फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
चैत २७, २०७६
बनेपाको एउटा रुखको छहारीमुनि ३० जनाको संख्यामा रहेको समूह शीतलमा आराम गरिरहेका छन् । बालबालिका चाउचाउ र बिस्कुट खाइरहेका छन्, केही सुतिरहेका छन् । बुधवार दिउँसो १२ः३० बजे देखिएको दृष्य हो यो ।
कोरोनाभाइरसको सन्त्रासका कारण लकडाउन भएपनि सप्तरी र सिराहाबाट काठमाडौं आई मजदूरी गर्ने परिवार गाउँ फर्किन पैदल यात्रामा निस्केका छन् । राति २ बजे खाना खाएर झण्डै ३ बजे कुपण्डोलबाट यात्रा शुरू गरेको उनीहरूले बताए ।
कुपण्डोलबाट बनेपा पुग्न नै उनीहरूलाई झण्डै ९ घण्टा लाग्यो । ‘कुपण्डोलबाट यहीँ आउँदा थकाइ लाग्यो कसरी हो सप्तरीसम्म पुग्ने ?’ सप्तरी कल्याणपुरका भिखन चौधरीले लामो श्वास फेरे ।
बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास हुँदै जादा काठमाडौंदेखि सप्तरीको दूरी २ सय ६८ किलोमिटर छ ।
कल्याणपुरकै एउटा समूह अघिल्लो साता नै गाउँ पुगेपछि उनीहरूमा पैदलै गाउँ जाने हिम्मत पलायो । ‘हाम्रो साथीहरू साढे ३ दिन लगाएर सप्तरी पुगेछन्, त्यही हिम्मतले हमी पनि हिँडेका छौं, कहिले पुगिने हो थाहा छैन,’ भिखनले लोकान्तरसँग भने ।
लकडाउन खुल्नुको सट्टा लम्बिने खतरा देखेपछि उनीहरू पैदलै भएपनि गाउँ जाने निधोमा पुगेका हुन् । ‘अझै कति दिन कुर्ने ? सरकारको राहत लिनका लागि घरबेटीको सिफारिश चाहिने रहेछ, घरबेटीले सिफारिश त बनाइदिन्छु, तर कर तिर्छौ भनेर प्रश्न गरेपछि म पनि हिँडें,’ बनेपामा भेटिएका सिरहाका राम नारायण शर्माले भने । उनी चाबहिलमा बसेर मिस्त्रीको काम गर्थे ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका जीतेन्द्रप्रसाद चौधरी ३ वर्षको छोरो र ७ वर्षकी छोरी सहित पैदलै गाउँ पुग्ने लक्ष्यका साथ समूहमा मिसिएका छन् । ‘हामीमात्र भएको भए त अघि नै धुलिखेल कटिसक्थ्यैं, बालबच्चा हिँड्न सकेनन्,’ जीतेन्द्रले लोकान्तरसँग भने । मध्यरातमा उठेर हिँडेका कारण बालबालिका र केही वयस्कहरू पनि बनेपाको छहारीमा निदाइरहेका भेटिए ।
भएको पैसा सकिँदै गएको र काम पाउन समस्या भएका कारण के खाने भन्ने पिरले गाउँ फर्किन लागेको यो समूहका महिलाहरूले बताए ।
‘गाउँमा पुगे त जसोतसो गरिएला, यहाँ साँघुरो कोठामा बच्चालाई थुनेर राख्न पनि समस्या भयो,’ सुमित्रा चौधरीले भनिन् ।
बीचबाटोमा हिँड्दै जादा भगवानले ट्रक, ट्याक्टर या बयलगाडा भएपनि फेला पारिदिने उनीहरूको विश्वास छ । ‘पानी परेन भने त हामी रातभर हिँडेर भएपनि शनिवारसम्म घर पुग्छौं भन्ने विश्वास छ,’ राम नारायाणले भने ।
