छ । प्रधानमन्त्रीजीले यो अवस्थामा, व्यक्तिगत जीवनमा भन्दा पार्टीभित्र छिनोफानो गर्नुपर्ने अवस्था आइसकेको स्थिति छ । सत्तारुढ पार्टीभित्र उकुसमुकुसको स्थिति छ ।
प्रधानमन्त्रीले म जे छु, म नै सर्वेसर्वा हो भनेर जाने एउटा बाटोे हो । होइन पार्टीमा व्यापक छलफल गरेर देश र पार्टीप्रति गम्भीर र जिम्मेवार बन्नु पर्ने अवस्था आएको छ । राष्ट्रिय जिम्मेवारीले गर्दा सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्छ ।
मध्यावधि चुनाव र सहमतिको सरकार वाइयात कुरा हुन्
मध्यावधि चुनाव, सहमतिको सरकार भनेर पनि मिडियामा आयो । यो केही होइन, वाइयात कुरा हो । प्रतिपक्षी दलको औपचारिक निर्णय होइन । यत्रो बलियो सरकारले गर्न सकेन भने अर्को कसले गर्न सक्छ ? सरकारले गर्न सकेन भने सिस्टमनै फेलियर हुने अवस्थातर्फ जान्छ ।
सेनालाई पनि विवादमा तान्ने काम
यहीबेला नेपाली सेनालाई विवादमा तान्ने काम सरकारले गरेको छ । सेनाका हालका प्रमुखले नेतृत्व सम्हालेपछि निकै आशा जगाएका छन् – नैतिक मूल्य, मान्यता, इमान्दारी र आचरणमा । त्यो बचेको निकाय पनि विवादमा पर्ने देखिँदैछ । सेनालाई अगाडि सारेपछि अख्तियारले छुन पाउँदैन भन्ने आधारमा यस्तो कुरा गर्नु राम्रो हुँदैन । यसबारे सरकारले समयमै सोचेर सच्याउनु पर्छ । सेनाले पनि यस्तो कार्य सकभर नगर्दा राम्रो हुन्छ । सरकारले गरेको कामलाई सघाउने, ढुवानीमा लैजाने कुरा ठीकै हो । तर निर्णयमै सेनालाई दिने भनेको अर्को विवादित विषय हो । त्यो त्यति राम्रो कुरा भएन । सेनालाई अनावश्यक विवादमा तान्न कोशिश नगरेकै राम्रो ।
नेपालको आजको समस्या भनेको निर्णयकर्ताले नैतिक जिम्मेवारी नलिने छ । निर्णय गर्ने, जिम्मेवारी नलिने । त्यो औषधि खरिदको कुरा मामुली विभागको महानिर्देशक या सचिवको तहबाट यो निर्णय भएको होला र ? होइन नि ! घामजत्तिकै छर्लङ्ग छ । तर कोही नैतिक रूपले जिम्मेवारी लिन तयार छैन । यो केस र अरू केसमा पनि । मान्छेको नियत नै ठीक नभएपछि अर्थात बदनियत भएपछिको अवस्था हो अहिले स्वास्थ्य सामग्री खरिदमा उत्पन्न विवाद ।
नियत ठीक छैन भने कसरी राम्रो काम हुन्छ ? धन्न सञ्चार जगतले सूचना प्रवाह गरिरहेको छ । अहिले यहाँसम्मकि संकटकालको स्थितिमा जस्तो सेनालाई अगाडि सारेर सबै कुरा अघोषित संकटकालको स्थिति सिर्जना गर्न खोजिएको हो कि भन्ने कुरा सञ्चार जगतले बाहिर ल्यायो ।
प्रधानमन्त्रीले निर्ममताका साथ जनतालाई विश्वास हुने किसिमबाट हाम्रो कुनैपनि निर्णयमा बद्नियत छैन, यसमा बद्नियत हुँदैन भन्ने कुराको विश्वास त दिनु पर्ने होइन ? सेनालाई दिएर पनि ढाकछोप गर्न खोजेको हो ? त्यो हो भने त योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ?
