×

NMB BANK
NIC ASIA

मध्यभोटेकोशी आयोजनामा काम शुरू, निर्माण सामग्री अभाव

चैत २५, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ । नेपाली र चिनियाँसहित दैनिक ७० कामदारबाट काम हुँदै आएकामा मौज्दात रहेको सीमित सिमेन्ट र अभाव रहेको केमिकल तत्काल आपूर्ति हुन नसके चाँडै नै काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताए । 

Sagarmatha Cement
Muktinath Bank

आयोजनालाई कूल छ हजार ३०० मेट्रिक टन मात्र मौज्दात रहेकाले त्यसले धेरै दिन धान्न नसक्ने देखिन्छ । सम्झौताअनुसार शुरूदेखि नै चिनियाँ कम्पनीबाट उत्पादित होङ्सी सिमेन्ट प्रयोग हुँदै आएको छ । हाल उक्त सिमेन्टको कारखानासमेत बन्द भएकाले अन्य सिमेन्ट प्रयोग गर्न नमिल्ने हुँदा नेपाल सरकारलाई समन्वय गरी चाँडै नै आपूर्तिको व्यवस्था मिलाइदिन आयोजना प्रमुख डा लामाले आग्रह गर्नुभएको छ ।
 
हाल आयोजनाको चाकुस्थित बाँधको काम एक महिनाभित्र सम्पन्न हुने गरी तीव्रगतिमा भइरहेको छ । बाँधको काम चाँडै सम्पन्न गर्न सकेको खण्डमा नदीमा बाढी आए पनि क्षति नपुग्ने उहाँको भनाइ छ । आयोजनाको कूल सात हजार ११८ मिटर लामो सुरुङमध्ये छ हजार ६१८ मिटर सम्पन्न भई ९३ प्रतिशत काम पूरा भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै छ मिटर उचाइ र ३७ मिटर लम्बाइको बाँधमध्ये ७० प्रतिशत र विद्युत्गृहको २५ प्रतिशत काम सम्पन्न भएको छ । कूल रु १४ अर्ब ५० करोड लगानीमा निर्माण भइरहेको आयोजना आगामी २०२० को डिसेम्बर अर्थात् नौ महिनाभित्र सम्पन्न गर्नुपर्ने पछिल्लो समयसीमा निर्धारण भएको छ । आयोजनाको सिभिलकार्य चीनको वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एण्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा निर्माण भइरहेको छ ।
 
चिलिमे कम्पनीको सह प्रवद्र्धनमा निर्माण भइरहेको उक्त आयोजना सन् २०१३ डिसेम्बरमा शुरु भई २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर विसं २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र पटक–पटक आएको भोटेकोशी बाढीका कारण निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको थियो ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x