×

NMB BANK
NIC ASIA

जीवनाशक विषादीको प्रयोग : धर्तीलाई संकट, संसारको एक साझा चुनौती !

बैशाख ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel
  • भक्तराज पालिखे

बिउ, बिरुवा, रुख, पशुपन्छी, मानव स्वास्थ्य, निर्माण क्षेत्र आदिमा लाग्ने घातक किटाणुहरूलाई रोक्ने, हटाउने, नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने र नाश गर्ने लक्ष्य राखी प्रयोग गरिने विषालु पदार्थलाई नै विषादी (पेस्टीसाइड) भनिन्छ । विषादीले मानिस, जनावर, चरा, माछा, मौरी, माटोका शुक्ष्म जीवाणु, जंगली जनावर, लाभदायी किराहरूको क्षति र समग्र वातवरण नै दुषित बनाउने हुँदा यिनीहरूको दिगो र जथाभावी प्रयोग स्वीकार गर्न सकिँदैन । बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्न, तरकारी र फलफूलको आपूर्ति गर्न कीटनाशक विषादीको प्रयोग बढ्दो छ । यिनै कुराहरूलाई हृदयंगम गरी नेपालमा पनि विषादीको कारोबार र प्रयोग बिस्तारै–बिस्तारै बढ्दै जान थाल्यो र नियमन र नियन्त्रणको आवश्यकता महसूस भई विषादीको आयात, निर्यात, संश्लेषण, बिक्री वितरण र व्यवसायिक प्रयोगलाई नियमन गरी व्यवस्थित गर्ने गराउने उद्देश्यले जीवनाशक विषादी ऐन, २०४८ र जीवनाशक विषादी नियमावली, २०५० तयार भई २०५१ साल श्रावण १ गतेदेखि नेपालभर लागू गरियो । सोही ऐनको दफा ७ को प्रावधान अनुसार नेपाल सरकारले २०५१ सालमा तत्कालीन बाली संरक्षण तथा व्यवसायिक किट विकास महाशाखाअन्तर्गत विषादी पञ्जीकरण कार्यालयको स्थापना गरी विषादी पञ्जीकरण निकाय तोकेको थियो ।

Muktinath Bank

आर्थिक उपार्जन र उपभोगको लागि लगाइएका कुनै पनि बोटबिरुवा, बालीनाली आदिमा विभिन्न किसिमका रोग, किरा, झारपात, मुसा आदिले बाली कटानी अघि र पछि समेत गरेर विभिन्न तरिकाले करीब २५— ३५ % (PPD, २०१३) सम्म वार्षिक क्षति पुर्‍याइरहेको अवस्था छ । एकातिर उत्पादनको यति ठूलो हिस्सा बर्सेनि शत्रुजीवहरूबाट नोक्सान भइरहेको छ भने अर्कोतिर भूमिको उत्पादकत्व ह्रास र जनसंख्या वृद्धि तीव्ररूपमा भइरहेको छ । यस्तो अवस्थामा कमसेकम शत्रुजीवबाट नोक्सान भइरहेको उत्पादनको हिस्सालाई मात्र कम गर्न सकियो भने पनि खाद्य सुरक्षामा ठूलो टेवा पुग्ने देखिन्छ । त्यसैले विषादीको प्रयोग अपरिहार्य भएको हो । साथै मानव तथा पशुहरूमा लाग्ने विभिन्न रोगका संवाहक (vectors) को नियन्त्रण गर्न पनि बिषादीको प्रयोग गरिन्छ । कुनै ताका दक्षिण एशिया मै उल्लेखनीय भएको नेपालको कृषि उत्पादकत्व यतिबेला सबैभन्दा कम छ । अझ कुनै समय यसै मुलुकमा झण्डै आधा दर्जन धानचामल निर्यात गर्ने कम्पनी थिए भन्दा आश्चर्य मान्नु पर्ने अवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा विषादीको प्रयोग केही क्षेत्रमा मात्र व्यापक छ । पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरूले विषादी उल्लेखनीयरूपले प्रयोग गर्दैनन् । तर बजार नजिकका क्षेत्रहरूमा विषादीको प्रयोग व्यापकरूपले भएको पाइन्छ । विशेष गरी तराई तथा काठमाडौं उपत्यका र नजिकका जिल्लाहरूमा बालीनालीको हिसाबले तरकारी बालीमा सबैभन्दा बढी विषादी (८९%) को प्रयोग भएको पाइन्छ । क्षेत्रफल र व्यापकताको आधारमा नेपालमा धानबालीमा विषादीको प्रयोग नगदेबालीहरू सरह नै भैरहेको अनुमान छ । मात्राका हिसाबले भन्ने हो भने नेपाल धेरै विषादी प्रयोग हुने देश होइन । नेपालमा औषत ३९६ ग्राम (खास विष) प्रतिहेक्टर विषादी प्रयोग हुनेदेखिन्छ (PPD, २०१५) तर बाली र स्थान विशेष फरक हुन सक्छ ।


