×

NMB BANK
NIC ASIA

क्वारेन्टाइन बस्दा १४ दिनसम्म देखिएन कुनै लक्षण, स्वाब परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’

बैशाख २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण पुष्टि भएका रौतहटका युवालाई वीरगञ्जको नारायणी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

Muktinath Bank

रौतहटको इशानाथ नगरपालिकाको एउटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको क्वारेन्टाइनमा रहेका ती व्यक्तिलाई सोमवार साँझ ७ बजे एम्बुलेन्समा राखेर वीरगञ्ज लगिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमित युवालाई प्रहरी निरीक्षकको कमाण्डमा आएको टोलीले एम्बुलेन्समा उपचारका लागि वीरगञ्ज लगेको इशनाथ नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले बताए ।


Advertisment
Nabil box
Kumari

कोरोना परीक्षणको पीसीआर रिपोर्टमा पोजेटिभ आएका कारण अबेर साँझ उनलाई अस्पतालमा भर्ना गरिएको छ । रौतहटको जिल्ला अस्पताल गौरमा कोरोनाको उपचारका लागि आइसोलेसन कक्ष सञ्चालन नगरिएका कारण वीरगञ्ज लगिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

उनी बसेको क्वारेन्टाइनमा सोमवार २ पटक र मंगलवार बिहान १ पटक स्यानिटाइज गरिएको छ । ‘हामीसँग रहेको स्प्रे तथा औषधि सहितको स्यानिटाइजरबाट क्वारेन्टाइनलाई स्यानिटाइज गरेका छौं,’ खानले भने, ‘नियमित रुपमा अब स्यानिटाइज गर्ने गरेका छौं ।’

चैत १७ गते ती युवा क्वारेन्टाइनमा राखिएका थिए । ‘चैत्र १७ गते उनी गाउँ आएकै दिन घर परिवारका मानिससँग करीब २ घण्टा जति बिताएर तापक्रम मापन गराउनका लागि क्वारेन्टाइनमा आएका थिए,’ स्वास्थ्य संयोजक खानले भने, ‘उनी दिल्लीबाट आएकाले तापक्रम सामान्य हुँदाहुँदै पनि हामीले घर जान दिएनौं, क्वारेन्टाइनमैं राख्यौं ।’

उनी क्वारेन्टाइनमा बसेको १४ दिनसम्म पनि कुनै रोगको लक्षण नदेखिएको संयोजक खानले बताए । ‘१५ औं दिनमा मात्र स्वाब परीक्षणको रिपोर्ट आएको थियो । शुरुमा १४ दिन मात्रै क्वारेन्टाइनमा राख्न निर्देशन भएपनि पछि २१ दिनसम्म राख्ने भन्ने निर्देशन आएका कारण उनलाई १४ दिन सकिएपनि घर नफर्काएर क्वारेन्टाइनमै राखेका थियौं,’ खानले भने, ‘१४ दिनमै फर्काएको भए उनी थप धेरै मानिसको सम्पर्कमा आउन सक्थे र जोखिमको दायरा समेत बढ्न सक्थ्यो ।’

संक्रमित व्यक्तिको सम्पर्कका व्यक्तिको परीक्षण 

संक्रमण फेला परेपछि ती व्यक्तिको सम्पर्कमा आएका उनका परिवारका सदस्यसहित क्वारेन्टाइनमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी समेतको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) कीटबाट कोरोना परीक्षण गरिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेका अनुसार सोमवार साँझ नै संक्रमित व्यक्तिका परिवारका १४ जना सदस्यको आरडीटी किटबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी, नगर प्रहरी तथा सुरक्षाकर्मी समेत गरेर ३९ जनाको किटमार्फत परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको सीडीओ घिमिरेले लोकान्तरलाई बताए ।

‘उनी भारतको दिल्लीबाट आएकै दिन घर परिवारका १४ जनाको सम्पर्कमा आएका रहेछन्,’ सीडीओ घिमिरेले भने, ‘उनीसँगै दिल्लीबाट आएका ४ जना युवाको समेत यसअघि नै स्वाब संकलन गरेर परीक्षण गराएर नेगेटिभ रिपोर्ट आएको छ ।’

सोमवारसम्म रौतहट जिल्लामा १०० जनाको किटमार्फत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ५०० किट सरकारबाट प्राप्त भएकोमा १०० किट प्रयोग गरिसकिएको छ । ‘बाँकी ४०० किटलाई जिल्लाका अन्य स्थानीय तहमा सञ्चालनमा रहेका क्वारेन्टाइनमा पठाइने छ,’ सीडीओ घिमिरेले लोकान्तरसँग भने ।

अन्तरजिल्ला ‘लकडाउन’ कडाइ

रौतहटमा संक्रमित फेला परेपछि लकडाउनलाई थप कडाइका साथ पालना गराउने जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ । ‘रौतहटको छेउमा रहेको बारा र सर्लाही जिल्लाबाट छेउछाउ मानिसहरू आवतजावत गर्ने गरेको भन्ने सूचनाका आधारमा त्यसलाई नियन्त्रण गर्न अन्तरजिल्ला लकडाउन कडाइ गर्ने भनेर निर्णय गरेका छौं,’ सीडीओ घिमिरेले भने, ‘त्यसका लागि कडाइका साथ निर्णय कार्यान्वयन गराउन सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।’ संवेदनशील र सम्भावित जोखिमका सार्वजनिक स्थानमा स्यानिटाइजको कामलाई निरन्तरता दिने समेत निर्णय गरिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x