×

NMB BANK
NIC ASIA

युरोपबाट प्रधानमन्त्रीलाई खुलापत्र : यो नै नेकपाको अन्तिम सरकार नबनोस् !

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सम्माननीय प्रधानमन्त्रीज्यू,

Sagarmatha Cement
Muktinath Bank

संसार कोरोनाको महामारीसँग जुध्दैगर्दा म पनि मध्यपूर्वी यूरोपेली देश पोल्याण्डबाट यो लेख लेख्दैछु ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म एउटा सोधकर्ता र भर्खरै पोल्याण्डबाट मास्टर डिग्री सकेको विद्यार्थी हुँ । म यो कोरोनाको महामारी शुरू हुनुअगावै केही युरोपेली मुलुकको भ्रमण र शोध तथा अध्ययनका लागि विभिन्न देश म पुगेको थिएँ ।


Advertisment
Nabil box
Kumari

यो करीब २०औं दिनको यो लकडाउन हो र करीब–करीब हामी सबै घरभित्र नै छौं अनि त्यो अति आवश्यक छ । मैले केही दिनदेखि राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा ठूल्ठूला अनियमितताका समाचार आएरहेका छन् । त्यहाँ रहँदा मैले ती देशका सामाजिक, आर्थिक र राजनीतिक विश्लेषणका केही सेमिनारमा भाग लिने मौका पाएको थिएँ । तिनै अनुभवले आज हाम्रो देश नेपालको वर्तमान अवस्थालाई चित्रण गर्न मद्दत गर्छ भन्ने लाग्छ ।

Vianet communication
Laxmi Bank

 छिमेकी देशहरू कोरोनासँग निकै सघन लडाईंमा छन्। जर्मनी र फ्रान्सको स्वास्थ व्यवस्था निकै राम्रो मानिन्छ र पनि उनीहरू यो लडाईंमा कताकता बिराएको अनुभव विभिन्न मिडियामा सुनाइरहेका छन् । अझ तलतिर इटाली र स्पेन निकै पछुतो मानिरहेका छन्, किनकि उनीहरूले यो महामारीलाई निकै हलुका र आफ्नो स्वास्थ व्यवस्थाको दम्भ देखाए जसरी लिए । यो निकै भयानक र क्रुर रहेछ भन्ने कुरा शक्तिशाली देशहरूलाई त बल्ल भान हुँदैछ ।

पूर्वी यूरोपेली देशहरू निकै चनाखो देखिन्छन् किनकि उनीहरूलाई थाहा छ उनीहरूको स्वास्थ्य सेवाको पहुँच र स्तर पश्चिमा विकसित देशहरूभन्दा निकै फितलो छ । र अर्को कारण यो पनि होकि पूर्वी युरोप भर्खरै मात्र विकसित देशहरूसँग प्रतिस्पर्धाको पहुँचमा पुगेका छन् । मैले पश्चिमा देशका जनतामा भन्दा अलि धेरै उग्र देशप्रेम र माटोप्रतिको माया यी पूर्वी युरोपेली देशहरूमा देखेको छु ।

आज यही सेरोफेरोबाट मेरो देश र मेरो माटोमा भैरहेका केही घटनाक्रमलाई नियाल्दा केही लेख्नु जरुरी ठान्दछु ।

मेरो देश आज बिरामी छ । मेरो देशका प्रधानमन्त्री पनि बिरामी हुनुहुन्छ । सर्वप्रथम प्रधानमन्त्रीज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना । मानसिक रूपमा लाखौं जनता बिरामी छन् । कोरोना महामारी बल्ल प्रवेश गर्दैछ ।

हामीले करीब २ महिना अत्यन्तै महत्त्वपूर्ण समयमा केही गरेनौं भन्दा शायद बेठीक नहोला । हामीलाई २ महिनामा के गर्न सकिन्छ भनेर कसैले सोध्यो भने हामी मुर्ख हो किनकि हाम्रै छिमेकीले एक हप्तामा कोरोनका लागि छुट्टै हस्पिटल बनायो । हामी जति धेरै स्रोत र साधनमा पछाडि छौं, उति नै इच्छाशक्तिमा पनि । हामीले निम्न ५ काम करीब २ महिनाअघि नै गर्नुपर्ने थियो, तर समयमा गरेनौं ।

१. हामीले उचित समयमा नाका बन्द गरेनौं।

२. हामीले अझै पनि स्वास्थ्यकर्मीको उचित कदर, प्रोत्साहन र सुरक्षाको ग्यारेन्टी गरेनौं ।

३. हाम्रो विकास बजेट धेरैभन्दा धेरै अझै पनि खर्च हुन बाँकी छ र त्यो खर्च नहुने सम्भावना बढेको छ । हामीले बजेट आभाव देखाउँदै न पीपीई किन्यौं न अस्थायी हस्पिटल निर्माण गर्‍यौं ।

४. मेलमिलाप र समन्वय कहीँ देखिँदैन । सरकारले उच्चस्तरीय समिति विज्ञविहीन बनायो । संघ, प्रदेश र स्थानीय सरकारको तालमेल कहीँ देखिँदैन ।

५. हामीले १ जनामा कोरोना देखिएपछि र्‍यापिड टेस्ट र मित्रराष्ट्र साउथ कोरियाको फर्मुला (फाइन्ड, टेस्ट, आइसोलेट, ट्रिट)लाई पूरै बाइपास लगायौं ।

एक कम्युनिस्ट नेता एवं माननीय मन्त्रीज्यूको अन्तर्वार्ता हेर्दै गर्दा उहाँले भन्नु भो– 'बाहिरबाट सजिलो देखिन्छ, तर वास्तवमा काम गर्न गाह्रो हुन्छ, त्यसमा सत्यता थियो ।

