एनआइसी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक

एनआइसी एशिया बैंक लिमिटेडले २०७७ सालको विविध सूचनाहरू उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले उक्त पात्रो सार्वजनिक गरेका थिए । 


Advertisement

भित्ते तथा टेबुल पात्रोको ढाँचामा प्रकाशित उक्त पात्रोमा नेपाल सरकारले उपलब्ध गराएको विदा, चाडवाड, दिवस, पञ्चांग तिथि लगायतका विवरण उल्लेख गरिएको छ ।

बैंकले नेपालका विभिन्न हिमाल, मठमन्दिर, ताल लगायतका रमणीय स्थलहरूलाई यस वर्षको पात्रोमा सजाएको छ । साथै, यस पात्रोलाई डिजिटल प्रणालीमा समेत प्रकाशित गरी कम्प्युटर तथा मोबाइलबाट सहजै प्रयोग गर्न मिल्ने बनाइएको बैंकले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्