लकडाउनले घरबासको कारोबार ठप्प

प्रतिकात्मक तस्वीर

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अहिले बाँके र बर्दियामा रहेका घरबास  सुनसान छन् ।

दुवै जिल्लाको राष्ट्रिय निकुञ्ज क्षेत्रमा खोलिएका घरबास पर्यटकको अभावमा सुनसान भएका हुन् ।


Advertisement

बर्दियाका गुलरिया र ठाकुरद्वारा पर्यटनलाई आधार बनाएर खुलेका १ हजार सुविधासम्पन्न घरबासको कारोबार पनि शून्यमा झरेको छ । 

लकडाउनले पर्यटकको आगमन नभएपछि अर्बाैं लगानी गरेर सञ्चालनमा ल्याइएका बर्दिया, डल्लाका घरबास सञ्चालकहरू अहिले चिन्तित बनेको मधुवन नगरपालिका–१ का वडाध्यक्ष परशुराम थारुले बताए ।


Advertisement

बर्दियाको बारबर्दिया नगरपालिका—९ को सत्खुलवा र  ठाकुरबाबा नगरपालिका—५ गोविन्दपुरको घरबासको अवस्था पनि दयनीय बनेको छ । बर्दिया मात्र हैन, बाँकेको गाभरमा रहेको घरबासको अवस्था पनि टिठलाग्दो भएको सञ्चालक कृष्ण चौधरीले बताए ।

त्यसैगरी लकडाउनका कारण बर्दिया गुलरिया बजारका सानाठूला पसल, यातायात र  होटल व्यवसायीले ठूलो घाटा भोग्नुपर्ने अवस्था सिर्जना भएको बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु थारुले बताए ।

कमेन्ट गर्नुहोस्