×

NMB BANK
NIC ASIA

एकै दिन दुई सयको स्वाब संकलन

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण भए–नभएको पुष्टि गर्न अछाममा क्वारेन्टाइनमा बसेका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाका २ र सरकारले पठाएका तीन जना स्वास्थ्यकर्मीको संयुक्त टोलीले मंगलबार जिल्लाका चार स्थानमा पुगी स्वाब संकलन गरेको हो ।

Muktinath Bank

बयालपाटा अस्पताल, जिल्ला अस्पताल, सदरमुकाम मंगलसैन र कमलबजारमा बनाइएका क्वारेन्टाइनमा बसिरहेकाको स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । सुदूरपश्चिमका पहाडी जिल्लामध्ये भारतबाट फर्किनेको संख्या धेरै भएकाले अछाममा कोरोना परीक्षण गर्नुपरेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलका अनुसार मंगलसेनस्थित क्वारेन्टाइनमा रहेका ५३ जनाको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै घर पठाइनेबारे निर्णय हुनेछ । ‘सोमबार उहाँहरूलाई क्वारेन्टाइनमा राखेको चौधौं दिन भइसकेको थियो । घर पठाउने तयारीमा थियौं । तर, कञ्चनपुरमा संक्रमित भेटिइसकेपछि हामीले थप सतर्कता अपनाएका छौं,’ उनले भने, ‘अब उहाँहरूमा कोरोना भाइरसको संक्रमण छैन भन्ने पुष्टि भएपछि मात्रै पठाउँछौं ।’ उनका अनुसार संकलित नमुनाको र्‍यापिड र पीसीआर दुवै किटबाट परीक्षण हुनेछ ।


Advertisment
Nabil box
Kumari

अछामका प्रमुख झनकराज ढुंगानाले भने, ‘प्रतिनिधिमूलक ढंगले प्रत्येक पालिकाका १० जनाको कोरोना परीक्षण गरिने भएको छ ।’ स्वाब संकलनका लागि अछाम आएको विशेषज्ञ टोली मंगलबार साँझ नै काठमाडौं फर्केको छ । उनका अनुसार परीक्षणको रिपोर्ट आउन भने कम्तीमा तीन दिन लाग्नेछ ।

Vianet communication
Laxmi Bank

जिल्लाका १ सय ७१ ठाउँमा क्वारेन्टाइन स्थापना गरिए पनि भारतबाट फर्केकाहरूलाई मंगलसेनमा मात्रै राखिएको उनले बताए । जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा रहेका ३० वटा आइसोलेसन बेडमा शंकास्पद बिरामीको उपचार भइरहेको छ ।

मंगलसैन क्वारेन्टाइनमा बसेकाहरूले चौधौं दिन पूरा हुँदासम्म पनि कोरोना परीक्षण नगरेर बेवास्ता गरेको बताएका छन् । ‘चौधौं दिनसम्म हामी यतै छौं । बिहान–बेलुका ज्वरो जाँच मात्रै गर्छन् । अहिलेसम्म कोरोना परीक्षण गरेको भए हाम्रो रिपोर्ट आइसक्थ्यो,’ क्वारेन्टाइनमा बसेका दीपेन्द्र रावलले भने, ‘यहाँ भौतिक दूरी पनि कायम गरिएको छैन । औपचारिकताका लागि मात्रै क्वारेन्टाइनमा राखिएको छ ।’

५३ जनालाई एउटै भवनमा राखिएपछि क्वारेन्टाइनभित्रै झगडाको स्थिति सिर्जना भएको उनले सुनाए । ‘आफ्ना लागि बस्नुपर्ने हो भन्ने यहाँ बसेकाहरूले पनि बुझेका छैनन् । मान्छे एकै ठाउँमा जम्मा भएर बस्नुपर्ने अवस्था छ,’ उनले भने ।

संक्रमितलाई ट्युबबाट तार्नेको स्वाब संकलन

कोरोनाको संक्रमण देखिएका कञ्चनपुरका ४१ वर्षीय व्यक्तिसहितको ११ जनाको टोलीलाई महाकाली नदीमा ट्युबबाट तार्ने दुई जनाको पनि स्वाब संकलन गरिएको छ । आइतबार सम्पर्कमा ल्याइएका उनीहरूको मंगलबार महाकाली अस्पतालको टोलीले स्वाब संकलन गरेको हो ।

अस्पतालका डा. सरोज आचार्यका अनुसार मंगलबार ५ जनाको स्वाब संकलन गरिएको छ । जसमा धनगढीमा पहिलोपटक संक्रमित देखिएका युवकसँगै संयुक्त अरब इमिरेट्सबाट आएका २ जना र क्वारेन्टाइनमा बसेका १ जना पनि छन् । ‘अस्पतालले हालसम्म ४३ जनाको स्वाब संकलन गरिएको छ, जसमध्ये ११ जनाको मात्रै रिपोर्ट आएको छ,’ उनले भने, ‘पछिल्लोपटक स्वाब संकलन गरिएका ३२ जनाको रिपोर्ट आउन बाँकी छ ।’

कञ्चनपुरका संक्रमित युवकलाई क्वारेन्टाइनमा पुर्‍याउने सुरक्षाकर्मी, सवारी चालक, सहचालक र मालिकसहित १७ जनाको पनि स्वाब संकलन गरिसकिएको छ । उनीसँगै आएका १० जनाको भने नेपाली सेनाको छाउनी अस्पतालका स्वास्थ्यकर्मीको टोलीले चैत २० मा नै स्वाब संकलन गरेका थिए । उनीहरू कसैमा पनि संक्रमण देखिएको थिएन । सेनाको टोलीले २३ जनाको स्वाब संकलन गरेकामा २२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सकियो

संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम सकिएको सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरसिंह साहुले बताए । उनका अनुसार संक्रमितसँगै आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । ट्युबबाट र पौडी खेलेर महाकाली नदी तर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हरेक ४/५ किलोमिटरको दूरीमा अस्थायी पोस्ट स्थापना गरेको छ । उनका अनुसार पुनर्वास नगरपालिकाको डोके बजारदेखि भीमदत्त नगरपालिकाको खल्लामसेट्टीसम्मै अस्थायी पोस्टहरू स्थापना गरिएको छ ।

‘खल्लामसेट्टीमा ट्युबबाट महाकाली तार्ने ठाउँमै पोस्ट राखेका छौं,’ उनले भने । जिल्लाका विभिन्न ठाउँमा यसअघि पनि आधा दर्जन बढी बीओपीहरू स्थापना भइसकेका छन् । हरेक अस्थायी पोस्टमा १५ देखि २० जनासम्म सुरक्षाकर्मी खटाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x