कोरोना लम्बियो भने कसरी सामना गर्ने ?
कोरोनाका कारण उत्पन्न हुनसक्ने सबभन्दा ठूलो समस्या त हाम्रा युवा विदेशमा छन् । यही स्थिति रह्यो भने विदेशमा पनि खासगरी मध्यपूर्वमा आर्थिक मन्दी आएर तिमीहरू आफ्नो देश फर्क भनेर फर्काउनुपर्ने स्थिति आयो भने त्यो अत्यन्त भयाभह हुनेछ । अस्ट्रेलियाका प्रधानमन्त्रीले आफ्नो देशमा रहेका विदेशी विद्यार्थीलाई फर्कने आशयको कुरा गरेको पनि बाहिर आएको छ ।
विदेशबाट कामदार फिर्ताको अवस्था आयो भने एकातर्फ हाम्रो स्रोत सिद्धिने र अर्को पर्यटन लगायतका आम्दानीका क्षेत्र सुकेको अवस्थामा हाम्रो अर्थतन्त्र अत्यन्तै शिथिल बन्ने खतरा छ । सरकारले के तयारी गर्छ ? भोलि ती युवा नेपाल आए भने के काममा लगाउने ? यसबारे सरकारले अहिलेदेखि नै तयारी गर्नुपर्छ ।
नेपाल सरकारले सम्पूर्णलाई आह्वान गरेर देश विदेशमा रहेका नेपालीको ज्ञान, क्षमता र ख्यातिलाई राष्ट्र निर्माणमा लगाउनु पर्ने हुनसक्छ । सरकारले भन्नु पर्यो– देशमा के गर्न सकिन्छ, तपाईंहरूको सीप सहित गर्नुपर्यो । हाम्रा उद्योगी पनि कसरी छिटो धन आर्जन गर्ने भन्नेतर्फ नलागौं । बरु अलिकति थोरै कमाऊँ, व्यवसाय दीगो होस् भन्नेतर्फ लाग्नुपर्यो । यसका लागि पनि राष्ट्रिय चिन्तन आवश्यक छ ।
अहिले विदेशमा बस्ने धेरै बुद्धिजीवीले यसो गरेमा राष्ट्र समृद्ध बन्छ भनेर सुझाव दिइरहेका छन् । त्यसको कार्यान्वयनको कुरा गरौं न, यतातर्फ कसैको ध्यान छैन । सरकारमा बस्नेलाई सत्ता लम्ब्याउन र आफू नजिककालाई पोस्न मै ध्यान छ । सरकारको नेतृत्व गरेको पार्टीभित्र कचिंगल छ । त्यहाँसम्म सोच्ने उहाँहरूलाई फुर्सदै छैन ।
कसरी सरकारमा रहिराख्ने, आफ्ना निहीत स्वार्थलाई पूरा गर्ने ? भन्नेमै सीमित देखिन्छ । नेपालले कहाँ–कहाँ गल्ती गर्यौं भनेर आत्मसमीक्षा गर्नु आवश्यक पर्छ । के गर्यौं भने हामी आत्मनिर्भर बन्न सक्छौं भनेर गहन छलफल शुरू गर्नुपर्छ । हामीले राम्रो नीति लियौं भने प्रकृतिले बरदान बनाएको देशमा खाद्य आपूर्तिको समस्या नहोला । स्वदेशमा विद्युत् उत्पादन बढ्दैछ । यसबाट खाना पकाउने ग्यासको आयात घटाउन सकिन्छ ।
ठूला संकटपछिको राष्ट्रिय सहमति
