माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
चैत ३०, २०७६
कोरोनाभाइरसलाई नियन्त्रणमा लिन सफल केही देशहरूमा दक्षिण कोरिया पनि पर्छ । उसले बन्दाबन्दी (लकडाउन) नलगाइकनै परीक्षण, पहिचान र उपचार गर्ने नीति लिएर कोरोना नियन्त्रण गरेकोमा चौतर्फी प्रशंसा भइरहेको छ ।
केही मानिसले सार्स र मर्स जस्ता अघिल्ला महामारीहरूलाई दक्षिण कोरियाले व्यवस्थापन गरेको अनुभवबाट सिकेर अहिलेको कदम उठाएको भनिरहेका छन् । अमेरिकी टिप्पणीकारहरू देशको प्रभावकारी नेतृत्वका कारण यस्तो हुन सकेको बताउँदै डोनल्ड ट्रम्पको रद्दी व्यवस्थापनसँग यसको तुलना गर्छन् । अरू चाहिँ मानिसहरूमा समाजको हितका लागि निजताको बलिदान गर्ने इच्छा जस्तो सांस्कृतिक कारण जिम्मेवार रहेको बताउँछन् ।
तर प्रायः चर्चा नगरिएको एउटा पाटो के हो भने कोभिड–१९ विरुद्ध दक्षिण कोरियाको सफलता सार्वजनिक सेवा प्रदान गर्ने प्रभावकारी प्रणालीमा अडेको छ । यो आधारभूत संरचनाविना परीक्षण, पहिचान र उपचारको नीतिलाई कायम राख्न पनि सकिँदैनथियो अनि अहिलेका लागि आवश्यक विस्तार गर्न पनि सकिँदैनथियो । त्यसै पनि सेवा दिन सक्ने गतिलो सार्वजनिक सेवा प्रणाली भएन भने प्रभावकारी नेतृत्वले मात्र खासै केही हासिल गर्न सक्दैन ।
दक्षिण कोरियाको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल इन्चिओनकै कुरा गर्नुस् । सार्वजनिक व्यवस्थापनमा चलेको यो विमानस्थल संसारकै सर्वोत्कृष्टमध्येको एक भनी लगातार सूचीमा पर्ने गरेको छ । त्यसैगरी राजधानी सउलको मेट्रो प्रणाली सस्तो भाडा र प्रभावकारिताका लागि विश्वप्रसिद्ध छ । यो संसारका शीर्ष पाँच भूमिगत यातायातमा पर्छ ।
सबभन्दा प्रभावशाली पक्ष चाहिँ दक्षिण कोरियाको एक सार्वजनिक संस्थाले उपचारखर्च बेहोर्ने (सिंगल पेयर) प्रणाली हो जुन सन् २०१५ मा विकसित मुलुकहरूमध्ये पहिलो स्थानमा थियो ।
कोरियाका अधिकांश अस्पतालहरू निजी हुन् तर ९७ प्रतिशत जनसंख्यालाई अनिवार्य राष्ट्रिय स्वास्थ्य बीमा योजनाले समेटेको छ । निजी अस्पताल र सार्वजनिक बीमा प्रणालीबीचको यस सन्तुलनले उपचारमा सर्वसुलभ पहुँचका साथै प्रशस्त स्रोतसाधन उपलब्ध गराएको छ । अहिले कोरोनाभाइरस संकटका बेलामा यसको प्रभावकारिता स्पष्ट देखिएको छ ।
दक्षिण कोरियाले यस्तो उपलब्धि कसरी हासिल गर्यो ? दोस्रो विश्वयुद्धपछि पश्चिम युरोपमा कल्याणकारी राज्यप्रणाली स्थापना भएपनि कोरियाका निरंकुश शासकहरूका लागि त्यो प्राथमिकताको विषय थिएन ।
एसियाका अन्य विकासशील राष्ट्रहरू जस्तै जोड औद्योगिकीकरण र आर्थिक वृद्धिमै थियो । तर त्यसबेलामा तानाशाहरूले सार्वजनिक संरचनामा पनि भारी लगानी गरे किनकि कोरियामा बढ्दो उद्योगहरूका लागि यस्तो संरचना अपरिहार्य छ भन्ने उनीहरूलाई थाहा थियो । सन् १९७७ मा देशको पहिलो राष्ट्रिय स्वास्थ्य बीमा प्रणाली शुरू गरियो यद्यपि त्यो अहिलेको जस्तो व्यापक तथा सर्वसुलभ स्वास्थ्य सेवा जस्तो थिएन ।
