×

NMB BANK
NIC ASIA

कोरोना अस्पतालमा मृत्युको ११ दिनपछि परिवारले बुझे बाबुरामको शव

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपचारको क्रममा बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका रुपन्देहीको सैनामैनाका बाबुराम थापाको शव बुझ्न परिवार राजी भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि ज्यान गुमाएको ११ दिनपछि बाबुरामको शव बुझ्ने सहमति जुटेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिपछि परिवारले शव बुझेका छन् । छलफलमा सहभागी मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनालले मृतककी पत्नीलाई रोजगारी, छोराहरूको निःशुल्क शिक्षा र तत्कालको लागि आर्थिक व्यवस्थापन जुटाइदिने सहमतिपछि परिवार शव बुझ्न राजी भएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

थापाकी पत्नी रीताले पनि छलफलपछि शव बुझ्ने सहमति भएको जानकारी गराइन् । खनालले भने,  ‘मृतककी पत्नीलाई सैनामैना नगरपालिले रोजगारी दिने, २ छोरालाई १२ कक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने, तत्कालको आर्थिक व्यवस्थापनको लागि ८ लाख ४१ जना हजार रुपैयाँ नगद रकम उपलब्ध गराउने सहमति भयो ।’ 

Vianet communication
Laxmi Bank

लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा रहेको शव परिवारले बुधवार नै बुझेर अन्तिम संस्कार गर्नेछन् । प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ । पीडित पक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फी दबाबका लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो ।

पाल्पाको रिब्दिकोट–५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका–४ सिसौडाँडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो हप्ता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो । उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x