कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ । यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ ।
नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् । कात्तिक÷मङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम हुँदै जाने गर्छ । गर्मी लाग्दा हिमालको हिउँ पग्लेर पानीको मात्रा बिस्तारै वृद्धि हुँदै जाने भए पनि वैशाखको दोस्रो हप्ताबाट गर्मी बढेसँगै हिमनदीमा पानीको मात्रा बढ्ने गरेको प्राधिकरणले जनाएको छ । हुन त मुलुकमा ‘लकडाउन’को अवस्थाले औद्योगिक क्षेत्रका माग शून्य नै छ । त्यसले गर्दा बिजुलीको आन्तरिक माग व्यवस्थापन गर्न भारतबाट प्राधिकरण दैनिक २०० मेगावाटको हाराहारीमा मात्र आयात गर्ने गरेको छ । जब कि यो अवधिमा विगतमा दैनिक ५०० मेगावाटसम्म आयात गर्ने गरेको थियो ।
नदीमा पानीको मात्रा घटेसँगै विद्युत् उत्पादन घटिसकेपछि प्राधिकरणको आफ्नो आयोजनाबाट ४३७ मेगावाट (६,८७४ मेगावाट आवर), निजी क्षेत्रको आयोजनाबाट २३७ मेगावाट (५,३४८ मेगावाट आवर) र भारतबाट ३०२ मेगावाट (३५५५ मेगावाट आवर) आपूर्ति व्यवस्थापन भइरहेको प्राधिकरणका भार सम्प्रेषण केन्द्र प्रमुख सुरेश भट्टराईले बताए ।
मुलुकमा लकडाउनको अवस्थामा घरेलु उपभोगलाई व्यवस्थापन गर्न प्राधिकरणलाई सहज भएको कार्यकारी निर्देशक घिसिङले बताए । ४५ प्रतिशतभन्दा बढी उत्पादन कमी भइरहेका बेला भारतबाट पनि कम आयात गर्नुपरेको उनले बताए ।
कुलेखानीमा पानी सकिँदै
बिजुलीको मागलाई व्यवस्थापन गर्न विगतका वर्षमा सुक्खायाममा भारतबाट बिजुली आयात गर्ने गरिन्थ्यो तर यसपटक भारतबाट आयात कम गरेर मुलुकका विद्युत् प्रणालीका लागि मेरुदण्ड मानिने कुलेखानीलाई भने धमाधम चलाइँदै आएको छ । प्राधिकरणका अनुसार गत वर्ष यो अवधिमा कुलेखानीको जलाशयमा एक हजार ५२७ मिटर पानी मौज्दात रहेको थियो । लकडाउनका बेला पिक आवरमा कुलेखानीलाई सञ्चालन गर्दा यो अवधिमा जलाशयको पानीको मात्रा घटेर एक हजार ५१३ मिटर पुगेको छ ।
भार सम्प्रेषण केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, लकडाउनका बेला हामीले कुलेखानी निकै चलाइसक्यौँ । त्यसैले पानीको मात्रा पनि तल पुगिसकेको छ ।
हिमनदीमा पानीको मात्रा घट्दै गइरहेको बेला कुलेखानीजस्तो महŒवपूर्ण जलाशयको पानी पनि सक्दै जाने हो भने भोलि समस्या आउन सक्ला नि त ? भन्ने जिज्ञासामा भट्टराईले भने, हामीले त्यो कुरालाई अध्ययन गरिरहेका छौँ । अब गर्मी बढ्दै गएपछि हिमनदीमा पानी बढ्ने र अरू जलविद्युत् गृहको उत्पादन बढ्ने अनुमान हो । प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, हामीले पिक आवरमा भारतबाट ल्याउने गरेका छौँ । राति र दिउँसोको समयमा सात मेगावाट निर्यात पनि गर्ने गरेका छौँ । गोरखापत्र दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...