×

NMB BANK
NIC ASIA

कोरोनाको उपचारमा खटिएका डाक्टरको अनुभव : कता–कता डर सिर्जना हुन्छ !

चैत २४, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

यतिबेला कोरोना भाइरस संक्रमणको त्रास मानवीय जीवनलाई निकै आतंकित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको संक्रमित र ज्यान गुमाउनेको संख्याले मानव अस्तित्वमै संकट उत्पन्न भएको आकलन गर्न थालिएको छ । 

Muktinath Bank

यो अकल्पनीय र जोखिम अवस्थामा सेतो कोर्टधारी डाक्टरहरू आफ्नो जीवनको पर्वाह नगरी ज्यान बचाउनका लागि युद्धस्तरमा काममा खटिएको छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक सञ्जालमा अहिले छाइरहेको छ, ‘अचेल भगवान् मन्दिरमा होइन अस्पतालमा छन् ।’


Advertisment
Nabil box
Kumari

देशभरि अहिले ९ जनामा कोरोना संक्रमण देखिएको छ । २ जना गण्डकी प्रदेशको बागलुङ जिल्लाको आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् । जोखिम अवस्थामा आफूलाई होमेर बिरामीको सेवामा खटिएका भगवान् रुपी चिकित्सकको अनुभव के छ त ? यतिबेला उनीहरू कसरी काम गरिरहेका छन् भन्ने विषयमा राससले गरेको संक्षिप्त कुराकानी :

Vianet communication
Laxmi Bank

शैलेन्द्र विक पोखरेल 
मेडिकल सुपरिन्टेन्डेन्ट धौलागिरि अञ्चल अस्पताल, बागलुङ

डाक्टर भएको नाताले बिरामीको सेवा नै पहिलो दायित्व हो । अहिलेको यो जोखिम अवस्थाले मनोवैज्ञानिक असर पनि उत्तिकै गर्ने रहेछ । पर्याप्त स्रोत र साधन विना नै जोखिम मोल्नु भनेको हतियारबिना नै युद्ध मैदानमा होमिनु जस्तै हो ।

हामी उच्च मनोबल र दृढताका साथ कोरोना संक्रमितको सेवामा जुटिरहेका छौं । यो कठिन परिवेशमा सम्बन्धित निकायबाट निर्देशन दिने र बिरामीको सेवा नगरे कारवाही गर्ने जस्ता कुरा मात्र आएका छन् ।

बिरामीको सेवा गर्ने भनेर नै जीवनको महत्त्वपूर्ण समय यस क्षेत्रमा डाक्टरहरुले बिताएका छन् । यतिबेला कुनै पनि सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल बढाएर कार्यक्षेत्रमा लाग्ने प्रेरणा दिइएको छैन । केवल धम्क्याए जस्ता निर्देशन आउने गरेका छन् । 

आजसम्म हजुरहरूलाई कस्तो छ, के सोचिरहनुभएको छ, के सामग्री आवश्यक छ, आफ्नो जीवनको पनि सुरक्षामा ध्यान दिनु भनेर कसैले भनेका छैनन् । जिम्मेवार व्यक्तिहरुबाट पनि मानवीयता देखिएको छैन । मनोवैज्ञानिक त्रास लिएर भए पनि सेवामा खटिएका छौं । 

डा. अर्जुन आचार्य, निर्देशक 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा 

अहिलेको अवस्था विश्वमै स्वास्थ्य क्षेत्रमै चुनौतीको अवस्था हो । यसले डाक्टरमा पनि एक प्रकारको त्रास र भय पक्कै सिर्जना गरेको छ । हरेक मानवले आफ्नो सुरक्षा खोज्नु स्वाभाविक भएजस्तै डाक्टरले नि ‘प्रोटेक्सन’ खोज्छन् । त्यसको लागि राज्यले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गरेर स्वास्थ्यकर्मीको ‘प्रोटेक्सन’ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने दायित्व रहन्छ ।

यदि सम्पूर्ण कुराको उपलब्ध भए चिकित्सक एवं स्वास्थ्यकर्मीले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्छन् । अहिलेको अवस्थामा डाक्टर नै जोखिममा रहेर उपचार गर्दा उसको परिवार पनि उत्तिकै जोखिममा हुने देखिन्छ । यस्ता कतिपय कुराले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर पर्नु स्वाभाविक हो । राज्यले पूर्णरुपमा चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ । 

डा. प्रदीप श्रेष्ठ 
फिजिसियन एवं संयोजक र्‍यापिड रेन्पोन्स टीम 
धौलागिरि अञ्चल अस्पताल, बागलुङ

विश्वभर फैलिएको कोरोना संक्रमणले स्वास्थ्यकर्मीलाई चिन्तित बनाएको छ । विश्वका अन्य मुलुकका दिनप्रतिदिन स्वास्थ्यकर्मीहरू संक्रमित भएको र मृत्यु भएको समाचार पढिरहँदा र हेरिरहँदा कता–कता डर सिर्जना हुन्छ । अहिले प्रदेशमा देखिएका २ संक्रमितलाई मेरो प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । १ जना सामान्य हुनुहुन्छ भने १ जना दम र प्रेसरका बिरामी हुनुहुन्छ, उहाँको स्वास्थ्य अवस्थालाई सामान्य बनाउन हाम्रो टोली लागिपरिरहेको छ  । 

र्‍यापिड रेस्पोन्स टोलीको संयोजक समेत भएको हुँदा पनि म ‘रिस्क’मा छु भन्ने लाग्छ । यहाँ व्यक्तिसँगको सवाल नभई कोभिड–१९ भाइरस डरलाग्दो रुपमा देखिएको छ, जसबाट जोगिन एकदम सतर्कता आवश्यक छ । पेशामाथिको चुनौती त छँदैछ, परिवारमा पनि जोखिम हुने सम्भावना उत्तिकै हुन्छ । यस्तो अवस्थामा बलियो मानसिकता बनाएर सेवामा लाग्नु विकल्प छैन । 

राज्यले यस्तो कठिन परिस्थितिमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन आवश्यक भौतिक र नैतिक कुरामा जोड दिएर हौसला प्रदान गर्नुपर्छ । 

डा. टुमाया घले
मेडिकल सुपरिन्टेन्डेन्ट, गण्डकी मेडिकल कलेज, पोखरा 

अहिलेसम्म पोखरामा कोरानो भाइरसको संक्रमण देखिएको छैन । पिसिआर मेसिनबाट नियमित नमूना संकलन भइरहेको छ । हामी पूर्ण तयारी अवस्थामा छौं । पर्याप्त पीपीईको उपलब्धता नहुँदा जोखिम देखिएको छ ।

सरकारले चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन भावनात्मक कुरालाई पनि जोड दिनुपर्छ । अहिलेको अवस्थाले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई पनि हतोत्साही गराइरहेको छ । यो बेलामा पीपीईलगायत आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएर हौसला दिनुपर्छ । केवल सेतो कोटको परिभाषा दिएर मात्र पुग्दैन । हामी हाम्रो कर्तव्यबाट विमुख छैनौं । राज्यले पनि आफ्नो दायित्व बिर्सनु हुँदैन । – जमुनावर्षा शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x