प्रधानमन्त्रीसँग मुख्यमन्त्री शाहीको माग : भारतमा अलपत्र नेपालीको उद्धार गर्नुपर्‍यो

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो संवादमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भारत लगायत देशमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गरेका छन् ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय सरकारले गरिरहेका कामकारवाही र आगामी योजनाका सन्दर्भमा प्रधानमन्त्री ओलीद्वारा आयोजना गरिएको ७ वटै प्रदेशका मुख्यमन्त्रीसँगको भिडियो संवादमा कर्णाली प्रदेशको अवस्थाबारे मुख्यमन्त्री शाहीले जानकारी गराएका छन् ।


Advertisement

‘प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीको आपूर्ति व्यवस्था र तीब्रगतिमा कोरोना परीक्षण भइरहेकोबारे प्रधानमन्त्री ज्यूलाई मैले जानकारी दिएँ,’ मुख्यमन्त्री शाहीले भने । कोरोनको उच्च जोखिममा भएपनि कर्णालीमा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीका नागरिकको व्यवस्थापन तथा उद्वार कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘कर्णालीका हजारौं युवाहरू अहिले भारतका विभिन्न शहरमा अलपत्र परिरहेको खबर आइरहेको छ । उनीहरूको रोजगारी कोरोनाले खोसेको छ । ठाउँठाउँमा अलपत्र परेको खबर आइरहेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘संघीय सरकारले भारत सरकारसँग कुराकानी गरेर भएपनि ती नागरिकलाई त्यहीँ बस्ने व्यवस्था गरोस् वा कर्णाली फर्काउन पहल गरिदिन आग्रह गर्दछु ।’


Advertisement

कोरोनालाई नियन्त्रण गर्न लकडाउनको अवधि बढाउन उनले सरकारलाई आग्रह समेत गरेका छन् ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्