मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चैत २७, २०७६
कोरोनाभाइरस महाव्याधिका कारण हाम्रो जीवनकालको सबभन्दा खराब आर्थिक मन्दी आउने र विश्व व्यापार एक तिहाइले घट्ने विश्व व्यापार संगठनले बुधवार चेतावनी दिएको छ ।
‘विश्व व्यापार सन् २०२० मा १३ देखि ३२ प्रतिशतले गिर्ने अपेक्षा गरिएको छ किनकि कोभिड–१९ महाव्याधिले संसारभरिको सामान्य आर्थिक गतिविधि र जीवनमा अवरोध ल्याएको छ,’ विश्व व्यापार संगठनले बयानमा लेखेको छ ।
यस अभूतपूर्व स्वास्थ्य संकटले व्यापारमा कसरी क्षति गर्छ भन्ने विषयमा विभिन्न सम्भावनाहरू रहेको संगठनको भनाइ छ ।
विश्व व्यापार संगठनका प्रमुख रोबर्टो अजेभेदोले व्यापार तथा उत्पादनमा आउने ह्रासले व्यक्ति तथा व्यापारिक प्रतिष्ठान दुवैका लागि पीडादायी परिणाम दिने बताए । अहिले रोगका कारण मानिसले दुःख पाएको र आर्थिक क्षतिले थप दुःख थप्ने उनको भनाइ छ ।
आफ्नो वार्षिक प्रक्षेपणमा १६४ सदस्यीय विश्व व्यापार संगठनले सन् २०१९ मा नै व्यापार घट्दो अवस्थामा रहेको इंगित गरेको छ ।
व्यापारयुद्ध तथा ब्रेक्जिटको अनिश्चितताका कारण वैश्विक व्यापार पहिले नै चोटग्रस्त रहेको र अब भाइरसका कारण व्यापारको भोलुममा दोहोरो अंकको कमी आउने अपेक्षा गरिएको संगठनले जनाएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...