×

NMB BANK
NIC ASIA

‘र्‍यापिड टेस्ट’मा ‘स्लो मोसन’ - उपकरण आयो, छैन चलाउने जनशक्ति

चैत २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा ढिलाइका बाबजुद केही उपकरण पुगेका छन् ।

Muktinath Bank

प्रदेश राजधानीसमेत रहेको धनगढीमै कोरोनाको संक्रमित बिरामी देखिँदासम्म कोरोना परीक्षणको लागि ‘थ्रोट स्वाब’ परीक्षण काठमाडौं नै पठाउनुपर्ने बाध्यता थियो । अहिलेपनि उक्त बाध्यता हटेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १८ गते सुदूरपश्चिम प्रदेशको लागि भन्दै ‘मोलिकुलर माइक्रोबायोलोजिस्ट’ सुनिलप्रसाद लेखकलाई कोरोना भाइरस परीक्षण गर्ने १ थान रियल टाइम पीसीआर मेसिनसहित खटायो । २ दिनपछि सो मेसिनबाट परीक्षणको कार्य शुरु भयो । तर १ पटकमा १ वटामात्रै नमूना परिक्षण गर्न सकिने तथा दिनमा ७/८ वटा मात्रै नमूना परीक्षण हुने हुँदा नमूना परीक्षण गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यता नहटेको हो ।


Advertisment
Nabil box
Kumari

केही दिनकै अन्तरालमा पुनः एकै पटक ३ जना कोरोना संक्रमित बिरामी कैलाली र कञ्चनपुरमै देखिएपछि र बाहिरबाट आएका लाखौं मानिसको नमूना संकलन तत्काल गर्नुपर्ने अवस्था सिर्जना भएपछि सरकारले र्‍यापिड टेस्ट टोली खटायो ।

Vianet communication
Laxmi Bank

६ जनालाई काठमाडौबाट र ६ जना स्थानीय गरी १२ जनाको र्‍यापिड टेस्ट टोलीले २ दिनको अवधिमा कैलाली र कञ्चनपुरको केही क्वारेन्टाइनमा राखिएका २ सय जनाको थ्रोट स्वाब र रगतको नमूना संकलन गरेको छ । परीक्षणको लागि अन्ततः काठमाडौ नै पठाइयो । आवश्यक जनशक्ति नहुँदा सो र्‍यापिड टेस्टको काम पनि सुस्त गतिमा चलिरहेको छ ।

भारत तथा अन्य मुलुकबाट सुदूरपश्चिममा मात्रै डेढ लाख मानिस भित्रिएका छन् । तर हाल कोभिड–१९ को दोस्रो चरणमा रहेको सुदूरपश्चिममा २ हजार ३९९ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र डोटीले जनाएको छ ।

उपकरण आयो,जनशक्ति आएनन्

सरकारले एकै पटक ठूलो संख्यामा कोभिड १९ परीक्षण गर्न मिल्ने आरटी पीसीआर मेसिन बुधबार धनगढी पठाएको छ । सेनाको स्काई ट्रकमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रहेको आरटी पीसीआर मेसिन पठाएको हो ।

तर उपकरण सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या हुने देखिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले आवश्यक जनशक्तिको माग गरेको बताए । तर हाल कोही पनि दक्ष जनशक्ति नआएको पाइएको छ ।

उपकरण मात्रै पठाइएपछि हाल सो उपकरण जडान तथा सञ्चालनको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा स्थापना गर्न खटाइएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखककै काँधमा थोपारिएको छ । यहाँका केही प्राविधिकहरुको सहकार्यमा उनी बुधबारदेखि नै सो उपकरणको जडानमा जुटेका छन् ।

उपकरणमा मात्रै आएको बताउँदै मोलिकुलर माइक्रोबायोलोजिस्ट लेखकले २ दिन उपकरण जडान गर्न लाग्ने बताए । चैत २७ गतेदेखि परिक्षणको कार्य हुन सक्ने उनको भनाइ छ । उनको अनुसार सो मेसिनबाट दैनिक २ सय देखि ३ सय जनाको नमूना परीक्षण गर्न सकिन्छ ।

लेखकले यहाँ रहेका सीमित जनशक्तिलाई प्रयोगशाला सञ्चालनबारे सिकाउँदै परीक्षणको काम अगाडी बढाएको बताए । परीक्षणको कार्यलाई तीव्रता दिन आवश्यक जनशक्ति तत्काल थप्नुपर्ने उनको जोड थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x