×

NMB BANK
NIC ASIA

'रुपैयाँ काण्ड'ले निम्त्याएको त्रास: पैसा 'फाल्ने' महिलाको कोरोना परीक्षण नतिजा के आयो ?

बैशाख ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरमा पैसा फालेको अभियोगमा पक्राउ परेका दुई महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ आएपछि पीसीआर विधिबाट गरिएको परीक्षणमा ती महिलाको नेगेटिभ आएको प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक रामविनय साहले लोकान्तरलाई जानकारी दिए ।

Sagarmatha Cement
Muktinath Bank

गत शुक्रवार जनकपुरको महावीर चोकमा २ जना महिलाले रुपैयाँमा थुक टाँसेर फालेको तथा सटरसहित विभिन्न स्थानमा थुक फ्याँकेको हल्ला फैलिएको थियो घटनाबारे प्रहरीलाई जानकारी भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार घटनामा तत्काल प्रहरी पठाउन लगाएर पैसालाई सुरक्षित तरिकाले उठाउन लगाइयो, जहाँ १० रुपैयाँका १२ वटा नोट थिए ।


Advertisment
Nabil box
Kumari

त्यसपछि रुपैयाँमा कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने कुराको परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो, तर त्यहाँ रुपैयाँमा परीक्षण गर्ने उपकरण नभएकाले रूपैयाँलाई जिल्ला प्रहरी कार्यालय धनुषामा नै सुरक्षित तरिकाले राखिएको छ । 

Vianet communication
Laxmi Bank

‘स्थानीयले २ जाना महिलाले पैसा फालेर गएको भनेर बताएका थिए,’ डीएसपी कार्कीले भने, ‘अनुसन्धानका क्रममा त्यहाँ रहेको सीसीटिभी फुटेजमा समेत दुईजना महिला उक्त बाटो बाट गएको फूटेज देखिएको थियो ।’

प्रहरीले फूटेजबाट फोटो प्रिन्ट गरेर मातहतका सबै निकायमा पठाएर खोज तलास गर्ने कामलाई तीव्रता दियो प्रहरीले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत उक्त तस्वीर सार्वजनिक गर्दै उक्त हुलिया सहितको महिला भेटेमा प्रहरीमा खबर गर्न अपिल जारी गरेको थियो ।

जनकपुरमा उक्त कुराको चर्चा मात्र भएन सबै मानिसमा त्रास समेत फैलेको थियो । तस्वीर सार्वजनिक भएपछि जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ बाट कुनै मानिसले प्रहरीलाई ती महिलाको ठेगानाबारे जानकारी गराएको थियो  । 

प्रहरीले उक्त सूचना पाएलगत्तै ती महिलालाई घरमा पुगेर पक्राउ गरेका थिए । उनीहरूलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो  । 

‘त्यहाँ दुवै महिलाको आरडीटी परीक्षण गर्दा १ जना महिलामा एन्टीबडी पोजेटिभ तथा अर्को महिलामा नेगेटिभ नतिजा आएको थियो,’ प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुनप्रसाद सिंहले लोकान्तर संग भने, ‘एक जनामा तत्काल पोजेटिभ देखिएपछि थप पुष्टिका लागि स्वाब समेत संकलन गरिएको थियो।’

प्रयोगशालाका भाइरोलोजिस्ट मनमोहन मिश्रका अनुसार २ महिलासहित कुल ५ जनाको थ्रोट र नोजल स्वाब शनिवार राति ८ बजे संकलन गरिएको थियो  ।

‘यसअघि मात्र थ्रोट स्वाब संकलन हुने गरेकोमा उक्त केसको संवेदनशीलता तथा गम्भीरता बढी नै भएका कारण दुवै स्वाब संकलन गरिएको थियो,’ मिश्रले भने, ‘स्वाब संकलन गर्ने क्रममा ती महिलाहरूले त्यति सहयोग त गर्नुभएको थिएन, तर पछि जसरी पनि लिन सफल भएका थियौं ।’

पैसा किन फ्याँकिएको थियो ?

पैसा ती महिलाहरूले फ्याकेकै थियो वा खसेको थियो, थुक लगाएको थियो वा थिएन, किन उक्त घटना भयो भन्ने कुराको अनुसन्धान अहिलेसम्म जारी नै रहेको डीएसपी कार्कीले बताए  ।

ती महिलाका भाइले भने उनीहरूले पैसा नफालेको बताएका छन् । उनीहरू नातामा नन्दभाउजू पर्छन् ।

शुक्रवार जनकपुरको सहयोगी विकास बैंकबाट १ लाख रुपैयाँ आफ्नो खाताबाट निकालेर आफ्नो घर फर्किने क्रममा १ सय ७५ रुपैयाँ खसेको थियो, त्यो कुरा उनीहरूले घर आएपछि मात्र थाहा पाएको उनले बताए  ।  

‘अब रुपैयाँ हरायो, धेरै रुपैयाँ पनि थिएन, त्यसैले खोज्न पनि गएनन्,’ उनका भाइले भने, ‘तर पछि सामाजिक सञ्जालदेखि विभिन्न समाचारमा समेत ती दुई महिलाको खोजी भइरहेको कुरा शनिवार बिहान मात्र हामीले थाहा पाउन सकेका थियौं ।’

अब प्रहरीले खोजिरहेको छ भन्ने कुरा थाहा पाएपछि उनीहरू डराए, र प्रहरीलाई खबर गरेनन् । त्यत्तिकैमा शनिवार २ बजेतिर प्रहरीले उनीहरूलाई पक्राउ गरेर लगे । 

उनीहरूको कोरोनापोजेटिभ आयो भनेर कतिपयले बाहिर हल्ला गरेपनि आधिकारिक रूपमा हालसम्म आफूहरूलाई कुनै जानकारी नरहेको उनले बताए  । 

यता शनिवार बिहानैदेखि उक्त एरियामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले स्प्रे मेसिन लगेर स्यानिटाइज गराएका छन् ।

सफाइकर्मीलाई परिचालन गरेर ती सम्पूर्ण मोहल्लामा स्यानिटाइज गराइएको छ ।

‘अहिले स्वाबको परिणाम नआएकाले ती क्षेत्रमा शीलबन्द नै त गरेका छैनौं,’ वडा नम्बर ७ का वडाध्यक्ष जानकी राम साहले भने, ‘तर कसैलाई पनि अन्य टोलमा नजान तथा आफ्नै घरमा होम क्वारेन्टाइनमा बस्न भनेर अपिल गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x