×

NMB BANK
NIC ASIA

नबिकेपछि किसानले लाखौं ज्युदा कुखुरा नष्ट गरे, दैनिक झन्डै २२ करोड रुपियाँ घाटा

चैत २५, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य: गोरखापत्र दैनिक
Premier Steels
Marvel

 कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् ।
नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उनले बताए ।
बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ । नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन् । कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

अण्डाको माग बढ्यो उत्पादन कम
बन्दाबन्दीका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन् ।
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो, केसीले भने, अहिले पाँच लाख अण्डा उत्पादन घटेको छ । कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको उनकोभनाइ छ ।
बजारमा अण्डाको माग बढिरहेको छ । उपभोक्ताले अण्डा किनेर राख्न थालेकाले माग बढेको हो, उनले भने, अण्डा केही दिन राखेर पनि खाना सकिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । मागअनुसार बजारमा अण्डा पु¥याउन नसकेको केसीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कि किनिदेउ कि बेच्न देउ
उर्लाबारीबाट प्राप्त समाचार अनुसार ३० देखि ४५ दिनभित्र बेची सक्नुपर्ने कुखुरा ५६ दिनको भइसक्दा पनि बेच्न नपाएको गुनासो किसानको छ । उनीहरूले कि किनिदने नभए बेच्न दिन माग गरेका छन् । पूर्वी मोरङमा हाल १० हजार कुखुरा बजार पु¥याउन नपाएर खोरमै थन्किएको रोजगार पोल्ट्री एन्ड फिड सप्लायर्स उर्लाबारीका सञ्चालक कपिल गौतमले बताए ।
पूर्वी मोरङका मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी शनिश्चरे, लेटाङ र काने पोखरीमा ६० भन्दा बढी डिलर छन् । एउटा डिलरले २५ जना किसानलाई चल्ला र दाना उपलब्ध गराउँदै आएको छ ।
सामान्यतया दुई सय कुखुरा पाल्न किसानको एक लाख रुपियाँ खर्च हुने गर्छ । औसत प्रतिकेजी दुई सय रुपियाँमा बिक्री हुने कुखुरा लकडाउन भएयता बिक्री ठप्प छ । ग्रामीण क्षेत्रमा ब्रोइलर पालन बढी छ । माग सहरी क्षेत्रमा हुने गरेको छ । गाउँबाट सहर पु¥याउन नसक्दा १० हजार कुखुरा खोरमै थन्किएका छन् । अझ बजार र साना फ्रेस हाउसहरू पूर्ण रूपमा बन्द हुँदा कुखुराको माग शून्य छ ।
किसानले स्थानीय सरकारसँग बिक्रीका लागि प्रबन्ध मिलाइदिन बारम्बार आग्रह गरेका छन् तर स्थानीय सरकारले पनि बेवास्था गरेको किसान रमेश गिरीले बताए । उता पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका तीनवटा फ्रेस हाउसलाई सञ्चालनको अनुमति दिइएको बताए ।


Advertisment
Nabil box
Kumari

बिकेनन् ब्रोइलर
लमजुङबाट प्राप्त समाचार अनुसार लमजुङ जिल्लाका ब्रोइलर कुखुरा पालक किसान मर्कामा परेका छन् । बजार तथा फ्रेस हाउस बन्द भएपछि उत्पादन गरिएको कुखुरा बिक्री नभएको किसानले बताएका छन् ।
राइनास नगरपालिका–६, धमिलीकुवाका किसान सीताराम पाण्डेले ब्रोइलर कुखुरा बिक्री गर्ने अवस्थाको रहे पनि बिक्री हुन नसकेको बताए । सहरदेखि गाउँका सबै पसल बन्द रहँदा हुर्किएका कुखुरा फार्ममै राख्नुपर्ने बाध्यता रहेको उनले बताए । एक हजार बोइलर कुखुरा बिक्री हुने तौलको भए पनि बिक्री नहुँदा दाना मात्र खुवाएर राख्नुभएको बताए । बेँसीसहर नगरपालिका–७, चण्डीडाँडाका किसान दीपक केसीका अनुसार कुखुरालाई दिने दाना पाउन गाह्रो छ । हुर्किएका कुखुरा बिक्री भएको छैन ।
मासु व्यवसायी सङ्घ लमजुङका अध्यक्ष गुणराज सिलवालका अनुसार बन्दाबन्दीको सुरुका दिनमा दाना ओसारपसारको समस्या थियो । अहिले दाना ल्याउन केही सहज भए पनि हुर्किएका कुखुरा बिक्री भएको छैन ।   गोरखापत्र दैनिकमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x