×

NMB BANK
NIC ASIA

होटल सोल्टीका सेफले दिए गज्जब टिप्स- लकडाउनको अवधिमा घरमा सहजै बनाउनुस् यी स्वादिष्ट परिकार

चैत २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel
  • आर.बी बुढाथोकी

घरमै बस्दा बस्दा दिक्क लागिरहेको हुन सक्छ । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि भनेर देशव्यापी घोषणा गरेको लक-डाउन अझै कति लम्बिने हो भन्ने थाहा छैन । यतिबेला मिठो मिठो परिकारका पारखीहरूलाई पक्कै पनि अझ बढी दिक्क लागेको हुन सक्छ ।

Muktinath Bank

किनभने होटेल, रेस्टुरेन्टहरू खुलेका छैनन् । जे छ घरमै पकाएर खानुपर्ने बाध्यता बनेको छ । तर घरमै पनि होटेल र रेस्टुरेन्टमा पाइने जस्ता परिकारहरू बनाएर खान सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोल्टी क्राउन प्लाजाका ‘शु-सेफ’ आरबी बुढाथोकीले घरमै बनाउन सकिने केही मिठा परिकारका बारेमा चर्चा गरेका छन् । ल तपाईंहरू घरमै यी परिकारहरू बनाएर स्वाद लिन नछुटाउनु होस् है त !


Advertisment
Nabil box
Kumari

यो विषम परिस्थितिबाट बाँच्नका लागि सम्पूर्ण देशबासी घरमै बसीरहेका बेलामा हामीले केही स्वास्थ्य सरल र मौलिक खानाका रेसेपीहरू समावेश गरेका छौं, जुन सबैका लागि उपयोगी सावित हुन सक्छ र परिवारसँग समय कटाउने उत्तम उपाय पनि हुन सक्छ ।

Vianet communication
Laxmi Bank

आफ्नो स्वास्थ्यको फाइदाका लागि सबैले आफ्नो खानामा धेरै नुन, तेल, चिनी प्रयोग नगर्ने, मादक पदार्थ र सूर्ती चुरोटको सेवन बिल्कुल नगर्ने, पानी प्रशस्त पिउने, फाइबरयुक्त खाना बढी खाने, एकै पटक खाना ज्यादा नखाने, पटक-पटक गरी थोरै थोरै गरेर खाने, झोलिलो तथा सुपहरू बढी पिउने, धेरै खाद्य सामाग्री संकलन नगर्ने, घरमा जे छ सोहीको बढी भन्दा बढी सदुपयोग गर्ने, सकिन्छ भने सुरक्षित टावरले घरमै खाद्यान्न मगाउने जस्ता महत्वपूर्ण विषयमा ध्यान दिनुपर्छ ।

घरमै बनाउन सकिने केही परिकारका बारेमा हामीले यहाँ चर्चा गर्नेछौं ।

नेपालीदूधरोटी

चाहिने सामाग्री - मैदा आधा केजी, दूध दुई लिटर, घ्यू २ चिया चम्चा, मरिचको धुलो एक चिया चम्चा, मिक्स ड्राइ फ्रुट ६० ग्राम, चिनी या सख्खर ९० ग्राम, ताइचिन चामल १५० ग्राम         

विधि - मैदालाई मुछेर २० मिनेट छाडिदिनुस, मन्द आचमा दूधलाई उमाल्नुस र चामल हाल्दिनुस । केही समयपछि मैदा बेलेर चक्कुले काटेर हाल्दिनुस र हलुका चलाउनुस । चिनी मरिचको धुलो हालेपछि घ्यूमा भुटेर ड्राइ फ्रुट पनि हाल्दिनुस र केही चिसो हुनासाथ परिवारसँग मिलेर रमाइलोसँग खानुस् । दूध रोटी जस्तै दाल रोटी तथा पानी रोटी पनि स्वादिष्ट तरिकाबाट घर मै तयार गरेर खान सकिन्छ ।

