×

NMB BANK
NIC ASIA

विदेशमा रहेका नेपालीलाई डा. पाण्डेको मर्मस्पर्शी अपील : सामान्य रुघाखोकीसँग डर नमान्नुहोला

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विदेशमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित रहन जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले आह्वान गरेका छन् । बिहीवार सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गर्दै उनले अहिले शताब्दीकै अकल्पनीय मोडमा रहेको भन्दै सुरक्षित रहन आह्वान गरेका हुन् । 

Muktinath Bank

विदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ । यहाँहरू भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ । परिस्थितिजन्य कारणले यहाँहरू जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं ।


Advertisment
Nabil box
Kumari

आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरू जुन पीडामा हुनुहुन्छ, त्यो हामीले अनुमान गर्न सक्छौं । यस्तो बेला यहाँहरूले दह्रो आत्मबल, संयम तथा धैर्यता राख्नु जरुरि छ । हाम्रो सानो हेल्चेक्र्यांइले आफ्नो तथा परिवारको स्वास्थ्यमा अकल्पनीय अवस्था आउन सक्छ । तसर्थ फुकी फुकी पाइला चाल्नु अत्यावश्यक छ ।

Vianet communication
Laxmi Bank

यस्तो बेला शारीरिक, मानसिक तथा आध्यात्मिक स्वाथ्य बलियो बनाउन सम्भव भएका यी उपायहरू आजदेखि नै अपनाउनुहुन बिनम्र अनुरोध गर्दछु ।
.........
–रोगसँग लड्ने इम्युनिटी पावर बढाउनको लागि सुपरहर्ब जस्तै मोरिंगा, गानोडर्मा, जिन्सेन, जिंकोबाइलोबा, यार्सागुम्बामध्ये जे जे पाउनुहुन्छ, अनलाइन खरिद गरेर नियमित सेवन गर्नुहोला ।
– भिटामिन सी, बी६, बी१२, इ जिन्क भएको मल्टी भिटामिन तथा फिस ओइल नियमित सेवन गर्नुहोला । यसले तपाइंको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै भाइरसको Mulltiplication लाई रोक्न मद्दत गर्दछ ।
–चिनियाहरूले अपनाएको बिधि तातोपानी दिनमा ५-६ गिलास पिउने, दिनमा १-२ पटक पानीको बाफ लिने, सुप खाइरहने गर्नुहोला ।
–खानामा नेपाली मसलाका अत्याधिक भेराइटी प्रयोग गर्नुहोला । जस्तै : लसुन, प्याज, बेसार, मरिच आदि ।।
–सागसब्जी तथा फलफुल नियमित सेवन गर्नुहोला ।
–घरभित्र हल्का व्यायाम, योग तथा ध्यान गर्नुहोला ।
–दैनिक डायरी लेख्ने बानी गर्नुहोला ।
–कमेडी सो, फ्लिम, पुस्तक, मोटिभेसनल स्पीच तथा पारिवारिक माहोलमा कोरोना कहर ब्यबस्थापन गर्नुहोला । सामाजिक संजालले चिन्ता बढाउने काम गर्छ । तसर्थ यसको प्रयोग एकदम कम गर्नुहोला ।
–रातमा ७-८ घण्टा र दिनमा १ घण्टा सुत्ने गर्नुहोला ।
–तनाब, चिन्ता तथा पीरलर इम्युनिटी पावर घटाउँछ । तसर्थ आत्मबलको प्रबर्धन गर्न मनोरंजन गर्नुहोला ।
–घरमै ब्लडप्रेसर तथा ब्लड ग्लुकोज हेर्दै गर्नुहोला । (  बीपी सेट तथा ग्लुकोमिटरबाट ) ।।
–नियमित औषधिसेवीहरूले औषधि नछोड्नुहोला ।
–काम तथा ब्यबसायमा बेहोर्नुपरेको घाटाको चिन्ता नलिनुहोला । हामी स्वस्थ रह्यौं भने मेहेनत गरेर त्यो खाडल पुर्न सक्नेछौं ।
–सामान्य रुघाखोकीसंग डर नमान्नुहोला ।
–नेपालीहरू फोन / इन्टरनेटमार्फत नियमित सम्पर्कमा रहनुहोला । यसले आत्मबल बढाउनेछ ।
–अबको १ महिनापछि हामीले यो कष्टबाट त्राण पाउने छौं ।
–तपाईंहरू नेपालभन्दा अत्यधिक सुबिधा सम्पन्न देशको स्वास्थ्य सेवामा हुनुहुन्छ । तसर्थ संक्रमण भइहाले पनि डर मान्नुपर्दैन ।

तपाईंहरू एक्लै हुनुहुन्न । हामी ३ करोड नेपाली, मातृभूमि नेपाल, आराध्यदेव पशुपतिनाथ, स्वयम्भुनाथ तथा शक्तिपीठहरू तपाईहरूसंग छौं / छन् । हरेक देशका नागरिकको आन्तरिक शक्ति फरक फरक हुन्छ । हामी सबैको आन्तरिक शक्ति पनि फरक फरक हुन्छ । हाम्रो तुलना अरुसंग हुँदैन । तसर्थ आफ्नो शक्ति र स्वास्थ्यमा विश्वास गर्नुहोला ।
यहाँहरूको जीवन सुन्दर, सुरक्षित रहोस् ।
विनित
डा. रवीन्द्र पाण्डे

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x