×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध तीनै तहका सरकार क्रियाशील

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन
गराएका छन् ।

Muktinath Bank

नेपालको संविधानले तीन तहको सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्य हुने उल्लेख गरेको छ । अनुसूची ५ देखि ९ सम्मले एकल र साझेदारीका आधारमा तीन तहका सरकारबाट कार्यसम्पादन हुनेगरी अधिकारको बाँडफाँट गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घीय र प्रदेश सरकारले कोरोना भाइरसको सङ््क्रमण फैलिन नदिन नीतिगत रूपमा काम गरेका छन् भने स्थानीय सरकारले त्यसको कार्यान्वयन गरिरहेकाले नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नसकेको सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटाले बताए । उनले यो चुनौतीको घडीमा स्थानीय सरकारका लागि चुनौती र अवसर दुवै हो, यसलाई उचित रूपमा कार्यान्वयन गर्नुपर्छ भने।


Advertisment
Nabil box
Kumari

नेपालले अहिलेसम्म कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ । नेपाल सरकारले समयमै चालेको प्रयासले अहिलेसम्म सङ्क्रमण फैलिन पाएको छैन । सङ्क्रमण फैलिन नदिन तीन तहकै सरकारका संयन्त्रले प्रभावकारी भूमिका खेल्नुपर्छ । महाविपत्तिमा नागरिक नजिकको सरकार भएकाले स्थानीय सरकारको भूमिका थप महìवपूर्ण हुन्छ ।

Vianet communication
Laxmi Bank

स्थानीय सरकार सजग
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार स्थानीय सरकारले विदेशबाट आउनेको तथ्याङ्क अद्यावधि, नियमित स्वास्थ्य अवस्थाको अनुगमन (निरन्तर निगरानी) गरिरहेको छ । यस्तै क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनको व्यवस्थापन, पालिका प्रवेश गर्नेको आधारभूत स्वास्थ्य जाँच गर्न हेल्थ स्क्रिनिङ डेस्क सञ्चालन गर्ने काम भइरहेको छ ।

दैनिक ज्याला मजदुरी एवम् विपन्न परिवारको लगत सङ्कलन र निश्चित मापदण्ड बनाई खाद्यान्न आपूर्ति गर्ने र सो कार्यका लागि अलग्गै संयन्त्र र अनुगमन संयन्त्र गठन गरी परिचालन गरिरहेका छन् । यस्तै घरधुरी स्तरमा मास्क, सेनिटाइजर, साबुन जस्ता सामग्री वितरण, घरमै बस्न, स्वास्थ्यमा ख्याल गर्न र केही समस्या परे तुरुन्त सम्पर्क गर्न जनचेतना अभिवृद्धि गरिरहेका छन्, त्यसका लागि वडा स्तरसम्म संयन्त्र बनाइएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, सहकारी संस्था, टोल विकास संस्थालाई परिचालन गर्ने काम भइरहेका छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको परिचालनमा पालिकाका सवारी साधनको प्रयोग, स्वास्थ्य संस्थामा न्यूनतम स्वास्थ्य सामग्री व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि थप सुविधा प्रदान गरी सेवामा समर्पित हुन उत्प्रेरित गरिरहेको छ । सबै पालिकामा विपद् व्यवस्थापन समिति क्रियाशील छन् । विपद् व्यवस्थापन कोष स्थापना र निश्चित रकम जम्मा गरी सोही कोषबाट खर्च गर्ने प्रबन्ध मिलाइएको छ ।

नेपाल सरकारले पनि कोषको कमी हुन नदिने बताउँदै आएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले जानकारी दिनुभयो । स्थानीय सरकारको यस कार्यले कोरोना भाइरसबाट आमनागरिकलाई सचेत बनाई सङ्क्रमण फैलिनबाट रोक्ने काम भएको उनले बताए । कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, प्रमुख र उपप्रमुख बीचको आन्तरिक द्वन्द्व र पर्याप्त साधन तथा स्रोतको अभावले सबै पालिकामा समान रूपमा सङ्क्रमण न्यूनीकरण गर्ने काम भने भएको छैन । अहिले ३६ हजार ७२२ जनप्रतिनिधि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन क्रियाशील छन् ।

स्थानीय सरकारको भूमिका
कोरोना भाइरसका सम्भावित सङ्क्रमितको पहिचान गरी तोकिएको उपचार केन्द्रसम्म सुरक्षित रूपमा पु¥याउनु तथा थप मानिसलाई सङ्क्रमित हुन नदिनु र कुनै पनि नागरिकलाई न्यूनतम खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सबै स्थानीय सरकार केन्द्रित हुनुपर्छ । विपद्सँग जुध्न पालिका एक्लै नभई सबैको साथ र सहयोग लिएर अगाडि बढ्नुपर्छ । पालिका स्तरमा क्रियाशील राजनीतिक दल र सरोकारवालाको सल्लाह, समन्वय र सहकार्यलाई प्राथमिकता दिइनुपर्छ ।

पालिका स्तरको विपद् व्यवस्थापन समितिलाई गतिशील बनाउने, विपद् व्यवस्थापन कोषको स्थापना गरी सोही कोषबाट मात्र निश्चित कार्यविधि र मापदण्ड बनाएर खर्च गर्ने, उक्त कोषमा योगदान गर्न सार्वजनिक आह्वान गर्ने, खर्च प्रणाली पारदर्शी, मितव्ययी र नियमसङ्गत बनाउन आवश्यक भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारबाट घोषित लकडाउन पूर्ण कार्यान्वयन गर्न लाग्नुपर्छ । कृषि कार्यमा संलग्न कृषकलाई न्यूनतम स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी आफ्नो नियमित कृषि कार्यतर्फ स्थानीय सरकारले प्रोत्साहित गर्नुपर्ने मन्त्रालयका
प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

प्रदेश सरकार पनि सक्रिय

अहिले सातवटै प्रदेशमा कोरोना भाइरसको परीक्षण भइरहेको छ । सातवटै प्रदेशले स्थानीय तहलाई कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आवश्यक बजेट प्रदान गरेका छन् । सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सङ्घीय सरकारबाट घोषणा भएको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गराउँदैछन् ।

प्रदेश स्तरका अस्पतालमा कोरोना भाइरसको उपचारका लागि आवश्यक पूर्वाधार बनाउने काम भइरहेको छ । अन्तर स्थानीय सरकार समन्वय गरी आइसोलेसन र क्वारेन्टाइन निर्माणमा साझेदारी भइरहेको छ । प्रदेश सरकारले समेत स्थानीय तहको विपद् व्यवस्थापन कोषमा रकम पठाई स्रोत साधनको कमी हुन नदिएको प्रदेश सभा सदस्य शशीजङ थापाले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x