चना चटपट्टे

चाहिने सामाग्री - धानको मुडीभुज ३०० ग्राम, उसिनेर मसिनो गरी काटेको आलू २ पिस, भिजाएको चना ७० ग्राम, बिरेनुन स्वाद अनुसार, हरियो खुर्सानी ४ पिस, कागतीको रस ३ चिया चम्चा, मसिनो गरेर काटेको प्याज र गोल्भेडा एक एक पिस, चाट मसला आधा चम्चा, मसिनोगरी काटेको धनियाँ आधा मुठा,दालमोठ या भूजिया आधा कप, सुख्खा भुटेर पिसेको जिरा आधा चम्चा

विधि : माथि उल्लेखित सम्पूर्ण सामाग्री हालेर राम्ररी चलाउनुस र प्लेटमा हालेर परिवारका साथ मज्जाले दिउँसोको समयमा खान सक्नु हुन्छ । चना चटपट्टे जस्तै पानी पुरी, भेल पुरी, आलू चाट, पापडी चाट, भुजिया चाट, चाउचाउ चाट, समोसा चाट, टमाटर चाट, चिउरा चाट इत्यादि सहज रुपमा घर मै बनाएर खान सकिन्छ । चना चटपटेलाई पोलेको पापडको कोणमा हालेर पनि सर्भ गर्न सकिन्छ ।

सब्जी म:म

चाहिने सामाग्री - मसिनो गरी काटेको बन्दा ३०० ग्राम, उसिनेर धुलो बनाएको आलू २ पिस, पनीर ग्रेट गरेको १२० ग्राम, मसिने गरी चप गरेको प्याज ४० ग्राम, अदुवा लसुन २५ ग्राम, हरियो प्याज २ पोटी, धनिया हरियो आधा मुठा, म:म मसला एक र आधा चिया चम्चा, बटर २ चिया चम्चा, मसिनो गरी काटेको हरियो खुर्सानी ३ पिस, गाजर ग्रेट गरेको एक पिस, नुन स्वाद अनुसार, खुर्सानीको धुलो आधा चम्चा, मैदा एक किलो, तिल र टिमुरको छोप हालेको गोल्भेडाको अचार २ कप

विधि - मैदालाई आवश्यकता अनुसार पानी हालेर अली साह्रो डो (मुछेको पिठो) बनाउनुस् र छोपेर राख्नुस । माथि उल्लेखित सम्पूर्ण सामाग्री हालेर सब्जीको मिक्स्चर बनाउनुस र मुछेको पिठोको सानो सानो गुच्चाकारको डल्लो बनाएर बेल्नुस । अब बेलेको डोमा सब्जी मिक्चर हालेर अफुले इच्छाएको आकार दिएर बुट्टा बनाइ सिल गर्नुस र म:मको भाडोमा हालेर ८ देखी १० मिनट बफ्याउनुस र टमाटरको अचारसँग आफ्नो परिवारको साथमा तातो तातो खानुस ।

सब्जी म:म जस्तै चिकन, बफ, मटन, फिस, पोर्क, खुवा, केराको पनि म:म बनाएर खान सकिन्छ । नन भेज म:म बनाउँदा भेजभन्दा केही ज्यादा समय बफ्याउनुपर्छ । म:म विभिन्न कलर र फ्लेभरमा थरीथरीका बनाउन सजिलै सकिन्छ र कोदो को पिठोको म:म, चिल्ली म:म, झोल म:म अहिले नेपालमा निकै चर्चित छ ।

गोल्भेडाको चट्नी बनाउन तातेको प्यानमा तेल हालेर अदुवा, लसुन, सुकेको खुर्सानी, प्याज हालेर भुट्ने र काटेको टमाटर, नुन हालेर मज्जाले पकाउने र अन्तमा काटेको धनियाँ र हरियो प्याज हाल्दिने, सेलाएपछि भुटेको तील या चाना या बदाम या भटमास र टिमुरको धुलो हालेर मसिनो हुने गरी ब्ल्यान्डर या सिलाउटोमा पिस्ने ।

