×

NMB BANK
NIC ASIA

कोरोना कहर

संकटमा अस्पताल बन्द गर्नेमाथि कारवाही गराउन प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको फोन

चैत २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२ नम्बर प्रदेशको राजधानी जनकपुरधाममा धेरैजसो निजी अस्पताल बन्द छन् । कोरोना भाइरसको संक्रमणको महामारी नियन्त्रण गर्न तथा उपचार गर्न नेपाल सरकार लागिरहेको बेलामा निजी अस्पताल तथा मेडिकल कलेजका चिकित्सकबाट असहयोग भइरहेको मुख्यमन्त्री लालबाबु राउतले लोकान्तरसँग गुनासो गरेका छन् ।

Muktinath Bank

निजी अस्पतालका सञ्चालक अस्पताल बन्द गरेर वेपत्ता भएका समाचार चैत्र २६ गते लोकान्तरमा प्रकाशित भएको छ । बन्द गरेर फरार भएका अस्पतालका सञ्चालक तथा उपचारमा संलग्न नभइरहेको चिकित्सकलाई हुने कारवाहीबारे मुख्यमन्त्री राउतले लोकान्तरसँग भने, ‘कारवाही गर्ने अधिकार मसँग छैन, संघीय सरकारले आवश्यक कारबाही गर्ने हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका विभिन्न जिल्लामा अस्पतालले बिरामी भर्ना नगरेको, उपचार नगरेको, गेटबाटै फर्काइदिने गरेको भनेर बिरामीको गुनासो आएपछि आफूले त्यस्ता अस्पताललाई आवश्यक कारबाहीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोन गरेर नै अनुरोध गरेको मुख्यमन्त्री राउत बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘मैले प्रधानमन्त्रीज्यूलाई फोन नै गरिसकेको छु,’ राउतले लोकान्तरसँग भने, ‘सेवा नदिने र असहयोग गर्ने चिकित्सक तथा अस्पतालका सञ्चालकमाथि कडाइका साथ प्रस्तुत हुन्छु भनेर आश्वासन दिनुभयो ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै मुख्यमन्त्री राउतले भने, ‘अस्पतालले त्यस्तो नगर्नु पर्ने हो, अहिले देशमा ठूलो संकट परेको बेला सहयोग गर्नुपर्ने हो तर नगरेको हो भने उहाँहरूले बदमासी गर्नुभएको छ, कडाइका साथ सरकार प्रस्तुत हुन्छ ।’

केही दिनअघि मात्रै प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक समेतको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले उपचार नगर्ने चिकित्सकको लाइसेन्स निलम्बन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने अभिव्यक्ति दिएका थिए तर उनले त्यसो भनेपनि निजी अस्पताल बन्द छन् ।

चैत्र २७ गते नै जनकपुरका थप निजी अस्पताल बन्द भएको पाइएको थियो । जनकपुरको क्याम्पस चोकस्थित डा. रुद्रनारायण झाले सञ्चालन गरेको सञ्जीवनी मेडिकल एण्ड सेफ मदरहुड सेन्टर अस्पताल बन्द थियो । अस्पताल प्रवेश गर्ने मुख्य सटरमा भित्रबाट तालाबन्दी गरेको थियो ।

चिच्याएर सटर खोल्न लगाएपछि फार्मेसी सञ्चालन गरिरहेका धिरेन्द्रप्रसाद यादव र मनोज यादव बाहिर आएका थिए । ‘अस्पतालका सञ्चालक समेत रहेका डाक्टर सा’प काठमाडौं जानुभएछ,’ यादवले भने, ‘लकडाउन भएका कारण उहाँ उतै फस्नुभएका कारण अस्पताल बन्द गरिएको छ ।’ लकडाउन भएसँगै अस्पताल बन्द भएको उनले बताए । 