कोरोना संक्रमणको नियन्त्रण हाम्रो मात्र हातमा छैन । उत्तरतिर संक्रमणको प्रकोप थियो । त्यो अन्त्य भएर उनीहरू आफ्नो नर्मल लाइफतिर आउँदैछन् । दक्षिण छिमेकीमा आउने दुईतिन हप्ता बढो क्रुसिएल छ । हाम्रा लागि पनि यो समय क्रुसिएल छ । मध्यपूर्वमा पनि यो कसरी फैलिन्छ या नियन्त्रण हुन्छ, नेपालमा प्रभाव पार्ने कारक तत्व यिनै हुन् । भोलिको दिनमा संकट आयो भने के गर्ने ? हाम्रो बाटो के हुने ? कति दिनको तयारी गर्ने ? भनेर सरकारले गृहकार्य गर्नुपर्ने बेला भइसक्यो ।
सरकारको नेतृत्व गर्नेहरूमा सोचाइमा दूरदर्शिता र कार्यान्वयनमा ठूलो समस्या देखियो । अहिलेदेखि किसानहरूलाई सहजीकरण गरेर गाउँपालिका र नगरपालिकाभित्र खेती किसानी गर्न बाधा छैन भन्ने खालको तयारी गर्नुपर्यो । शिक्षा, स्वास्थ्यमा लगानी गर्नेबारेमा न केन्द्र सरकारको, न प्रदेशको र न स्थानीय सरकारको ध्यान छ । हामीले अन्तर्राष्ट्रिय समुदायलाई हामी पनि सभ्य मुलुक हौं भनेर देखाउन देखावटी रूपमा बजेटमा लगानी बढाएजस्तो गर्छाैं, तर स्वास्थ्यको बजेट पनि पूर्वाधारमा रकमान्तर गरेको देखिन्छ । शिक्षामा गरेको लगानीबाट त कमिसन आउने भएन । बाटोघाटो बनाएजस्तो गरेपछि त कमिसन पनि आउने भयो ।
भोलिको दिनमा विदेशका नेपाली स्वदेश फर्किनुपर्ने अवस्थाको सिर्जना भयो भने हामीले उनीहरूलाई काम दिन सक्नुपर्छ । विदेशमा १२ घण्टा कठिन परिस्थितिमा चिसोतातोमा काम गर्दथे । यहाँ त प्रकृतिपद्धत्त वातावरणमा घरपरिवारसँग बसेर काम गर्ने वातावरण सरकारले बनाउनुपर्छ । नेपालमा नहुने र नफल्ने कुरा केही छैन । विदेशीले फापर खोज्न थालेको बेला हामीले त्यसको उत्पादन बन्द गर्यांै । आज जति धनी भएपनि मानिसहरू त्रसित छन् । छिटो धनी हुने भन्दापनि लामो समयको सोचाइ राख्नुपर्यो ।
पढ्नुहोस्, यो पनि :
चीनले नेपाललाई रणनीतिक साझेदार बनाउने भन्ने कुराले शंका जन्मायो: दीपकुमार उपाध्याय [कुराकानी]
नेपाल र नेपालीको बारेमा चिन्तन गरौं । सरकारले गरेन भने हामीले भएपनि गरौं । कोरोना संकट समाधान भएपछि हामी आत्मनिर्भर बन्ने बाटोमा लाग्नैपर्छ । यस्ता महाविपत्तिले हाम्रोजस्ता देशलाई आगामी दिनमा कसरी आत्मनिर्भर हुनुपर्दो रहेछ भनेर पाठ पनि सिकाउने गर्छन् । हामीले यो विपत्तिबाट यस्तो पाठ सिकेर सोही अनुरूप अघि बढ्न सक्छौं ।
(पूर्वमन्त्री, भारतका लागि नेपाली पूर्व राजदूत एवं नेपाली कांग्रेसका नेता उपाध्यायले लोकान्तर डट्कमकर्मी विमल गौतम र सुशील पन्तसँग आइतवार आफ्नै निवासमा गरेको कुराकानीमा आधारित)
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...