×

NMB BANK
NIC ASIA

चौधरी फाउन्डेसनद्वारा कोरोना परीक्षणमा चाहिने १ हजार ‘पीसीआर रिएजेन्ट’ सरकारलाई हस्तान्तरण

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरस रोग (कोभिड– १९)को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि सक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप चौधरी फाउन्डेसनले आज निजी क्षेत्रका तर्फबाट पहिलोचोटि सरकारलाई १,००० थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोभिड- १९ संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्त्वपूर्ण उपकरण हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फाउन्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सराहनीय भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिए । आवश्यकता परेका बेला आगामी दिनमा पनि यस्तै सहयोगका लागि खुला हृदयले तयार रहनसमेत उनले आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोभिड- १९ नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताए  ।

Vianet communication
Laxmi Bank

'स्वास्थ्यमा सीमित साधनस्रोत र पूर्वाधार भएको अवस्थामा सरकारसँगको बलियो हातेमालोबिना अहिलेको विपद्बाट छुटकारा पाउन सकिँदैन,' उनले भने, 'त्यसैले सरकारसँग सहकार्य गरी मुलुकभरी यस्ता सामग्री उपलब्ध गराउने काममा हामी निरन्तर लागिरहेका छौं ।'

उनले यी ‘पीसीआर रिएजेन्ट’ उपकरणबाट द्रुत गतिमा कोरोना परीक्षण हुने विश्वास समेत व्यक्त गरेका थिए ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट परीक्षण तथा सुरक्षा सामग्री माग उच्च देखिए पनि आफूहरूको पहिलो प्राथमिकता उपचार र परीक्षणमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा भएको चौधरीले बताए ।

'त्यससँगै हाम्रो प्राथमिकता न्यूनतम उपकरण र पूर्वाधार भएका स्वास्थ्य केन्द्र हुन्, जहाँबाट रोग परीक्षणसँगै पहिलो चरणको उपचार सम्भव होओस्,' चौधरीले भने, 'न्यूनतम् पूर्वाधार भएका संस्थालाई बलियो र सुविधासम्पन्न बनाउने हाम्रो लक्ष्य हो । र, ती केन्द्रसँग स्थायीरूपमै सहकार्य गर्ने गरी चौधरी फाउन्डेसनले तयारी गरिरहेको छ ।'

यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।

हेर्नुहोस्, थप तस्वीर :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x