वन्यजन्तुको सम्पर्कमा मानिसहरू आउँदा भाइरस फैलिने क्रम तीव्र : अध्ययन

शिकार, कृषिकर्म र शहरीकरणका कारण जैविक विविधतामा निकै कमी आएको र यसले गर्दा कोभिड–१९ जस्ता भाइरसहरू जनावरबाट मानिसमा सर्ने खतरा बढेको एक अध्ययनको निष्कर्ष छ । 

प्रोसीडिङ्स अफ द रोयल सोसाइटी बी नामक जर्नलमा प्रकाशित अध्ययनका अनुसार, वन्यजन्तुसँग मानवको सम्पर्क बाक्लिएकाले गर्दा अहिलेको जस्तो महाव्याधि फैलिएको हो । अस्ट्रेलिया र अमेरिकाका वैज्ञानिकहरूले मानवमा भाइरस सार्ने सम्भावना बढी भएका जनावर कुन हुन् भनी पत्ता लगाएका छन् । 


Advertisement

विगत कैयौं वर्षदेखि जनावरबाट मानिसमा सरेका १४२ किसिमका भाइरसहरूलाई उनीहरूले जोखिममा परेका प्रजातिको सूचीसँग दाँजेर हेरे । 

गाईवस्तु, भेडा, कुकुर र बाख्रा जस्ता घरपालुवा जनावरले मानिसमा सर्वाधिक बढी भाइरस सारेको र स्तनधारी वन्यजन्तु भन्दा यो आठ गुणा बढी रहेको उनीहरूले पाए । 


Advertisement

मानव नियन्त्रणमा रहेको वातावरणमा अनुकूलित भएका वन्यजन्तुहरूले पनि मानिसलाई बढी भाइरस सारेको पाइएको छ । मुसा, चमेरा र बाँदरहरू मानिस बस्ने घर र खेतमा भेटिन्छन् । सबै भाइरसमध्ये ७५ प्रतिशत यिनै प्राणीहरूमा बस्छन् । चमेरो एक्लैलाई सार्स, निपाह, मारबर्ग र इबोला जस्ता भाइरससँग जोडिएको छ । 

जोखिममा परेका वन्यजन्तुबाट भाइरस सर्ने खतरा सबैभन्दा धेरै रहेको अध्ययनमा देखिएको छ । शिकार, वन्यजन्तुको तस्करी र वासस्थानको विनाश लगायतका कारणले वन्यजन्तुहरूको संख्यामा कमी आएको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्