क्वाँटीकोरस

चाहिने सामाग्री - मिक्स गेडागुडी भिजाएर उमारेको आधा केजी, तेल ३ चिया चम्चा, अदुवा लसुन एक चिया चम्चा, प्याज काटेको एक पिस, गरम मसला मिक्स होल ५ ग्राम, नुन स्वाद अनुसार, गोल्भेडा काटेको २ पिस, धनिया काटेको आधा मुठा, गरम मसलाको धुलो आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, जीरा धनियाँको धुलो आधा चिया चम्चा, भेज स्टक या तातो पानी डेढ लिटर

विधि - प्रेसर कुकर राम्ररी तताएर तेल हाल्नुस र गरम मसला, तेज पात अदुवा लसुन हालेर प्याज खन्याउनुस । प्याज खैरो हुनासाथ उम्रेको गेडागुडी हाल्दिनुस र साथमा गोल्भेडा, मसला खुर्सानी र नुन हाली चलाउनुस र पानी या स्टक हालेर उमाल्नुस र प्रेसर कुकर लक गरेर ३ या ४ सिठ्ठी लगाउनुस  । अन्तमा धनियाँ हालेर भुजासँग या त्यतिकै सुपको रुपमा खाना सकिन्छ । एवं तवरमा राजमा, केराउ या कुनै पनि गेडागुडीको रस घरमै सहज रुपमा तयार गरेर खान सकिन्छ ।

गुन्द्रुक भट्मासको रस अर्थात हिमालयन सुप

चाहिने सामाग्री - रायो, मुला, तोरी या काउलीको गुन्द्रुक ६० ग्राम, भटमास १५० ग्राम, अदुवा लसुनको पेस्ट एक चम्चा, प्याज एक पिस, हरियो खुर्सानी ४ पिस, तोरीको तेल ३ चिया चम्चा, गोल्भेडा २ पिस, हरियो धनियाँ आधा मुठा, नुन स्वाद अनुसार, जीरा धनियाँको धुलो एक चिया चम्चा ।

विधि - हिमालयन सुप भनेर विदेशीसामु निकै चर्चित र चिनारी बोकेको र नेपालको पहिचान बोकेको पकाउन छिटो र मिठो गुन्द्रुको रस बनाउन निकै सरल छ र स्वाद पनि त्यतिकै मिठो हुन्छ ।

कराइ तताउनुस र तोरिको तेल हालेर अदुवा लसुन, खुर्सानी, प्याज, गोल्भेडा मसला, नुन हालेर पकाउनुस । केही लेदो जस्तो हुनासाथ भिजाएको गुन्द्रुक र भुटेको भटमास हालेर केहीबेर पकाउनुस र आवश्यकता अनुसार पानी हालेर उमाल्नुस । अन्तमा काटेको हरियो धनियाँ हालेर निकाल्नुस र तत्तातो सुपको रुपमा खानुस या भुजाको साथमा खान सक्नु हुन्छ । गुन्द्रुक जस्तै मसौरा, सिन्की या आलू तामा पनि सहज रुपमा घर मै तयार गर्न सकिन्छ ।

बारा र च्याको छोइला

चाहिने सामाग्री - भिजाएर पिसेको मासको लेदो ३ कप, तोरिको तेल ३० एमएल, काने या डल्ले च्याउ ३०० ग्राम, अदुवा लसुनको पेस्ट एक र आधा चिया चम्चा, जीरा धनियाँको धुलो एक चिया चम्चा, मेथी आधा चिया चम्चा, सुकेको कुर्सानी पोलेर मिचेको ४ पिस, पोलेको गोल्भेडा २ पिस, प्याज आधा पिस, नुन स्वाद अनुसार, धनिया आधा मुठा, हरियो लसुन एक पिस

