×

NMB BANK
NIC ASIA

मजदुर भोकभोकै बस्नु पर्दैन : मेयर दाहाल

बैशाख २, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदुरलाई बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ । 

Muktinath Bank

कोभिड–१९ को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मजदुरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै महानगरपालिकाले जहाँ रहेको हो त्यहीँ ठाउँमा बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ । 


Advertisment
Nabil box
Kumari

महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको आवश्यकता भएका ज्याला मजदुरी गरेर बस्नेलाई राहत प्रदान गर्दै जाने बताइन् । ‘खानाको अभावले बाहिर भौतारिनु पर्दैन,’ उनले भनिन् ।

Vianet communication
Laxmi Bank

उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरूमा काम गर्नेहरूलाई सम्बन्धित कम्पनीले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठित ठाउँमा काम गर्ने मजदुर समस्यामा परेका हुन् । उनीहरूलाई महानगरले राहत दिएको छ । 

संकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उनले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गरेकी छन् । वडा कार्यालयबाट राहत वितरण गरिएको छ । काठमाडौंसहित विभिन्न शहरबाट भरतपुर महानगर हँुदै आ–आफ्नो गन्तव्य हिडेकाहरूलाई यहाँ खानाको व्यवस्था समेत गरिएको छ । 

नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरूलाई स्थानीय तहसँग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् । भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ क्वीन्टल चामल, १ सय १९ क्वीन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ क्वीन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x