कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
कोरोनाभाइरस कहाँ उत्पत्ति भएको हो भन्ने विषयमा चीन र अमेरिकाले केही समययता विवाद गर्दै आएका छन् ।
यसैबीच चीनको एक सुपरकम्प्युटरले अमेरिकाको अस्पतालमा सन् २०१९ मा आएको रहस्यमय निमोनिया कोरोनाभाइरस भएको हुन सक्ने निष्कर्ष निकालेको छ ।
तियानजिन स्थित नेसनल सुपरकम्प्युटर सेन्टरको तियान–१ मशिनले जुलाई महिनामा गम्भीर बिरामी भएका एक अमेरिकी रोगीको कम्प्युटराइज्ड एक्सियल टोमोग्राफस् स्क्यान इमेज निकालेको छ । चिनियाँ सुपरकम्प्युटरको स्क्यानिङको आधारमा उक्त व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको प्रबल सम्भावना देखिएको बताइएको छ ।
रिपोर्टका अनुसार, उक्त रोगीको दुवै फोक्सोको तल्लो भागमा सेता धब्बाहरू पाइएका छन् । निमोनिया हुँदा यस्ता कुरा देखिँदैनन् ।
आर्टिफिसियल इन्टेलिजेन्सको रिपोर्ट अनुसार, इमेजमा कोभिड–१९ का केही लक्षण देखिन्छन् जसले गर्दा महामारीसँग सम्बन्धित जानकारी र अन्य क्लिनिकल टेस्ट गरेर डायग्नोसिस गर्न सुझाव दिइएको छ ।
अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनको वेबसाइट अनुसार, यो रोगी नर्थ क्यारोलाइनाको वेकमेड अस्पतालमा एकैचोटि भर्ना भएका पाँच रोगीमध्ये एक थियो । पाँचैजनाले सास फेर्न गाह्रो भएको, बान्ता आएको, छटपटी भएको र ज्वरो आएको जस्ता लक्षण अनुभव गरेका थिए ।
तर यी रोगीहरूको उपचार गरेका डा केभिन डेभिडसनले चिनियाँ सुपरकम्प्युटरका निष्कर्षलाई खारेज गरेका छन् । उनका अनुसार, यस्ता लक्षण अन्य संक्रमणमा पनि पाइन्छन् ।
डा डेभिडसनले भने, ‘अन्य भाइरल संक्रमण, लागूऔषध सेवन, फोक्सोका रोग र प्रदूषित वातावरणको सम्पर्कमा आउँदा पनि यस्ता लक्षण देखिन्छन् । चीनको सुपरकम्प्युटरले पहिचान गरेको लक्षण कोभिड–१९ र भेपिङका रोगीहरूमा उस्तै देखिन सक्छ ।’
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...