Advertisment
Nabil box
Kumari

यसरी सरसर्ति हेर्दा विषादी प्रयोगसम्बन्धी समस्या हाम्रो देशमा ज्यादै गम्भीर नभएको प्रतीत हुन सक्छ, तर प्रयोग हुने स्थल, प्रयोग हुने बाली, प्रयोग गरिने मात्रा, समय र रसायन, भण्डारणको अवस्था तथा विषादी बजारको गहिरिएर विश्लेषण गर्ने हो भने हामीकहाँ पनि समस्या गम्भीर भइसकेको छ । हानिकारक रोग/किराहरूको नियन्त्रण गरी समग्रमा उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले प्रयोग गरिँदै आएको विषादीले तत्कालीन स्थितिमा कृषि उत्पादनमा त उल्लेखनीय वृद्धि गरेको छ, तर साथसाथै यसले निम्त्याएका वातावरणीय समस्याहरू पनि कम गम्भीर छैनन् । अनुसन्धानहरूले यस्ता विषादीको उपयोग दीर्घकालीनरूपमा कृषकहरूलाई फाइदाभन्दा हानी नै बढी हुने प्रमाणित गरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७४/०७५ मा ५७० खास विष (Acual ingredient) मेटन विषादी आयात र उक्त आवमा करिव ७७ करोड रकम बराबरको विषादी आयात भएको थियो । ऐन, नियमावलीअनुसार हालसम्म विषादी आयातकर्ताहरू २५३, विषादी छर्कने व्यवसायीहरू २८, विषादी संश्लेषणकर्ता ५, विषादी खुद्रा बिक्रेता इजाजत पत्र प्राप्त गरेको कुल सख्या १४८४९, पञ्जीकृत विषादीको संख्या (व्यापारिक नाम) संख्या ३०३५ र पञ्जिकृत विषादी (सामान्य नाम) संख्या १७० रहेको छ । वातावरण र मानव स्वास्थ्यसम्बन्धी अत्यन्त नकारात्मक असर गर्ने विषादीहरू २४ वटा प्रतिबन्ध गरिएको छ । (PQPMC, २०७५)

वातावरण र स्वास्थ्यमा असर

हिन्दू धर्मशास्त्रमा उल्लेख भएका पञ्चतत्व अन्तर्गत पृथ्वी, जल, अग्नि, वायु र आकाश नै समष्टिमा वातावरण हो । प्राकृतिक वातावरण हरेक प्राणी मात्रको सुन्दर पक्ष हो । तर मानवीय क्रियाकलापका कारण प्राकृतिक वातावरण प्रदुषित बन्दै गइरहेको छ । पृथ्वी मानव–जातिको मात्र नभई अन्य समस्त प्राणीहरूको पनि साझा घर हो । त्यसैले यो नसोचे हुन्छ, पृथ्वीको उपयोग केबल मानव–जातिको इच्छा र चाहनाअनुरूप गर्न सकिन्छ । विश्व ब्रह्माण्ड र मानवताको सुरक्षाका खातिर प्रकृतिसँग सामाञ्जस्य र मेलमिलाम अपरिहार्य छ । मानिसले प्रकृतिउपर विजय प्राप्त गर्न सक्तैन । प्रकृतिउपर विजय प्राप्त गरेको ठान्नु क्षणिक भ्रम मात्र हो । वातावरणीय प्रदुषणको समस्या विश्वमै एक मुख्य साझा चुनौती र चिन्तनको विषयवस्तु भइसकेको सन्दर्भमा नेपाल पनि यो समस्याबाट अछुतो हुन सक्दैन । नेपालमा एकातिर शत्रुजीवहरूले बालीनालीमा बढी प्रतिशत नोक्सानी पुर्‍याउदै आएका छन् भने अर्कोतिर रासायनिक पदार्थहरूको अत्यधिक प्रयोगबाट वायु, जल तथा भूमि प्रदुषण हुन गई सामाजिक, आर्थिक, सांस्कृतिक तथा अन्य क्षेत्रमा नकारात्मक असरहरू देखा परेका छन् । कृषि विकासको लागि हाल उपलब्ध प्रविधिहरू पनि मूलतः रासायनिक पदार्थहरूमा आधारित खेतीलाई प्रोत्साहित गर्ने खालका छन् ।