आज यो समय काम गर्ने समय हो, मन्त्रीज्यू ! सधैं समय आउँदैन र सधैँ मानिसको जीवन बचाउन सकिन्न । यो बुझ्न जरुरी थियो कि नेपालजस्तो देशले गर्ने भनेकै उच्च पूर्वसावधानी र पूर्वतयारी हो । हामी विपदपछिका लागि कुनै हालतमा तयार छैनौं। त्यसो भनिरहँदा किन तयार छैनौं भन्ने प्रश्न आउन सक्छ, यो सही प्रश्न हो ।

हामी निकै कम प्रतिव्यक्ति आय भएको अल्पविकसित देशको सूचीमा छौं र यो एउटा तीतोसत्य हो । हामी हिजो राजतन्त्रमा त्यही कुरा गर्थ्यौं, हाम्रो शिक्षा र स्वास्थ्य क्षेत्र उच्चस्तरको भएन भनेरै हो क्रान्ति र आन्दोलनको बिगुल बजेको । हजारौंले त्यही भएर बलिदान दिएको । त्यो रगत तिम्रो चिल्ला र महंगा सवारीका लागि थिएन महोदय ! त्यो बलिदान, अर्बौंको हेलिकप्टर त्यो पनि एक उच्च व्यक्तिको प्रयोगको लागि थिएन ।

अनि सबैभन्दा हास्यास्पद् कुरा त के छ भने जुन पार्टीले त्यो बलिदान र क्रान्तिको ज्वाला बाल्यो त्यही पार्टी आज दुईतिहाइको बहुमतसहित सरकामा छ ।

प्रधानमन्त्रीज्यू, हजुरको स्वास्थलाभको कामना गर्दछु । समस्या कहाँ छ भनेर खोज्नु जरुरी छैन किनकि जो कोही समस्या बोल्दिन तयार छ । समाधान कहाँ छ ? यो निकै सजिलो छ। कहीँ नजानुस, कहीँ नसोध्नुस् । बस भोलि बिहान २ काम गर्नुस् । पहिलो त आजको समस्या कोरोनाको कहर हो । तपाईं राम्रोसँग काम गर्ने अवस्थामा हुनुहुन्न र हजुरका आसेपासेको गुणस्तर जाँच गर्नुस् ।

तपाईंलाइ २४ घण्टा सुझाव दिने तपाईंका सल्लाहकारको परीक्षण गर्नुहोस् । तपाईंको सचिवालयमा पूर्ण प्रतिस्पर्धामा विज्ञ समूहबाट, विश्वविद्यालयका उत्कृष्ट प्राध्यापक तथा विद्यार्थीको समूहबाट निर्माण गर्नुस् ।

तपाईंको राष्ट्रिय बजेट फ्रिज हुन लागेको छ, त्यसलाई प्रयोग गरेर भएपनि कोरोनाका लागि दिनरात नभनी खट्ने स्वास्थकर्मीलाई उच्च सम्मानमा कुनै कमी नराख्नुस् ।

फुर्सद निकालेर डब्लूएचओ र केही उत्कृष्ट मुलुकले अपनाएका केही तरिका हेर्नुहोस्, पढ्नुहोस् ।

हो तपाईंको सरकार यो निकै चुनौतीपूर्ण र अवसरको समयमा छ । तपाईंको सरकारले थुप्रै काण्ड र अनियमितामा शतक प्रहार गरिसकेको अवस्था सबैलाई जगजाहेर छ, फेरि यो अन्तिम मौकाले तपाईंको पार्टीलाई र सरकारलाई गुमाएको साख फर्काउने अवसर छ ।

यस्तो दिन नआओस्, दुईतिहाइ बहुमतको दुरूपयोग गर्दा हजुरका लाखौं कार्यकर्ता र नेताले नेकपा पार्टीको अन्तिम सत्तारोहण हजुरकै कारणले, हजुरकै अदुरदर्शिताले भएको हो भनेर नभनुन् ।

समयले यो दुईतिहाइको दम्भ र अकर्मन्यतालाई काम गर्न पूरापूर अवसर दिएको छ । कयौं अनियमितता र असफलतालाई चिर्न एउटा यही कोरोना कहर काफी छ । वश् तपाईंका दुईचारवटा निर्णय सही र राष्ट्रहितमा हुनु जरुरी छ ।

म फेरि याद दिलाउन चाहन्छु, यही टीम र यही सचिवालयबाट सफलता सम्भव छैन । प्रधानमन्त्रीज्यू, यो समय प्रतिस्पर्धा र क्षमताको युग हो । असक्षम र निकम्माहरूको टीम लिएर तपाईंको 'समृद्ध नेपाल, सुखी नेपाली'को सपना पूरा हुन सम्भव छैन ।

मैले नेकपाका कतिपय नेताले अझै पनि अर्को चुनावमा दुईतिहाइ बहुमतको निकै आशालाग्दो सपना बोकेको देखेको छु । त्यो सम्भव छ त केवल यो कोरोना कहर जित्न सकेको खण्डमा ।

शायद नेकपाको बहुमत परीक्षणका लागि यो अन्तिम मौका हुन सक्छ । चीनबाट लिएको मेडिकल सामग्री घोटालादेखि थुप्रै घोटाला यादगार छन्, तर मानव जातिकै लडाईं चलेका बेलामा यदि यो सरकारले नेपाली जनताको रक्षा गर्न सक्यो भने अन्य कैयन असक्षमताहरू माफी हुन सक्छन् । आगे हजुरकै मर्जी !

अनिल पौडेल,
वार्सा पोल्याण्ड ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x