चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
चैत ३०, २०७६
करीब-करीब दुईतिहाइ बहुमतसहित सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खटपट चलिरहेको समाचार नौलो होइन । २०७५ साल जेठ ३ गते पार्टी एकता भएदेखि नै पार्टीभित्र विभिन्न समूहहरू बन्ने क्रम जारी छ, र बेलाबेलामा समूहगत र व्यक्तिगत स्वार्थ सतहमा आउने गरेको छ ।
गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेकपाभित्रका कतिपय विवादहरू समाधान गर्ने अपेक्षा गरिएको थियो । बैठकपछि धेरै केन्द्रीय कमिटी सदस्यहरूले पार्टी अब नयाँ उचाइमा पुगेको दाबी गरेका थिए । त्यसपछि पार्टी एकढिक्का भएर अघि बढ्ने धेरैको आशा र अपेक्षा थियो ।
त्यसो हुन सकेन । बरू अध्यक्षद्वय प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विश्वासको संकट थप गहिरियो । ९ सदस्यीय केन्द्रीय सचिवालय विभाजित हुने स्थितिमा पुग्यो । विशेष गरेर उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित कोटामा राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णयसमेत प्रधानमन्त्रीको पेलानमा पर्यो । गौतम प्रकरणपछि प्रधानमन्त्री र सचिवालयका अन्य सदस्यहरूबीच ध्रुवीकरण देखापर्यो ।
समग्रमा हेर्दा २०७६ सालमा नेकपा एकताप्रक्रियाले गति लियो । एकताप्रक्रियाका धेरै कामहरू २०७६ सालमै सम्पन्न भएका छन् । तर २०७६ सालमा नेकापाका नेताहरूबीच विश्वासको संकट झन् बढी गहिरिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि गरिएको देशव्यापी लकडाउनकै बीचमा आम नेपालीले नयाँ वर्ष मनाउँदै छन् । नेकपाको २०७६ साल कस्तो रह्यो त ? यस विषयमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग लोकान्तरकर्मी ईश्वर अर्यालले संक्षिप्त कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
'२०७६ साल,पार्टीको इतिहासमा एकदमै महत्त्वपूर्ण'
२०७६ साल हाम्रो पार्टीको इतिहासमा एउटा महत्त्वपूर्ण सालको रूपमा रहेको छ । हामीले दुईवटा पार्टीहरूलाई एकीकृत गर्ने कामलाई अघि बढायौं ।
एकताको प्रक्रिया दुई वर्ष अघिबाट शुरू भएको भएपनि यो २०७६ सालभरि अघि बढ्यो । पार्टीलाई अधारभूत रूपले एक बनायौं । वर्गीय संगठनहरूलाई पनि एकताबद्ध बनायौं ।
यद्यपि एकताका कतिपय प्रक्रियाहरू अझै टुंगिन अझै बाँकी छन् । समग्रमा पार्टी एक भइसकेको छ । हाम्रो देशको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको इतिहासमा अभूतपूर्व उपलब्धिको कुरा हो ।
हामीले अझै यो पार्टीलाई वैचारिक रूपमा, राजनीतिक रूपमा सैद्धान्तिक रूपमा र संगठनात्मक रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता छ । ८ लाख सदस्य रहेको यो पार्टी अहिले नेपालको सबैभन्दा ठूलो पार्टीको रूपमा रहेको छ ।
हाम्रो पार्टीले दुईतिहाइ बहुमतको केन्द्रीय सरकारलाई नेतृत्व गरिरहेको छ । सातमध्ये ६ वटा प्रदेशमा हाम्रै नेतृत्वमा सरकार बनेको छ । स्थानीय तहमा पनि करीब करीब ६० प्रतिशत प्रतिनिधित्व छ ।
हामी अहिले महत्त्वपूर्ण उचाइमा छौं र हामीले देशलाई समाजवादको बातोतार्फ़ लैजाने कुरामा अत्यन्त ठूलो ऐतिहासिक पहलकदमी लिएर अघि बढ्नुपर्ने आवश्यकता छ ।
सरकारले संविधानलाई कार्यान्वयन गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसका साथै संघीयतालाई लागू गर्ने कुरामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसको साथसाथै सरकारले ३/४ सयवटा ऐनहरू नयाँ बनाउनु पर्ने आवश्यकता थियो, त्यसमा पनि सफलता हासिल गरेको छ ।