यसर्थ प्रकृतिले प्रदान गरेका अमूल्य सम्पत्तिको उपयोग बडो सावधानीपूर्वक गर्नुपर्नेमा क्षणिक मानवीय स्वार्थ र असावधानीका कारण डरलाग्दो परिणाम हुन सक्ने भएकोले हाम्रा पुर्खाहरूबाट नासोकोरूपमा प्राप्त प्राकृतिक सम्पदालाई खलल नपारी भावी पिंढीलाई हस्तान्तरण गर्नु हाम्रो परम् कर्तव्य हो । सरकारी, निजी तथा गैह्रसरकारी क्षेत्रको साझा प्रयासबाट मात्र वातावरण संरक्षण कार्यलाई अगाडि बढाउन सकिन्छ । वातावरण संरक्षण गर्ने कार्य सरकारको एक्लो प्रयासले मात्र सम्भव छैन । अतः समाजिक, आर्थिक, सांस्कृतिक जस्ता बहुआयामिक क्षेत्रसँग अन्तरसम्बन्धित रहने गरेको वातावरणीय समस्यालाई समाधान गर्दै राष्ट्रलाई एकीकृत विकासको दिशामा अगाडि लैजानका लागि यस कार्यलाई सरकारको काँधमा मात्रै बिसाइराख्नु उचित देखिँदैन ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा हेर्ने हो भने पनि रासायनिक विषादीबाट सिर्जना हुने वातावरणीय समस्याले नगाँजेको मुलुक शायदै कुनै होला । वातावरणीय प्रतिकूलता आज विश्वकै एउटा बिकराल समस्या बनेको छ । कुनै एक कुनामा भएको प्रदूषणको असर विश्वको अर्को कुनामा समेत पर्ने भएकोले अहिले वातावरण प्रदूषणलाई विश्वको साझा समस्याको रूपमा परिभाषित गर्ने गरिएको छ । खासगरी मानव जीवनलाई सर्वसुलभ तुल्याउने अभिप्रायले गरिएका विभिन्न क्रियाकलापहरूले वातावरणका साथसाथै मानव स्वास्थ्यलाई समेत प्रभावित पार्ने त्यस्ता मानवीय क्रियाकलापहरूमध्ये एक प्रमुख हो विषादीको उत्पादन तथा यसको जथाभावी प्रयोग । तसर्थ, रासायनिक विषादीबाट उत्सर्जन हुने वातावरणीय समस्यामा सतर्कता अपनाई र गुणस्तरीय बाली उत्पादन र वातावरणीय स्वच्छताको नारालाई सार्थकता दिन सकियो भने भावी सन्ततिहरूले हामीमाथि गर्व गर्नेछन् भन्ने अपेक्षा राख्नु असान्दर्भिक हुँदैन होला ।

