×

NMB BANK
NIC ASIA

प्रयोगशाला परीक्षण

कोरोना परीक्षणमा काठमाडौंकै भर, प्रदेशको परीक्षण कम विश्वासिलो ?

चैत २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको परीक्षणका लागि पीसीआर मशिन जडान भएपछि जनकपुरबाटै जाँच भइरहेको छ । चैत्र २१ गते प्रादेशिक अस्पताल जनकपुरको प्रयोगशालामा मशिन जडान भएको थियो ।

Muktinath Bank

मशिन जडान नहुँदा नमूना (स्वाब) संकलन गरेर परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक युगलकिशोर यादव र सरोजकुमार ठाकुरले थ्रोट स्वाब संकलन गर्थे । 


Advertisment
Nabil box
Kumari

अब जनकपुरमा नै कोरोना परीक्षण गर्न थालिएपछि नमूना संकलनका लागि जनशक्ति बढाइएको युगलकिशोर यादव बताउँछन् । थप ३ जना प्राविधिकहरू शम्भु कुशवाहा, सुमित पाल र उदय यादव प्रशिक्षण लिएर खटिएका छन् ।

Vianet communication
Laxmi Bank

स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम

स्वाब नमूना संकलन गर्दा एउटा क्वारेन्टाइनमा संख्याको आधारमा २ देखि ३ घण्टासम्म लाग्ने गरेको यादव बताउँछन् । ‘पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) लगाएर नमूना संकलन गर्नुपर्ने हुँदा क्वारेन्टाइनस्थलमा पुगेर नै पीपीई लगाउने गरेका छौं,’ उनले भने ।

जिल्ला–जिल्ला पुगेर क्वारेन्टाइनमा बसेका वा आइसोलेसनमा उपचार गराइरहेका सम्भावित कोरोना संक्रमितको नमूना संकलन गर्न जानुपर्ने हुँदा अत्यन्तै सावधानी अपनाउँदा–अपनाउँदै पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको यादव बताउँछन् । ‘हामी नमूना संकलन गर्न जाने टोलीको लागि प्रदेश सरकारले छुट्टै व्यवस्थित क्वारेन्टाइनको व्यवस्था मिलाइदिएको छैन,’ उनले भने, ‘हामी आ–आफ्नै घरमा फर्किनुपरेको छ ।’

घरमै जाँदा घरपरिवारलाई समेत कोरोनाको जोखिममा पार्ने गरिएको उनले स्वीकार गरे । ‘हामीले सामाजिक विकास मन्त्रीलाई भेटेर नै छुट्टै क्वारेन्टाइनको व्यवस्था मिलाइदिन माग गरिसकेका छौं,’ यादवले भने, ‘तर हालसम्म त्यसको व्यवस्था नै भएको छैन ।’

प्रदेशमै परीक्षण

प्रदेशका ८ वटै जिल्लामा सञ्चालित क्वारेन्टाइनबाट नमूना संकलन गर्न जानुपर्ने तथा संख्या समेत बढी भएकाले प्रदेश स्वास्थ्य प्रयोगशाला कार्यालयको स्वामित्वमा रहने गरी मशिन जडान भएसँगै जनकपुरबाटै परीक्षण शुरू गरिएको छ ।

चैत्र २१ गतेदेखि प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत भाइरोलोजिस्ट मनमोहन मिश्रको नेतृत्वमा परीक्षण शुरू गरिएको छ । उनीसँगै माइक्रो बायोलोजिस्ट जितेन्द्र साह र मेडिकल ल्याब टेक्निसियन रोहन पण्डितले परीक्षण गरिरहेका छन् । एक जना भित्र पस्ने, अर्कोले सहयोग गर्ने र तेस्रोले रिपोर्ट रेकर्ड मेन्टेन गर्ने काम गर्छन् ।

जनकपुरमा आएको पीसीआर मशिनबाट एउटा नमूनाको परीक्षण प्रतिवेदन आउन कम्तिमा पनि ६०–७५ मिनेटसम्म लाग्ने गरेको मिश्र बताउँछन् । ‘मशिनमा एउटा नमूना राखेर परीक्षणको प्रतिवेदन नआउञ्जेलसम्म मशिनमा नै हेरेर बस्नुपर्छ । ग्राफिक प्रतिवेदन हेर्न मशिनमा बस्नुपर्छ, ७० मिनेटपछि फेरि अर्को नमूना राख्नुपर्ने हुन्छ । त्यसैले परीक्षण गर्ने मानिसले प्रयोगशालाभित्र लगातार ६ देखि ७ घण्टासम्म बस्नुपर्छ,’ मिश्रले लोकान्तरसँग भने, ‘जसले गर्दा १ दिनभित्र पसेपछि सबै परीक्षण नगरेर बाहिर निस्किने कुनै सम्भावना नै हुँदैन ।’

