खोप नबनी कोरोनाभाइरसलाई निर्मूल पार्न सम्भव छैन : डा फाउची

कोरोनाभाइरसलाई कुनै खोप वा असरदार उपचारविना निर्मूल पार्न नसकिने अमेरिकाका अग्रणी सरुवा रोग विशेषज्ञ तथा ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका प्रमुख डा एन्थोनी फाउचीले बताएका छन् । 

सोमवार आयोजित एक पत्रकार सम्मेलनमा डा फाउचीले भने, ‘असरदार उपचार वा खोप नपाउन्जेल कोरोनाभाइरस फैलिनुभन्दा अघिको स्थितिमा अमेरिका शायद पुग्ने छैन ।’


Advertisement

जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार, अमेरिकामा ११ हजार मानिसको मृत्यु कोरोनाकै कारण भइसकेको छ । 

मिडियाले उनलाई प्रश्न गरेको थियो, ‘खोप वा विशेष उपचार विना देशमा परिस्थिति सामान्य हुन सक्ला ?’


Advertisement

जवाफमा डा फाउचीले भने, ‘कुल जनसंख्यालाई पूर्ण रूपमा बचाउन हामीहरू समर्थ नहुन्जेल परिस्थिति सामान्य हुन सक्दैन । तर अहिलेको भन्दा फरक स्थिति आएमा सामान्य भएको भन्न मिल्ला किनकि अहिले हामी निकै खराब स्थितिमा छौं ।’

कोरोनाको उपचारका लागि छिट्टै खोप आउने र अहिलेको स्थितिलाई सम्हाल्न सकिने आशा डा फाउचीले गरे । यस्तो स्थिति नदोहोरियोस् भनी कोशिश गरिने पनि उनले बताए । 

कोरोनाभाइरसको उपचारका लागि धेरै देशका वैज्ञानिक लगातार कोशिश गरिरहेका छन् । केही देशले औषधि परीक्षण गर्न थालेका छन् तर कसैले पनि पूर्ण सफलता पाएका छैनन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्