भारतका चर्चित अधिकारकर्मी र लेखक शिव खेराले भनेका छन्, गीतामा निश्चित लक्ष्य र असल नियतका साथ गरिने काममा जोड दिइएको छ । फल वा परिमाण त निश्चित छ । उनका अनुसार कुनै पनि व्यवसायका लागि कर्म, ध्यान, ज्ञान, योग र भक्ति के हो भनी राम्ररी बुझ्नु आवश्यक छ । विषादीबाट उत्पन्न हुने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दा विषादी प्रयोगको सही दिशा, ध्यान र ज्ञान, आत्मसात् गर्नुपर्दछ । आखिरमा विषादी विष नै हो र यसलाई औषधिको रूपमा व्यवहार गर्न सकिँदैन । तसर्थ विषादीलाई सावधानीपूर्वक तथा बुद्धिमानीपूर्वक प्रयोग गरिएमा र विषादीको साथमा हुने पर्चामा दिइएका निर्देशनहरूलाई राम्ररी अनुकरण गरिएमा वातावरणमा तथा मानव स्वास्थामा पर्न सक्ने प्रतिकुल प्रभाव न्यून गर्न सकिन्छ । तर, यस्ता विषादीको दुरूपयोग गरिएमा भने त्यसको प्रयोगबाट फाइदा भन्दा बढी नोक्सानी बेहोर्नु पर्ने हुन्छ । विषादीको प्रयोग गर्दा प्रयोगकर्ताको सानो गल्तिले ठूलो दुर्घटना र हानी नोक्सानी हुन सक्ने भएकोले विषादीको लेबल (सूचक पत्र)मा लेखिएका निर्देशनहरू राम्ररी पढौं र पालना गरौं ।

विषादीका अवशेष

जीवनाशक विषादीहरू आवश्यकताभन्दा बढी मात्रामा प्रयोग भएको अवस्थामा विषादीको केही अंश तरकारी, फलफूल र खाद्यान्नमा रहिरहने हुन्छ । लगाताररूपमा विषादीको प्रयोग गरिनु र प्रयोगपछि निश्चित पर्खने समयको ख्यालै नराखी तरकारी, फलफूल र खाद्य पदार्थ टिप्नाले यस्ता विषादीहरूको अवशेष खान तयार भएका खाद्य पदार्थमा सहनशक्तिको सीमाभन्दा बढी मात्रामा हुन सक्ने सम्भावना हुन्छ । यसले मानव स्वास्थ्यमा असर पुर्‍याउने गर्दछ र साथै पर्यावरणीय सन्तुलनमा बाधक बनेको हुन्छ । विषादीका अवशेषले मानिसमा तुरुन्तै असर नपार्ने भएपनि निरन्तर थोरै मात्रामा शरीरभित्र प्रवेश गरेमा लामो समयको अन्तरालपछि विषको सामूहिक असर देखा पर्ने गर्दछ । विषको प्रत्यक्ष वा अप्रत्यक्ष असर मानव शरीरमा पर्ने कुरा यसको मात्रामा भर पर्दछ ।

अतः विषादीको प्रयोग गर्दा ज्यादै सावधानी र विचार पुर्‍याउनु निकै आवश्यक छ । बिषादी प्रयोय गर्दा जतिसुकै कम हानिकारक छाने पनि प्रयोग गरी सकेपछि पर्खनुपर्ने समयको ख्याल नगरी उपभोग गरिएमा त्यो खतरापूर्ण/जोखिमपूर्ण हुन जान्छ । विषादी प्रयोग गर्ने बित्तिकै बालीनाली (तरकारी तथा फलफूल)को बेचबिखन तथा उपभोग नगरौं । त्यसैले पर्खनुपर्ने समयको अनिवार्य पालना गर्नुपर्छ । विषादीको अवशेषलाई अधिकतम अवशेष सीमा (Maximum Residual Limit) भन्दा मुनि राख्नका लागि रोक्का अवधि (Withholding Periods) कायम गरिन्छ जसबाट बाली काट्नुभन्दा पहिले कति समयसम्म उपचार गराएको बालीलाई त्यसै छाड्नु पर्ने हो, सो बताइन्छ ।

विषादी न्यूनीकरणका उपायहरू

बोट बिरुवामा लाग्ने शत्रुजीवको व्यवस्थापनमा प्रविधिको विकास साथसाथै विभिन्न अवधारणाहरू खासगरी दोस्रो विश्वयुद्धताकादेखि रासायनिक नियन्त्रण विधिले व्यापकता पायो । यसलाई रामवाणको रूपमा प्रयोग गरियो । पछि सन् १९६२ मा वैज्ञानिक रिचल कार्सनले आफ्नो Silent Spring मार्फत संसारलाई विषादीबाट हुन सक्ने क्षतिलाई प्रकाश पारेपछि विषादीको विकल्प सोचिन थालियो ।

