×

NMB BANK
NIC ASIA

सीमामा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी आवतजावतलाई रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ ।

Muktinath Bank

भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी पोस्ट थप गरेको छ । झापाको सीमा क्षेत्रमा सशस्त्रको आठ वटा स्थायी पोस्ट पहिल्यैदेखि तैनाथ थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवतजावत हुने मुख्य गौडाको पहिचान गरी ५८ वटा नयाँ स्थानमा पाल टाँगेर अस्थायी पोस्ट खडा गरी सीमा सुरक्षालाई सुदृढ तुल्याइएको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताए । लकडाउन उल्लङ्घन गर्दै सीमा क्षेत्रमा हुनसक्ने चोरी–तस्करी, लागुऔषधको कारोवार, अनाधिकृत प्रवेशलाई रोक्न सशस्त्र प्रहरी बल सक्षम रहेको उनले बताए । भारतको विहार र पश्चिम बङ्गाल प्रान्तमा कोरोना सङ्क्रमणबाट मृत्युसमेत भइरहेको अवस्थामा खुला सीमाबाट हुने लुकीछिपी आउजाउले कोरोना भाइरस फैलिने जोखिम भएका कारण त्यसलाई रोक्न नेपाल सरकारको निर्देशनबमोजिम सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा ध्यान केन्द्रित गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

झापाको उत्तरी सीमा पश्चिम बङ्गालको दार्जीलिङ जिल्लासँग जोडिएको छ भने भद्रपुरदेखि गौरीगञ्जसम्मको सीमा क्षेत्र विहारको किसनगञ्ज जिल्लासँग जोडिएको छ ।  सशस्त्र प्रहरी बलका २५० भन्दा बढी सुराक्षाकर्मी पहिल्यैदेखि सीमा सुरक्षामा तैनाथ थिए भने अहिले सयभन्दा बढी जनशक्ति थप परिचालन गरिएको छ । लकडाउन र नाका बन्द भएयता झापाको बाहुनडाँगी, भद्रपुर, केचना, गौरीगञ्ज, टाघनडुब्बालगायतका सीमा क्षेत्रबाट २६ व्यक्ति अनधिकृत रुपमा नेपाल प्रवेश गरेको फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

“दक्षिणी सीमा क्षेत्रमा वारिपारि नै मकैबारी बढेका कारण लुकीछिपी प्रवेश गर्नेहरुले फाइदा उठाउन खोजेका छन्,” प्रहरी उपरीक्षक कोइराला भन्छन्, 'स्थानीय समुदाय सजग भएकाले भारतबाट प्रवेश गर्नेलाई पक्रेर उनीहरुले प्रहरीलाई खबर गर्न थाल्नुभएको छ ।' लकडाउन र नाका बन्द हुँदा लागुऔषधका प्रयोगकर्ता र कारोवारीहरुसमेत सीमा क्षेत्रमा सलबलाउन थालेका छन् । काठमाडौँबाट नक्कली डाक्टर बनेर कार चढेर आएका दुई युवालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयले केही दिन अघि पक्राउ गरेर क्वारेन्टाइनमा राखेको छ । उनीहरु लागुऔषधको खोजीमा काँकडभिट्टा नाका आएका हुन् ।

चोरी तस्करी बढेसँगै वन क्षेत्र प्रवेशमा रोक

वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीको मौका छोपेर अवैध रुपमा मान्छेहरु वन क्षेत्रभित्र प्रवेश गरेर आगो लगाउने, वन्यजन्तुको शिकार गर्ने र वन पैदावर काट्नेजस्ता कानून विपरीतका कार्यहरु गरिरहेको सूचना प्राप्त भएको भन्दै डिभिजन वन कार्यालय झापाले प्रवेशमा रोक लगाएको हो । 

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बन्दाबन्दी अवधिभर जिल्लाका सामुदायिक, कबुलियत वनमा अत्यावश्यक संरक्षण बाहेकका अन्य सबै कार्य वन ऐन २०७६ को दफा ९ बमोजिम बन्देज लगाइएको बताए । उनले सामुदायिक वन उपभोक्ता समूहलाई आ–आफ्ना वन क्षेत्रको सुरक्षाका लागि विशेष सुरक्षा योजना बनाई तत्कालै लागू गर्न गराउन पत्राचार गरिसकेको बताए । प्रमुख घिमिरेले अनुमति बेगर वन क्षेत्रमा प्रवेश गरेमा वन ऐन २०७६ अनुसार कारवाही गरिने बताए । चन्द्रकला भण्डारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x