मुगुमा र्‍यापिड जाँचमा एक जनामा कोरोना पोजेटिभ, थ्रोट स्वाब जाँच गर्न सुर्खेत ल्याइँदै

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

मुगुको खत्याड गाउँपालिकामा कोरोना संक्रमणको द्रुत परीक्षण (र्‍यापिड टेस्ट) मा एक जनामा पोजेटिभ नतिजा देखिएको छ ।

मुगुको खत्याड गाउँपालिकामा बिहिबार भारतबाट आएका ५५ जनाको र्‍यापिड टेस्ट गरिएको थियो ।


Advertisement

मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार र्‍यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखाएको छ भने कोरोना भए नभएको कुरा पीसीआर गरेपछि मात्र थाहा हुनेछ ।

पोजेटिभ देखिएका व्यक्ति चैत्र १ गते भारतबाट आएका थिए । उनी होम क्वारेन्टाइनमा रहेका छन् ।


Advertisement

पोजेटिभ देखिएका व्यक्तिको पिसिआर परीक्षणका लागि थ्रोट स्वाब सुर्खेत पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्