मोरङमा १२ लाख २६ हजार ९७७ किलोग्राम चामल वितरण

प्रतिकात्मक तस्वीर

बन्दाबन्दीका कारण रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन जारी भएको लकडाउनको सोमवार २१ औं दिन हो ।


Advertisement

लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरका परिवार अप्ठ्यारोमा परेका छन् । त्यस्ता वर्गलाई जीविकोपार्जन गर्न  राहत वितरण गर्ने नीति अनुरुप स्थानीय तहले राहत वितरण गर्न थालेका हुन् । 

१ महानगरपालिका, ३ नगरपालिका १३ गाउँपालिका रहेकोमा हालसम्म वितरीत राहत सामग्रीमा दाल १ लाख १५ हजार ९०२ किलो, आलु ६१ हजार ९०३ किलो, नून ८५ हजार २५ किलो, खाने तेल ४४ हजार ८९८ लिटर, साबुन ७५ हजार ९४१ वटा, चिउरा २ हजार २५४ किलो, भुजा २१८ किलो, ३ हजार ३७ लिटर, चना १२५ किलो, प्याज १३० किलो, चाउचाउ ७ हजार १४० थान र खाना प्यकिङ ५५० रहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।


Advertisement

सबैभन्दा बढी विराटनगर महानगरपालिकाले २६ हजार २६८ घरधुरी र सबैभन्दा कम सुनवर्षी गाउँपालिकाले २ हजार ४९२ घरधुरीमा राहत वितरण भएको नायब उपरीक्षक उनले बताए ।

कमेन्ट गर्नुहोस्