कृषि क्षेत्रको व्यवसायीकरणका लागि बाली संरक्षणको अहं भूमिका रहेको छ । बाली संरक्षणका लागि प्रयोग हुने जीवनाशक विषादीहरूको सुरक्षित प्रयोग गरी विषादीहरूको प्रभाव न्यून गराउन विषादीको उचित व्यवस्थापन, समुचित प्रयोग महत्त्वपूर्ण पक्ष हुन आउँदछ । विषादीको व्यवस्थापनको कुरा गर्दा हाम्रो सन्दर्भमा खासगरी विषादीको आयात, निर्यात, संश्लेषण, बिक्री र व्यवसायिक प्रयोग, विषादीको सुरक्षित भण्डारण, म्याद नाघेको विषादीको व्यवस्थापन र तिनीहरूको वातावरण अनुकूल बिसर्जन समेतका कुराहरू पर्न आउँदछ । यसले एकातिर वातावरण र मानव स्वास्थ्यमा असर पारिरहेको छ भने अर्कोतर्फ माटोको उर्बराशक्तिमा पनि नकारात्मक प्रभाव परेको छ । यस्तैगरी विषादी आयात गर्दा करोडौं रुपैयाँ बिदेसिने पनि गरेको छ । यस्तो अवस्थामा रोग किरा नियन्त्रणका लागि वैकल्पिक उपायको खोजी हुनु जरुरी भएको छ । नेपालमा पञ्जीकृत भएका विषादीहरू मात्र आयात, निर्यात, उत्पादन, संश्लेषण, ढुवानी, भण्डारण, बेचबिखन र प्रयोगमा कारोबार गर्न पाउने र प्रतिबन्धित विषादी कारोबार गर्न हुँदैन ।

एकीकृत शत्रुजीव नियन्त्रण (व्यवस्थापन) भन्नाले पूर्णरूपमा सखाप पार्नु नभई खाद्य श्रृंखला (Food Web), कृषि पर्यावरण (Agro-ecosystem) र सम्पूर्ण वातवरण (Whole Environment) मा असन्तुलन नहुने गरी एकभन्दा बढी बाली शत्रु नियन्त्रणका उपायहरू अवलम्बन गरी शत्रुजीवको संख्यालाई आर्थिक हानी को तह (Economic threshold level) भन्दा तल (General Equibrium Level) राख्ने व्यवस्थापन पद्धति हो जसले गर्दा रासायनिक विषादीको प्रयोगमा क्रमश: कमी आउँदछ र रासायनिक पदार्थहरूको प्रयोगले हुनसक्ने दुष्प्रभावबाट बच्न सकिन्छ । एकीकृत शत्रुजीव व्यवस्थापन भनेको आर्थिकरूपले न्यायेचित एवं पर्यावरणीय दृष्टिकोणबाट उपयुक्त दिगो बाली संरक्षणको विधि हो जसमा एकभन्दा बढी बाली संरक्षणका विधिहरूको प्रयोग गरिन्छ । एकीकृत शत्रुजीव व्यवस्थापनले मुख्यतः स्वस्थ बाली उब्जाऔं, बालीको नियमित अनुगमन गरौं, मित्रुजीवलाई जोगाऔं र कृषकलाई दक्ष बनाऔं जस्ता चारवटा सिद्धान्तलाई शिरोधार्य गरेर काम गर्दछ ।

'यस्यं देशस्यं यो जन्तुः तज्यं तस्यौषधं हितम्' अर्थात् कुनैपनि प्राणी जुन देशमा जन्मिएको छ यसका लागि सोही देशमा पाइने औषधि नै बढी हितकर हुन्छ । कृत्रिम रसायनिक जीवनाशक विषादी बालीनाली जोगाउने एकमात्र उपाय हुन सक्दैनन् । हाम्रा वसपर पाइने विभिन्न प्रकारका वोटबिरुवाका हांगाबिंगाहरू, जरा, डाँठ–पात एवं फललाई समेत बालीनालीका हानिकारक रोग/किराको नियन्त्रणमा प्रयोग गर्न सकिन्छ । बकाइनो, चुत्रो, निमको फल, पात वा बोक्रा, पुदिना/बाबरीको डाँठ तथा सम्पूर्ण बिरुवा, कपूरको काठ र बिउ, सिल टिम्मुर/टिम्मुरको पात, फल र बिउ लसुनको गानो, बोझोको जरा आदि जस्ता सयौं हाम्रा स्थानीय वनस्पतिहरूमा बालीनालीका हानिकारक किराहरू नियन्त्रण गर्न सक्ने गुण विद्यमान रहेका छन् ।

