कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ जना पुगेको छ । ८ जना विदेशबाट आएकालाई देखिएको संक्रमण १ जनामा भने स्थानीयरुपमा सरेको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ, जुन स्थानीय संक्रमणको चरण हो । भारतबाट आएका व्यक्तिमा समेत संक्रमण देखिन थालेपछि भारतबाट नेपाल आएका व्यक्तिका कारण संक्रमण फैलिने डर बढेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७८ पुगेको छ भने झण्डै ६ हजार संक्रमित भेटिएका छन् । रोजगारीका लागि भारत गएका नेपाली कोरोना त्रासका कारण स्वदेश फिर्ता भएका छन् तर स्वदेश फिर्ता भएका सबै जनाले न स्वास्थ्य जाँच गराएका छन्, न त क्वारेन्टाइनमा नै बसेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि १ हप्ताका लागि लकडाउन गर्ने निर्णय गर्यो । लकडाउनको निर्णय वैशाख ३ गतेसम्म लम्बिएको छ ।
सरकारले चैत १० गते साँझ लकडाउन घोषणा गर्दा हामी जुम्लाको सिंजामा थियौं । भोेलिपल्ट नै देश लकडाउन हुने, यातायात सबै ठप्प हुने भनेपछि हामीले पनि रातारात यात्रा शुरू गर्यौं – सिंजादेखि सुर्खेतसम्म ।
सिंजादेखि कालिकोटको सिमाना नाग्म बजारसम्म त्यो रात सडकमा गाडीहरूको लाइन थियो । बीच बाटोमा बसहरू हिलोमा फसेर हैरान । सिंजादेखि नाग्मसम्म करीब २ घण्टाको समयमा करीब १५ वटाभन्दा बढी बस भेटिए । जीप र अन्य साना गाडीको त गणना नै थिएन । ती बसमा कति यात्रु थिए भन्ने कुरा सायद गनेर साध्य नै थिएन । बस हिलोमा फसेर कतिपय स्थानमा यात्रुले धकेलिरहेका थिए ।
नाग्म बजार पुग्दा हल्लाकल्ला धेरै नै थियो । सयौं यात्रु नाग्म बजारमा खाना खान होटलमा थिए । होटलवालाले भन्थे, ‘यति धेरै मान्छे त चाडपर्वको सिजनमा पनि हुँदैन्थे ।’ कति गाडी त यात्रुलाई त्यहीँ झारेर सुर्खेततर्फ फर्किरहेका थिए । नाग्म बजारमा यस्तो भीड थियो कि त्यहाँ १ जनालाई मात्र कोरोना लागेको भए हजारौंलाई सर्थ्यो । सरकारले त्यसअघि नै धेरै मान्छे एकैठाउँमा भेला नहुन निर्देशन दिइसकेको थियो तर त्यहाँ भीड थियो ।
त्यहाँदेखि जुम्ला सदरमुकाम खलंगातिर जाने सवारीसाधन पनि लाइन लागेरै गइरहेका थिए । सयौं यात्रुमध्ये कोही न कोही त पक्कै पनि भारतबाट आएका हुन सक्छन् । कसैमा कोरोना संक्रमण नभएको भए त असाध्यै राम्रो भयो । यदि कसैमा कोरोना संक्रमण रहेछ भने त्यसरी गाडीमा कोचाकोच भएका सबैलाई कोरोना सर्न के बेर ?
रातिको करीब ११ बजे हामी नाग्मदेखि कालिकोटको सदरमुकाम मान्मतर्फ लाग्यौं । मान्मसम्म जुम्लादेखि सुर्खेततर्फ जाने सवारीसाधन मात्रै भेटिए तर जब हामी रातिको करीब १ बजेतिर मान्मदेखि ओरालो लाग्यौं, तब भेटिन थाले सुर्खेतबाट अघिल्लो दिनको साँझ छुटेका गाडीहरू । मान्मदेखि तल कर्णालीको तीरमा आइपुगेपछि गाडीको इन्ट्री गर्ने प्रहरी पोस्ट छ । पोस्टको तथ्यांकअनुसार नै प्रहरीले जिल्लामा कति जना भित्रिए भन्ने तथ्यांक निकाल्ने हो तर त्यहाँ कोही थिएनन् गाडी र यात्रु दर्ता गर्ने । त्यहाँ मात्र होइन, हामी सिंजादेखि सुर्खेत पुगुञ्जेल कतै पनि दर्ता गर्नु परेन । गणना नभएपनि यात्रु र सवारीसाधनको चाप धेरै थियो ।
त्यो रात कर्णालीका कालिकोट, मुगु र जुम्लामा त त्यति धेरै यात्रु गए, अन्य जिल्लामा जाने यात्रु पनि त्यस्तै थिए होलान् । एउटा गाडीमा यदि १ जना विदेशबाट आएका यात्रुले यात्रा गरेको रहेछ भने ?