****
बुधवार काठमाडौंको थानकोटबाट मध्यरातमा हिँडेर अर्को टोली दिउँसो १ बजेको समयमा धुलिखेल पुगेको थियो । धुलिखेल अस्पताल अगाडिको प्रतिक्षालयमा आराम गरिरहेको १७ जनाको टोली सिन्धुलीको दूधौलीसम्म पैदलै यात्रा गरेर पुग्ने अठोटमा थियो ।
‘१८ गतेपछि लकडाउन खुल्छ भनेर बस्यौं, फेरि २५ गतेसम्म कुर्यौं, लकडाउन खुल्ने लक्षण देखिएन त्यसपछि २६ गते बाटो लाग्यौं,’ दूधौलीका भीम सुनारले लोकान्तरसँग भने ।
बालबालिका र महिलासहित हिँडेका उनीहरूले च्युरा, दालमोठ लगायत खानेकुरा साथमै लिएर हिँडेका छन् ।
ईश्वर र इशा कार्की साढे २ वर्षको छोरो काँधमा राखेर पैदल हिँडेका छनं । ‘गाडी पायौं भने त आजै पुगिएला, पैदलै हिँड्नु परे तीन दिनमा पुगिएला कि भन्ने विचार गरेका छौं,’ ईश्वरले लोकान्तरसँग भने, ‘कटारीबाट हलेसी हिँड्ने बानी परेकोले हामीलाई त समस्या छैन, महिला र केटाकेटी हिँड्न सक्दैनन् जस्तो छ ।’
ठाउ–ठाउँमा प्रहरीले केहीबेर अवरोध सिर्जना गरेपनि आफूहरू गाउँ जान लागेको बताएपछि छाडिदिएको उनीहरूले सुनाए ।
सिन्धुली दूधौलीको यो समूहले काठमाडौंको थानकोटमा ज्यामी काम गर्ने गरेको थियो ।
‘यस्तो होला भन्ने थाहा पाएको भए त हामी पहिल्यै घर गइसक्थ्यौं, के भयो, के भयो ?’ यो टोलीका एक जनले भने, ‘यो रोग पूरै ठीक भएपछि मात्र काममा फर्किने हो ।’
****
सिराहा बिसुपुरका किशोरी ठाकुर लगायतका ४ जना बिहान ४ बजे काठमाडौंको शंखमुलबाट हिँडेर दिउँसो साढे १ बजेको समयमा काभ्रेभञ्जाङ नजिक पुगेको थियो । ‘खुब परेशानी भयो सर, हामीलाई २ किलोमिटर परसम्म भएपनि पुर्याइदिनु पर्यो,’ महतोले हात जोडेर भने, ‘हामी रातदिन हिँडेर भएपनि घर पुग्नुपर्नेछ ।’
कार्पेन्टरको काम गर्ने उनीहरूले खानेकुरा र पैसा सकिएकाले गाउँ हिँडेको बताए । ‘काम गर्ने ठाउँबाट पैसा पनि पाइएन, अलिअलि भएको निकाल्नलाई बैंक पनि खुलेन, त्यसैले हामी घर चल्ने निधो गर्यौं,’ किशोरीले भने ।
यो ४ जनाको समूहमा रहेका एक जनाले मास्क समेत किन्न नपाएपछि रुमालले मुख छोपेर हिँडेका छन् ।
पढ्नुहोस्, यो पनि :
कोरोना संकटका बीच धुलिखेल चोकमा राखिएका पुराना जुत्ताको कथा
धुलिखेलका स्थानीयका अनुसार दैनिक सयौंको संख्यामा घर फर्किनेको लर्को लाग्ने गरेको छ । बिहान र साँझको समयमा पैदलै हिँडेर तराइका जिल्लामा जानेको भीड लाग्ने गरेको धुलिखेलमा पैदल यात्रीलाई पुराना जुत्ता र खाजा–पानीको व्यवस्थामा खटिएका अभिषेक श्रेष्ठले लोकान्तरसँग भने ।
बीपी राजमार्गबाट गाउँ फर्किन लागेका नागरिकलाई कतिपय गाउँपालिकाले आफ्नो सीमा कटाइदिने गरेका छन् ।
हेर्नुहोस्, थप तस्वीर :
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...