लगातार ७ घण्टा काम गर्दा पनि बढीमा ६–७ वटासम्म नमूनाको परीक्षण मात्र गर्न सकिने उनी बताउँछन् । जनशक्ति कम भएका कारण २ समूहमा काम गर्न पनि नसकिएको उनले बताए । प्रदेशमै पर्याप्त परीक्षण हुन नसक्दा परीक्षणका लागि थप नमूना काठमाडौं पठाउनुपरेको छ । ‘काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा रहेको ठूलो मशिन नै उपलब्ध गराउन सकिए १ दिनमा २ शिफ्टमा गरेर १४० वटासम्म नमूनाको परीक्षण गर्न सकिन्छ,’ मिश्रले भने, ‘मशिन उपलब्ध गराउनका लागि हामीले प्रदेश सरकारसँग माग गरिसकेका छौं ।’

पढाइकै क्रममा नमूना परीक्षणको अभ्यास भइसकेको तथा काम गर्दा समेत अभ्यस्त भइसकेका कारण परीक्षण गर्न कुनै पनि डर नलागेको उनले बताए । ‘बरु हामी उत्साहित भएका थियौं,’ उनले भने, ‘अहिले देशको लागि हामीले आफ्नो काम गर्नुपर्ने झन् पेशागत जिम्मेवारीबोध गरेका छौं ।’ सरकारले परीक्षण गर्ने प्राविधिकको लागि छुट्टै क्वारेन्टाइनको वयवस्था नगरेका कारण आ–आफ्नै घरमा छुट्टै होम क्वारेन्टाइनमा छुट्टै बसिरहेको बताउँछन् ।

कहिले कति परीक्षण ?

प्रदेश प्रयोगशालाले चैत्र २१ गते ६ वटा नमूना संकलन गरिएको थियो । प्रादेशिक अस्पताल जनकपुरबाट ४ जना र नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनबाट २ वटा गरेर ६ वटा नमूना संकलन गरिएकोमा जनकपुरस्थित प्रयोगशालाबाट नै सबै परीक्षण गरिएको थियो ।

चैत्र २२ गते प्रादेशिक अस्पतालबाट ४ वटा र धनुषाको विदेह नगरपालिकाबाट १६ वटा गरी २० वटा नमूना संकलन गरिएको थियो । त्यसमध्ये ४ वटाको परीक्षण जनकपुरमै गरियो भने १६ वटा नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

चैत्र २३ गते प्रादेशिक अस्पतालबाट ८ वटा नमूना संकलन गरिएकोमा सबै परीक्षण जनकपुरमै गरिएको मिश्र बताउँछन् । चैत्र २५ गते प्रादेशिक अस्पतालबाट ५ वटा र धनुषाको नगराइनस्थित क्षेत्रीय क्वारेन्टाइनबाट २२ वटा गरेर २७ वटा नमूना संकलन गरिएकोमा ४ वटा नमूनाको मात्र परीक्षण जनकपुरमा गरिएको थियो । बाँकी २३ वटा नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । चैत्र २६ गते सिराहाबाट २३ र रौतहटबाट ५० गरेर ७३ वटा नमूना संकलन गरिएको थियो । जसमध्ये ७ वटा परीक्षण गरेर ३ वटा प्रक्रियामा राखिएको थियो भने बाँकी सबै काठमाडौं पठाइएको थियो । चैत्र २७ गते सिराहाबाट ३३ वटा नमूना संकलन गरिएको थियो ।

थ्रोट स्वाब मात्र संकलन हुँदै 

कोरोना परीक्षणको लागि थ्रोट र नेजल दुवै स्वाब संकलन गर्ने गरिन्छ । चीनबाट १७५ जना फर्केर नेपाल आएको बेला भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा राष्ट्रिय प्रयोगशालाबाट गएका प्राविधिकले थ्रोट र नेजल दुवै नमूना संकलन गरेका थिए तर जनकपुरमा भने थ्रोट स्वाब मात्र संकलन गर्ने गरिएको छ ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डका लागि परिचालित भएका कन्सल्टेन्ट मेडिसिन फिजिसियन डा. अजयकुमार यादव थ्रोट स्वाबको परीक्षणको सम्भावना ३२ प्रतिशत मात्र रहेको बताउँछन् । ‘यदि १०० जनामा कोरोना पोजिटिभ छ भने थ्रोट स्वाबले मात्र ३२ जनाको पोजिटिभ देखाउँछ,’ उनले भने, ‘बाँकी ६८ जनाको पोजिटिभ भएपनि थ्रोट स्वाबमा ती सबै ६८ जनाको ‘नेगेटिभ’ रिपोर्ट देखाउन सक्छ ।’ तर नेजल स्वाब संकलन गरेर परीक्षण गरे भने त्यसको सम्भावना ६३ प्रतिशत हुन्छ, त्यसैले थ्रोट र नेजल दुवै स्वाबको परीक्षण अलि बढी प्रभावकारी हुने गरेको उनले बताए ।

‘हाल प्रदेशमा भइरहेको परीक्षण प्रतिवेदनबाट धेरै सन्तुष्ट हुन सकिँदैन । फेरि काठमाडौं पठाएपनि थ्रोट स्वाब मात्र भएकाले त्यहाँ पनि त्यहीँ नतिजा आउँछ,’ उनले भने, ‘काठमाडौंमा पनि परीक्षण गर्नका लागि पठाउँदा नमूना त नेजल पठाइएको छैन ।’ त्यसैले प्रादेशिक स्तरमा भइरहेको संकलन ‘स्क्रिनिङ’ गर्नका लागि मात्र गरिएको उनको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x