×

NMB BANK
NIC ASIA

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ ।

Muktinath Bank

नेकपा पाँचथरले मातहतका पार्टी कमिटी र नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र वास्तविक लकडाउन प्रभावितलाई सहयोगीसिद्ध बनाउन निर्देशन दिएको हो । नेकपा पाँचथरका इञ्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार लकडाउन प्रभावित भनी स्थानीय तहबाट पहिचान भएका परिवारलाई मात्रै राहत दिन निर्देशन दिइएको छ । राहत सामग्रीसमेत सङ्घीय सरकारले तोकेको न्यूनतम मात्रा पु¥याएर मात्रै वितरण गर्न निर्देशन दिइएको उनले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तह र नेकपाको स्थानीय पार्टी पङ्क्तिलाई समन्वयात्मक रुपमा राहत वितरण गर्नसमेत नेकपाले निर्देशन दिएको छ । जिल्लामा फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले मात्रै लकडाउन प्रभावितलाई राहत वितरण थालेका छन् ।


Advertisment
Nabil box
Kumari

कतिपय स्थानमा व्यक्तिगत तथा संस्थागत रुपमा वितरण गरिएको राहत झारो टार्ने तथा देखावटी मात्रै भएको तथा लकडाउन प्रभावित एवं न्यून आय भएका परिवारलाई यथेष्ट सहयोग नपुगेको भनी आलोचना भएपछि नेकपाले यस्तो निर्देशन दिएको हो । नेकपाले यसअघि नै पार्टी पङ्क्तिलाई लकडाउन प्रभावितलाई राहत दिन तथा कोरोनाभाइरस सङ्क्रमण प्रतिकार्य एवं सजगताका काममा सहभागी हुन आह्वान गरिसकेको छ ।

Vianet communication
Laxmi Bank

'राहत वितरणको काम स्थानीय सरकार र पार्टी पङ्क्तिको दायित्वको विषय हो, न कि कुनै प्रचारवाजी', नेकपाका जिल्ला इन्चार्ज आङ्बोले भने, 'राहत प्राप्त गर्ने व्यक्ति तथा परिवारको सम्मानका लागि तस्बीर नलिन र सामाजिक सञ्जालमा नहाल्न भनिएको हो ।' पाँचथरमा सामाजिक दूरी पालना गर्ने नाममा वडाबाट वितरण गरिएका राहत कार्यक्रमको कतिपय तस्बीर ‘भाइरल’ समेत भएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x