यस्ता वनस्पतिहरूको प्रयोगबाट किराहरूको नियन्त्रण गर्ने यो परम्परा हाम्रो ज्यादै प्राचीन परम्परा हो । तर, उन्नत कृषि प्रविधिको अवलम्बनसँगै विभिन्न विषादीको प्रयोगमा आएको बढोत्तरीका कारणले यो व्यावहारिक प्रणाली पछाडि पर्दै गइरहेको छ । वास्तविक उपचार नजान्दा यस्ता अमूल्य जडीबुटी हाम्रो देशबाट विदेशिदै छन् । वनस्पतिजन्य तथा अन्य जैविक विषादीहरूको आयात तथा खपत नगण्यरूपमा भैरहेको भएपनि बाली संरक्षणमा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम्) कार्यक्रम लागू भएका ठाउँहरूमा तिनको प्रयोग बढ्दै गएको छ ।

विषादीको प्रयोगबाट हुने असरबाट बच्न र भविष्यलाई सुरक्षित राख्न स्थानीय वनस्पतिलाई विषादीकारूपमा प्रयोग गर्नु अति आवश्यक भइसकेको छ । यस प्रकार, विषादीरहित खेतीतर्फ (Organic Farming) उन्मुख भएर परम्परागत प्रणालीलाई निरन्तरता दिन सकिएमा विभिन्न रोग, किराहरू र झारपात नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ । यस प्रकारको कृषि प्रणालीबाट उत्पादित बाली स्वास्थ्यका लागि समेत अति नै हितकर एवं लाभदायी हुन्छ ।

जनताको वर्तमान स्वास्थ्य स्थिति र परम्परागत औषधोपचार पद्धतिको विश्लेषण गरी हेर्दा आज हाम्रो देशमा प्राकृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक प्रकारले आन्दोलनको नै नितान्त आवश्यकता महसूस हुन थालेको छ । प्राकृतिक विधि खोजकर्ता धन्वन्तरीको सन्देशले हामीलाई पूर्ण रसायनयुक्त शिशीको उपयोग गर्दै नगर्नु त भन्दैन तर त्यो उपयोग गर्नुपर्ने अवस्थाको सिर्जना नगराउन आफ्नै पर्यावरणको उपभोग बढी गर्नका लागि आह्वान भने पक्का गर्छ । धन्वन्तरीको भनाइलाई सन्देशकारूपमा लिन सकेनौं भने हाम्रो आँखा अगाडि अमूल्य जडीबुटीहरू विदेशिई रहनेछन् र कृत्रिम रसायन भरिएका शिशीहरू भित्रिरहन्छन् । जसले सधैँभरि हामीलाई यिनकै पारखी बनाइराख्ने छन् । अतः विषादीहरूको सुरक्षित र विवेकपूर्ण प्रयोग गरी यसको असरलाई न्यूनीकरण गर्न तालिम, गोष्ठी, पत्रपत्रिका, टेलिभिजन, रेडियो, एफएम, पोस्टर, पम्पलेट आदिमार्फत जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ ।

त्यस्ता घातक वस्तुहरू र त्यस्ता वस्तुहरूको अवशेषयुक्त खाद्यान्न उपभोगबाट पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन प्रभावहरू र त्यसबाट बच्ने उपायहरूको बारेमा सचेत हुन र अरूलाई समेत सचेत गराउन सम्पूर्ण कृषक महानुभावहरू, उपभोक्ता वर्गहरू, रासायनिक विषादीको कारोवारमा संलग्न व्यापारी वर्गहरू तथा सम्पूर्ण शिक्षित, बौद्धिक, राजनीतिक वर्ग तथा आम जन समुदायमा यो चेतनामूलक सन्देश प्रवाह गरिएको छ ।

(पालिखे नेपाल सरकारको पूर्वसहसचिव प्राविधिक र विषादी विज्ञ हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x