सन् १९८७ मा लोकतन्त्र बहाली हुँदा राज्यको नेतृत्वमा सञ्चालित आर्थिक मोडल र संरचना व्यवस्थापन कायमै राखियो । तर मानिसहरूको दृष्टिकोणमा भने परिवर्तन आयो । त्यो वर्ष निरंकुश शासन पतन हुुनुमा देशभरि गरिएका विरोध प्रदर्शनहरू जिम्मेवार थिए । सन् १९९० र २००० को दशकभरि दक्षिण कोरियामा अनेकौं नागरिक आन्दोलन भए ।
अमेरिकाबाट गाईको मासु आयात गर्नेदेखि सन् २०१४ मा फेरी जहाजको दुर्घटनामा सरकारले उचित व्यवस्थापनसम्मका घटनाको विरोध भयो । यसरी आमजनता उद्वेलित हुँदै जाँदा पूर्व राष्ट्रपति पार्क गेउन–ह्येविरुद्ध व्यापक प्रदर्शन भए । विरोध प्रदर्शन सन् २०१६ को अक्टोबर महिनादेखि सन् २०१७ को मार्च महिनासम्म चले ।
सन् २०१६ को डिसेम्बर ३ मा अनुमानित २३ लाख मानिस सडकमा आए । त्यो भनेको कुल जनसंख्याको ४ प्रतिशत हो । त्यसलगत्तै पार्कविरुद्ध महाअभियोग लगाइयो र अहिले उनी कारागारमा छिन् ।
यसरी सन् १९९० को दशकपछिको कोरियाली राजनीतिमा नागरिकहरू राज्यसँगको सम्बन्धका विषयमा थप निर्भीक भए र सरकारहरूलाई जनताको स्वास्थ्य गम्भीर रूपमा लिन बाध्य बनाए । त्यसको सबभन्दा स्पष्ट उदाहरण सार्वजनिक यातायात, ऊर्जा र स्वास्थ्य सेवा हो ।
औसत व्यक्तिका लागि यी दैनिक सेवाहरूको उपभोग गर्न पाउने अधिकार सबै नागरिकमा निहित छ र यिनलाई सञ्चालन गर्न करदाताको रकम उपयोग गरिन्छ । यी सार्वजनिक सेवाहरू सरकार आफ्नो जनताप्रति कति प्रतिबद्ध छ भनी जाँच्ने स्पष्ट मापदण्ड हुन् । सार्वजनिक सेवाको गुणस्तर वृद्धि गर्न वा तिनलाई व्यवस्थापन गर्न नसक्ने सरकारले अर्को चुनावमा जनमत गुमाउने पक्कापक्की हुन्छ ।
सार्वजनिक सेवाप्रतिको यो संवेदनशीलता तथा सरकारलाई उत्तरदायी बनाउनका लागि जनताले देखाएको सक्रियताले गर्दा नै विगत २० वर्षदेखि दक्षिण कोरियाको सार्वजनिक सेवा सुधारिएको हो ।
यसले गर्दा निजीकरण स्वीकार गर्न पनि गाह्रो हुन्छ । निजीकरण त समुदायलाई व्यक्तिभन्दा माथि राख्ने कोरियाली संस्कृतिको विपरीत छ नै त्यसमाथि सरकारकै मातहतमा सेवाहरूमा सुधार आइरहेको छ भने निजी कम्पनीहरूलाई सार्वजनिक सेवा बेच्नु तर्कसंगत समेत नहुने धेरैको धारणा छ ।
कोरियालीहरूले विश्वस्तरीय सार्वजनिक सेवा हुनु भनेको बढी लोकतान्त्रिक तथा बढी पश्चिमा हुनु हो भनी वर्षौंसम्म सोचिरहे । धेरैलाई पश्चिममा निजीकरण व्यापक मात्रामा बढिरहेको र सार्वजनिक सेवा बाहिरतिर पठाइएको (आउटसोर्सिङ) का बारेमा थाहै थिएन ।
कोरोनाभाइरस संकटले युरोपलाई तहसनहस बनाएपछि चाहिँ कोरियालीहरूमा रहेको त्यो आदर्श छवि भत्किएको छ । धेरैजसो कोरियालीहरूले वर्षौंदेखि संघर्ष गरेर उपलब्ध भएको कोरियाली मोडललाई अहिलेको संकटले सही साबित गरेको भन्ने ठानिरहेका छन् । यो सोच लामै समयसम्म कायम रहिरहने देखिन्छ ।
द गार्डियनमा प्रकाशित ताए हून किमको आलेख
लोकान्तरका लागि अनुवाद : विन्देश दहाल
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...