×

NMB BANK
NIC ASIA

विवादित ओम्‍नीलाई २० करोड भुक्तानी

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा विवादित ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओब्की) लाई उसले आपूर्ति गरेका सामग्रीको भुक्तानी दिने बताएको छ। गुणस्तरहीन किट, अपुरो व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) आपूर्ति गरेको र उच्च मूल्य कायम गरेको भन्दै सरकारले गत साता १ अर्ब २४ करोडको खरिद सम्झौता रद्द गरेको थियो।

Muktinath Bank

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओब्कीले ल्याएको सामग्रीको करिब २० करोड रुपैयाँ भुक्तानी दिने तयारी रहेको बताए। ‘अहिले उसैले ल्याएको सामग्रीबाट काम चलाइरहेका छौं,’ श्रेष्ठले भने, ‘विभागले नयाँ टेन्डर गरेका स्वास्थ्य सामग्री नआउन्जेल उसले आपूर्ति गरेकैबाट काम चलाउनुपर्ने अवस्था छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानिर्देशक श्रेष्ठले ओब्कीले आपूर्ति गरेको र्‍यापिड किटको परीक्षण गरिने बताए। यसका लागि कोरोना संक्रमित फेला परेका जिल्लाबाट आशंकामा एक हजारभन्दा बढीको स्वाब संकलन गरी काठमाडौं ल्याइएको छ। ‘पहिल्याउने र परीक्षण गर्ने (ट्रेसिङ एन्ड टेस्टिङ) यो चरणमा यी किटले सही नतिजा दिन्छन् कि दिँदैनन् भनेर हेर्न लागेका हौं,’ उनले भने।


Advertisment
Nabil box
Kumari

श्रेष्ठले ओब्कीलाई भुक्तानी दिनुलाई कानुनसम्मत दाबी गरेका छन्। धरौटी जफत गरेर कालोसूचीमा राख्ने भनिएको कम्पनीलाई भुक्तानी दिन मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘झन्डै ६ करोड रुपैयाँ धरौटी त हामीले जफत गरिसकेका छौं। आपूर्ति गरेको सामानको भुक्तानी दिँदैनौँ भन्दा भोलि कानुनी उपचारमा जाला।’ उनले ओब्कीले संवेदनशील समयमा धोका दिएकाले नै सम्झौता रद्द गरेर धरौटी जफत गरिएको बताए। भुक्तानी रोक्न भने नसकिने उनको दलील छ। ‘सरकारले अरूको सम्पत्ति लुट्ने कुरा पनि भएन नि !’ अन्नपूर्णसँगको कुराकानीमा श्रेष्ठले भने।

Vianet communication
Laxmi Bank

सरकारले ओब्कीसहित केही अनुदानित र परोपकार स्वरूप दिएका सामग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चार्टर गरी चीनको ग्वान्जाओ पठाएको थियो। ग्वान्जाओबाट आपूर्तिकर्ता कम्पनीले सेटिङमा अरू व्यापारीको सामानसमेत ल्याइदिएको थियो। यसरी ओब्कीसँगको सेटिङमा चार्टर विमानबाट ज्वरो नाप्ने थर्मल गन झिकाउने शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल थर्मल गनको कालोबजारीमा पक्राउ परेका छन्।

अनेकौं अनियमितता प्रमाणित भइसक्दा पनि सरकारले ओब्कीलाई कालोसूचीमा नराख्दा उसलाई अझै सरकारी ठेक्कामा सामेल गराउने प्रपञ्च भइरहेको सरकार निकट उच्च स्रोत बताउँछ। कालोसूचीमा परेको कम्पनीले भने सरकारी ठेक्कामा भाग लिन पाउँदैन। त्यसो त सरकारले स्वास्थ्य सामग्रीको कारोबार नै नगरेका कम्पनीलाई छनोट गरेको दुई दिनमै चार्टर जहाज पठाएर सामान ल्याएको थियो।

ओब्कीले सम्झौताअनुसार सामग्री आपूर्ति गर्न नसकेपछि विभागले झन्डै ३४ करोड रुपैयाँको सामग्री किन्न मंगलबार एक साताको अवधि दिएर बोलपत्र आह्वान गरेको छ। विभागले पीपीई, ग्लोभ्स, रेस्पिरेटर मास्क, सर्जिकल मास्क, आइसोलेसन गाउन, पारदर्शी प्लास्टिकको अनुहार कवच, प्लास्टिक जुत्ता कभर आदि सामग्रीका लागि बोलपत्र आह्वान गरेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x