विधि - च्याउलाई काटेर बफ्याउनुस र सुख्खा तावामा डाम्नुस र माथि उल्लेखित सम्पूर्ण हालेर मोल्नुस ।  अनि तोरीको तेलमा मेथी फुराएर बेसार हाली झान्नुस र अन्तमा हरियो लसुन र धनियाँ हालेर चलाउनुस । च्याउको छोइला तयार हुन्छ र मासको लेदोमा नुन, अदुवा लसुनको पेस्ट हाली सानो सानो बाबर जस्तो गरी तवामा तोरिको तेलमा पकाउनुस र छोइलासँग खान सक्नु हुन्छ । छोइला ताइचिन चिउरा या भुजा सँग पनि अति स्वादिस्ट हुन्छ ।

च्याउको छोइला जस्तै गरी चिकन, बफ, पोर्क, मटन, फिस, प्राउन, पनिर, तोफु, आलू, काउलीको पनि घरमा सहज रुपमा बनाउन सकिन्छ । माथि दिएका लगायत केही हाम्रो मौलिक खानाको छोटो विवरण तल पनि उल्लेख गरिएको छ । जुन तपाईंलाई घरमा अहिले फुर्सद भएका बेला र घरमै बस्नुपर्ने बाध्यतामा सजिलै बनाएर खान र परिवारलाई खुवाउन सक्नु हुन्छ र रमाइलो गरी समय व्यतित गर्न सकिन्छ ।

सब्जी फाडो- सब्जी फाँडो एक विभिन्न ताजा तरकारीहरू मिसाएर बनाउने नेपालको प्राचिन झोल तरकारी हो जुन तरकारीमा तपाईंले कुनै पनि सब्जी मिसाउन सक्नु हुन्छ । जस्तो, फर्सी, गाजर, लौका, चिचिन्नो, इस्कुस, टमाटर, हरियो सागसब्जी इत्यादि र यो भुजा या रोटीसँग खान सकिन्छ ।

पञ्चकुवा- यो सुप जस्तो विभिन्न पाँच किसिमको गेडागुडी मिसाएर बनाइन्छ र एकदम झोलिलो हुन्छ । ज्वानो झानेर बनाइने यो गेडागुडीको झोल तरकारी पनि तपाईंले सहज रुपमा घरमा उपलब्ध समान जुटाएर सजिलै बनाएर पिउन या भूजासँग खान सक्नुहुन्छ ।

जोगी जाउलो- जोगी जाउलो पनि एक नेपाली प्राचिन खाना हो जसमा मिक्स दाल, चामल र मिक्स सब्जी हालेर तयार गरिन्छ जुन अहिलेको अवस्थामा निकै उपयोगी खाना हो ।

ज्वानोकोझोल- ज्वानोको झोलले शरीरलाई प्रतिरोधात्मक शक्ति बढाउनुको साथै शरीरमा तापक्रम सन्तुलनमा राख्न मद्त गर्छ र संक्रमण हुनबाट केही हदसम्म जोखिम हटाउँछ ।

आलू, तामा, बोडी- आलू, तामा, बोडी पनि नेपालको एक प्रसिद्ध र प्राचिन खाना मानिन्छ, यसलाई पनि सहज घरमै रहेका सामग्रीहरूलाई प्रयोग गरेर बनाउन सकिन्छ ।

अन्डा झोल करी- यो तरकारी पनि एक प्रोटिनयुक्त झोल तरकारी मानिन्छ र सहज रुपमा घरमै बनाउन सकिन्छ ।

कुखुराको झोल- नेपाली स्टाइलको कुखुराको मासुमा पर्याप्त मात्रामा पानी र गरम मसला हालेर बनाइएको निकै स्वादिस्ट, सरल, पौष्टिक युक्त र मौलिक खाना हुन्छ र भुजा या कोदो फापरको ढिडोसँग खान सकिन्छ ।

दही च्याँख्ला: मकैको च्याख्ला र दही मुछेर खाँदा पनि निकै स्वादिष्ट, फाइवरयुक्त र स्वास्थ्यवर्द्धक जसलाई हाम्रो प्राचिन र मौलिक खाना पनि मानिन्छ र सहज रुपमा घरमै बनाउन सकिन्छ ।

(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सेफ हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x