जनकपुरमै डा. सन्तोषराज पंजियारद्वारा सञ्चालित माँ भगवती डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर पनि बन्द थियो । अस्पतालमा समेत सटर बन्द थियो । कराएपछि रिसेप्सनमा काम गर्ने कर्मचारी लक्ष्मणकुमार यादव बाहिर आएका थिए । ‘लकडाउन भएदेखि नै अस्पताल बन्द छ,’ यादवले लोकान्तरसँग भने, ‘धेरै दिनदेखि अस्पताल बन्द भएका कारण धुलो सफा गर्न अस्पतालमा आएको हुँ । सफा गरिसकेपछि बन्द गरेर फर्किने छु ।’

अस्पताल रोडमा डा. प्रिय रंजनद्वारा सञ्चालित आर्या केयर एण्ड क्युर प्रालि खुलेको त थियो तर त्यहाँ कोही बिरामी भर्ना गरिएका थिएनन् । ५० शय्याको अस्पतालमा १ जना सीएमए शिबशंकर शर्मा मात्र उपस्थित थिए । ‘अहिले लकडाउनका कारण बिरामी नै आउने गरेका छैनन्,’ उनले भने, ‘बिरामी आए पो चिकित्सक बस्ने हो ।’ 

अधिकांश निजी अस्पताल बन्द नै छन्, खुलेका अस्पतालमा बिरामी भर्ना गरिँदैन । निजी स्तरमा ओपीडी तथा क्लिनिक समेत बन्द भएको अवस्थामा निजी अस्पताल बन्द गरेर चिकित्सक बेपत्ता भएका छन् ।

निजी अस्पताल बन्द रहेकोबारे धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला बेखबर छन् । ‘बन्द छ कि छैन भन्ने कुरा त बुझ्नैपर्ने हुन्छ,’ निरौलाले लोकान्तरसँग भने, ‘यदि बन्द छ भने कुनै न कुनै रुपले कारबाही अगाडि बढ्छ । निजी पसल तथा व्यवसाय भनेर बन्द गर्न पाउने स्वतन्त्रता अन्य व्यवसायमा हुन सक्छ होला तर अत्यावश्यक सेवा दिनुपर्ने अस्पतालको पेशागत मर्यादा र जिम्मेवारी अन्तर्गत पनि बन्द गर्न मिल्दैन ।’

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने हुँदा विना सुरक्षा उपकरण उपचार गर्न नसकिने भन्दै चिकित्सक खुलेका निजी अस्पतालमा समेत आउँदैनन् । ‘हामी आफ्नो अस्पताल खोल्न तयार छौं तर सरकारले हामीलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) उपलब्ध गराउनुपर्‍यो,’ चिकित्सक समेत रहेका एक जना अस्पतालका सञ्चालकले भने, ‘विना हतियार कसरी लडाइँ लड्ने ?’ अस्पताल खोल्नलाई पहिले सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने उनले बताए ।

तर इमर्जेन्सी सेवा र फिभर क्लिनिक सञ्चालन गर्नैपर्ने स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झा बताउँछन् । नेपाल सरकार र प्रदेश सरकारले समेत निजी अस्पताललाई पत्राचार गरेर फिभर क्लिनिकका साथै आकस्मिक सेवा उपलब्ध गराउन पत्राचारसहित निर्देशन नै दिइएको उनले बताए । ‘निजी अस्पताल बन्द गर्ने अस्पतालको दर्ता खारेजी गर्न सकिन्छ,’ उनले भने, ‘उपचार नगर्ने चिकित्सकको लाइसेन्स निलम्बन समेत हुन सक्छ ।’ अस्पतालको दर्ता खारेजी गर्ने काम जिल्ला स्वास्थ्य कार्यालयले गर्नसक्ने भएकाले अस्पताल नखुले प्रक्रिया अगाडि बढाइने उनले बताए ।

नेपाल मेडिकल काउन्सिललाई चिकित्सकको एनएमसी नम्बरलाई निलम्बन गरेर आवश्यक छानबिन गर्दै भविष्यमा सधैंका लागि समेत लाइसेन्स खारेजीका लागि नेपाल सरकारले काउन्सिललाई अनुरोध गर्न सक्ने उनले बताए ।

निजी अस्पताल बन्द गरेर चिकित्सक बेपत्ता, सञ्चालितमा पनि नर्सकै भर !

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x