मौलिक हकका निम्ति १६ वटा कानून पनि बनाइएको छ । २ वर्षका वार्षिक बजेटहरू सरकारले लागू गरिसकेको छ । नीति कार्यक्रमहरू लागू गरिसकेको छ । मुलुकको सामाजिक आर्थिक रूपान्तरण गर्न सरकार अगाडि बढ्दैछ ।
'तर, सरकारको प्रभावकारितामा प्रश्न उठ्यो'
सरकारले सैद्धान्तिक हिसाबले काम गरिरहेको छ तर जनतासँग व्यावहारिक रूपमा जोडिन सकेन । जनताको बीचमा सरकार जति लोकप्रिय र प्रभावकारी हुनुपर्ने हो, त्यति लोकप्रिय र प्रभावकारी हुन सकिरहेको छैन । जनतासँग जोडिन सकेको छैन । यो बीचमा सरकार जसरी चल्नुपर्थ्यो, त्यसरी अझै चल्न सकेको छैन ।
'पार्टीले सरकारलाई निरन्तर निर्देशन गरिरहेको छ'
पार्टीले सरकारलाई निरन्तर जनताको हीतअनुकूल, जनताको इच्छाअनुकूल र पार्टीका नीति र सिद्धान्त र कार्यदिशाअनुरूप अगाडि बढ्नका लागि पार्टीलाई भनिरहेको छ । निर्देशन गरिरहेको छ । तर पनि सरकार अपेक्षाअनुरुप अझै अघि बढ्न सकेको छैन ।
२०७६ सालमा त्यो देखिएन । फेरि पनि हाम्रो खबरदारी निरन्तर जारी छ । २०७७ सालमा सरकार यो भन्दा अझै बढी अपेक्षाकृत ढंगले अघि बढ्ला भन्ने आशा गरौं ।
'सर्वदलीय संयन्त्रका बारेमा विवाद छैन'
कोभिड– १९ सँग लड्ने विषयमा पार्टीभित्र कुनै विवाद छैन । बाहिर आएजस्तो केही पनि छैन । पार्टीभित्र त्यसबारेमा कुनै बहस पनि भएको छैन, बहस नै नभएपछि विवाद हुने कुरै भएन । विभिन्न ठाउँहरूमा नेताहरूले बोल्दै जाँदाखेरि उहाँहरूका जिब्राहरू कुनै–कुनै ठाउँमा अड्किन सक्छन्, अन्यथा केही पनि होइन ।
अहिले सरकारको नेतृत्वमा कोभिड– १९ विरुद्धको लडाईं अघि बढ्दै छ, त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता हो ।
पार्टीभित्र कुनै विवाद नै नभएपछि कुरा सकिइहाल्यो नि ! कोभिड– १९ विरुद्ध लड्न एउटा विराट मोर्चाबन्दीको आवश्यकता छ । यो मोर्चाबन्दीलाई सरकारले नेतृत्व गरेर अघि बढ्नुपर्छ । सबैको विश्वास लिएर अघि बढ्नुपर्छ ।
'प्रधानमन्त्रीले पार्टी हाँक्ने होइन,पार्टीले प्रधानमन्त्री हाँक्ने हो'
अहिले सञ्चारमाध्यमहरूमा प्रधानमन्त्रीले पार्टीको निर्देशन अवज्ञा गर्न खोजेको, पार्टीलाई नसुनेको जस्ता समाचारहरू आउने गरेका छन् । उहाँले पार्टीको कुरा सुन्नुभएन भने कसको कुरा सुन्ने त ? उहाँले पार्टीको कुरा सुन्नै पर्छ । पार्टीका निर्देशन मान्नुपर्छ । पार्टीको निर्णय मान्नुपर्छ ।
पार्टीका कार्यदिशालाई अनुशरण गरेर अघि बढ्नुपर्छ । यसको विकल्प छैन । प्रधानमन्त्रीले पार्टी हाँक्ने होइन, पार्टीले प्रधानमन्त्रीलाई हाँक्ने हो । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने भन्ने हुँदै हुँदैन । प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुको विकल्प छैन ।
'२०७७ साल देश र पार्टी दुवैका लागि उज्ज्वल छ'
२०७७ सालमा सबैभन्दा पहिला त हामीले कोभिड– १९ विरुद्धको लडाईंमा विजय प्राप्त गर्नुपर्छ । देशको अर्थतन्त्रलाई पुनर्जीवन दिनुपर्छ । लक-डाउनले गर्दा पर्यटन लगायतका विभिन्न उद्योगहरू र अर्थतन्त्रका क्षेत्रहरू डामाडोल बनेका छन् । ती क्षेत्रलाई पुनर्जीवन दिएर राष्ट्रलाई नयाँ गति दिनुपर्छ ।
पार्टी समाजवादमा जाने कुरामा कुनै तलमाथि हुनु हुँदैन । समाजवादको बाटोतर्फ अघि बढ्ने क्रममा फेरि सम्पूर्ण शक्तिलाई एकताबद्ध गराएर अघि लैजानुपर्छ ।
त्यसमा पार्टीको नेता भएको हिसाबले हामी सबै प्रतिबद्ध छौं । २०७७ साल हाम्रा लागि उज्ज्वल छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...