माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
चैत २५, २०७६
तीन हप्ताको बीचमा आउन लागेको प्रधानमन्त्रीको सम्बोधनमा केही नयाँ घोषणाको अपेक्षासहित धेरैले मंगलवार बिहान टेलिभिजनको पर्दामा नजर लगाएका थिए । बिहान ११ बजे गर्ने भनिएको टेलिभिजन सम्बोधन १० मिनेट ढिला शुरू भयो । यसलाई लिएर कतिपयले त प्रधानमन्त्रीको नेपाली टाइम भनेर कमेन्ट गर्न समेत भ्याए ।
प्रधामनन्त्रीको सम्बोधन मुख्यतः ३ वटा कुरामा केन्द्रित देखियो– पहिलो लकडाउन गर्नु पर्नाको बाध्यता, दोस्रो सरकारले गरेका कामको बचाउ र तेस्रो स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिता बारेको प्रस्टीकरण ।
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमिततालाई लिएर बाहिर व्यापक प्रश्न उठेपनि प्रधामनन्त्री नबोलेको भन्दै यस प्रकरणमा मुख खोल्न धेरैले आग्रह गरेका थिए । स्वास्थ्य सामग्री खरिद प्रकरणमा उठेका प्रश्नलाई हलुका जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई असफल गराउन गरिएको प्रचारबाजी र बेमौसमी बाजाको संज्ञा दिए ।
खरिद प्रक्रिया अपारदर्शी भएको, वास्तविक मूल्यभन्दा निकै महंगोमा खरिद गर्न लागिएको तथा आएका उपकरण गुणस्तरहीन भएको भन्दै मिडियामा समाचार आएपछि सरकारले १९ गते बुधवार ओम्नी समूहमार्फत गरिएको खरिद प्रक्रिया रद्द गरेको थियो ।
सामान्य अवस्थाका लागि बनेका प्रक्रियाबाट ढिला हुने भएकोले विशेष निर्णय गराएर स्वास्थ्य सामग्री ल्याउनु परेको प्रस्टीकरण उनले दिए ।
स्वदेश फर्किन खोज्ने नेपालीलाई सीमा क्षेत्रमा रोकेको र उनीहरूलाई बेवास्था गरेको भनेर सरकारमाथि आलोचना भइरहेको थियो । सम्बोधनमार्फत ओलीले सीमापारि रहेका नेपाली नागरिकको सुरक्षा र बसोवासको प्रबन्ध गर्न भारतलाई आग्रह गरिएको र सीमावारि अड्किएका ७ सय भारतीय नागरिकको सुरक्षा नेपाल सरकारले गरेको बताए ।
प्रधनमन्त्री ओलीले नेपालले लिएको नीतिको अन्तर्राष्ट्रिय समुदायमा प्रशंसा भएको भन्दै सरकारको कामको बचाउ गरे, तर अन्तर्राष्ट्रिय उडान स्थगन गर्नमा ढिलाइ गरेको तथा पूर्वसूचना दिएर अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न ढिलाइ गरेको भन्दै स्वयं विज्ञ र विशेषज्ञले प्रतिक्रिया जनाएका छन् ।
प्रधानमन्त्री ओलीले लकडाउन गर्नुको विकल्प नभएको भन्दै घरमै धैर्य गन अपिल गरे । जतिसुकै कष्टकर भएपनि भूकम्पको समयमा जस्तै धैर्यता अपनाउन ओलीले आग्रह गरे । उनले नेपालका लागि आगामी २ साता चुनौतीपूर्ण हुने भन्दै थप सावधानीको आवश्यकता औंल्याएँ ।
जनतालाई आशा जगाउने काममा चुकेकै हुन् प्रधानमन्त्री ?