लकडाउन उल्लघंन गरेर केही दिनअघि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले हुम्लाका १०० भन्दा बढी व्यक्तिलाई गृहजिल्लातिर पठाए । भारत र कुवेत लगायतका विदेशका विभिन्न मुलुकबाट नेपालगञ्ज आइपुगेका व्यक्तिलाई प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको खर्चमै मुगुसम्मका लागि गाडी रिजर्ब गरेर पठाएको खुल्यो । ती व्यक्तिको न्यूनतम स्वास्थ्य चेकजाँच गरेको समेत भेटिएन, यति मात्र होइन, ती व्यक्तिलाई क्वारेन्टाइनमा नराखी घरघरमै छाडिएको छ ।
लकडाउनको अवधिमै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको पास उपलब्ध गराएर भारत तथा नेपालका विभिन्न स्थानबाट आएका कालिकोट र जुम्लाका १८२ जना नागरिकलाई ३ वटा बसमा पठाइयो ।
अलपत्र परेका भनी जिल्लास्थित क्वारेन्टाइनमा राख्ने भन्दै उद्धार गरेर पठाइएको थियो तर क्वारेन्टाइनमा बस्ने प्रदेशभरका नागरिकको तथ्यांक हेर्दा ती व्यक्तिहरू घरमै रहेको देखिन्छ । यसरी रातारात गाउँ प्रवेश गरेका व्यक्तिको स्वास्थ्य जाँच हुने कुरै भएन । किनकि हामिले जुम्लाको सिंजदेखि सुर्खेतको वीरेन्द्रनगरसम्म आइपुग्दा एक ठाउँमा पनि स्वास्थ्य चेकजाँच गर्ने ठाउँ देखेनौं । सायद रातको समय भएर पनि हुनसक्छ जाँच गर्नेहरू सुतिसकेका थिए होलान् ।
केही हप्ताअघि नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका व्यक्ति पर्खाल भत्काएर भागे । तीमध्ये करीब ११ जना जाजरकोट पुगे । केही समयपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको खबर आयो तर उनीहरू गाउँमा हेलमेल भए कि ?
दैलेखको आठबिस नगरपालिका–२ मा भारतबाट आएका ३९ जनालाई राखिएको क्वारेन्टाइन १४ दिन नबित्दै रित्तै छ । उनीहरू अहिले गाउँघरमै स्वतन्त्र छन् ।
कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीका लागि मुलुकबाहिर जाने नागरिकको यकिन तथ्यांक नभएपनि धेरै छन् । त्योमध्ये भारतमा अधिकांशले मजदुरी गर्छन् । कर्णाली प्रदेश सरकारले यकिन तथ्यांक नबताएपनि सामाजिक विकास मन्त्रालयको अनुमानअनुसार चैत महिनामा मात्रै ९ हजारभन्दा बढी नागरिक भारतबाट कर्णालीमा भित्रिएका छन् । योबाहेक सीमानाका लगायत अन्य स्थानबाट भागेर आउनेको त तथ्यांक नै छैन प्रहरीसँग ।
गृह मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा जम्मा २ हजार ५३१ वटा शय्याका क्वारेन्टाइन छन् । सोही तथ्यांकअनुसार प्रदेशभर ४६७ शय्याको आइसोलेसन छन् । कर्णालीमा जम्मा ९३४ जना क्वारेन्टाइनमा छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखको तथ्यांकअनुसार दैलेख जिल्लाभर १ हजार २२० जना भारतलगायत विदेशबाट जिल्लामा भित्रिएका छन् तर क्वारेन्टाइन शय्याको संख्या त्योभन्दा असाध्यै कम अर्थात् २२८ मात्रै छ भने क्वारेन्टाइनमै बस्ने २० जना मात्रै छन् ।
कर्णाली प्रदेशबाट मजदुरीका लागि भारत जाने नागरिकको अत्याधिक धेरै संख्या भएको जिल्ला हो दैलेख तर तथ्यांकमै भएका भारतबाट फर्किएका नागरिक सबै क्वारेन्टाइनमा नबसी गाउँमा खुला छन् ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...