सरकारले गरेका कामको प्रशंसा र उठेको प्रश्नको बचाउमा सम्बोधन केन्द्रित रहेपनि जनतालाई आशा जगाउने र नयाँ सन्देश दिने खालका कुनैपनि घोषणा प्रधानमन्त्री ओलीले गरेनन् ।
उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई भत्ता दिने र बीमा गर्ने उही पुरानो निर्णयलाई ओलीले दोहोर्याए ।
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल प्रधानमन्त्री ओलीले जनतामा आशा जगाउनुको सट्टा झन निराशा थपेको टिप्पणी गर्छन् । ‘मलाई उत्साही बनाउन सक्नुभएन, भन्न त उहाँले भन्नुभयो हामी जीवनकालको कठिनाइमा छौं भनेर, यस्तो कठिनाइमा देशको अविभावकले जनतामा यो लडाईं लड्न सकिन्छ, जितिन्छ पार पाइन्छ भन्ने आत्मविश्वास सञ्चारित गर्नुपर्ने थियो त्यो सञ्चारित गर्न सक्नुभएन,’ रिजालले लोकान्तरसँग भने, ‘सबैभन्दा दुःख पाएको मानिसलाई तपाईंहरूलाई दुःख हुन दिन्न भन्ने कुरा आश्वस्त गर्न सक्नु भएन । कैलाली कञ्चनपुरमा जुन असाध्यै त्राहीको स्थिति छ, त्यतातर्फ सरकार के गर्दैछ ? आश्वस्त पार्ने कुरा आएन । समग्रमा हामीलाई निराश बनाउनुभयो ।’
रिजालले स्वास्थ्य उपकरण खरिदमा अनियमितता गर्नेमाथि कारवाही गर्ने प्रतिबद्धता नजनाउनु दुःखद् भएको बताए । ‘स्वास्थ्य सामग्री खरिद प्रक्रियामा उहाँकै वरिपरिबाट अनियमितता र भ्रष्टाचार भएको भन्ने कुरा आम नागरिकलाई लागेपनि होइन, यसमा दोषीलाई कारवाही हुन्छ भनेर आश्वस्त गर्नसक्नु भएन’ रिजालले भने, ‘स्वास्थ्य उपकरण तत्कालै, चाँडै, छिट्टै ल्याउँछु, यो तयारी छ भन्ने कुरा पनि आश्वस्त पार्न सक्नुभएन, त्यसैले देशको मूल अभिभावक बोल्दा जनतामा आशा सञ्चारित हुन्छ, अलिकति भरोसा सञ्चारित हुन्छ भन्ने जुन चाहना थियो, त्यो पूरा भएन ।’
स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको देखाउन खोज्नु सरकारलाई असफल देखाउन गरिएको प्रचारबाजी र बेमौसमी बाजा भन्ने प्रधानमन्त्रीको दाबीप्रति टिप्पणी गर्दै रिजालले भने, ‘त्यो चेतनाको समस्या हो, दुईतिहाइको र दर्शनको पनि समस्या हो, दुईतिहाइको संख्याको समस्या होला । अलिकति पनि आलोचना र टिप्पणी भयो भने कमी कमजोरी खोज्नेभन्दा आलोचना गर्नेमाथि आक्रमण गर्ने शैली छ । प्रधानमन्त्रीले जीवन र स्वतन्त्रतामध्ये एउटा रोज्नु पर्ने कुरा गर्नुभयो, यी सँगै जाने कुरा हुन् । उहाँले रोज्नुभएको बिम्ब नै ठीक छैन ।’
रिजालले ओलीमा अहिले पनि दुईतिहाइको दम्भ कायम रहेको टिप्पणी गरे । ‘यो कठिनाइबाट दम्भबाट उहाँ अहिलेपनि मुक्त हुनुहुन्न, यतिका असफलताका बावजुद उहाँ यो दम्भबाट मुक्त भएको देखिएन । आशाभरोसा जाग्ने भन्दा प्रधानमन्त्रीप्रति पहिलेको निराशा कायम रह्यो ।’
स्वयं सत्तारुढ दल नेकपाका एक सांसदले पनि ओलीको सम्बोधनले आशा जगाउन नसकेको टिप्पणी गरे । ‘यसअघिका निर्णयमा फुलबुट्टा भर्न जरुरी थिएन, यो बेला केही नयाँ घोषणाको अपेक्षा थियो,’ उनले भने ।
प्रधानमन्त्री, मन्त्री र सांसदको तलब भत्ता कटौती तथा सांसद विकास कोष खारेजी गरी मितव्ययिताका सन्देश दिने खालका कार्यक्रम ल्याएर उत्साही बनाउने अवसरबाट सरकार चुकेको नेकपाका ती सांसदको टिप्पणी छ ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...